थप्पड रोग (बालकथा)
रोगको संसारमा अर्को एउटा नयाँ रोग थपियो– थप्पड रोग ।
एकादेशमा एउटा अत्यन्त फोहरैफोहरले भरिएको ठूलो सहर थियो । त्यस सहरमा मानिसहरू मात्रै थुप्रिएका थिएनन् ससाना परजीवीहरू पनि राम्रैसँग सहजाएर बसेका थिए । त्यस्ता परजीवीहरूमा झिँगा, लामखुट्टे, उडुस र उपियाँको संख्या धेरै थियो । गाईभैँसी पालेर दूधदही खाने संस्कार क्रमशः कम हुँदै गएको त्यस फोहर नगरीमा रहेका सबैखाले मानिसका घरघरमा कुकुर र बिरालाहरू पाल्ने संस्कृति बढोत्तरी हुँदै गएको थियो ।

मङ्गले धनमाथिको राती गेडी भनेझैँ थियो । अँझ भुँइमा राखे कमिलाले टोक्छ, काखमा राखे जुम्राले टोक्छ भनेजस्तै पनि थियो मङ्गले उनको बाबुआमाको लागि । सानो र सम्पन्न परिवार थियो उसको । बाबु गाउँमा नै व्यापार गरेर बसेका थिए । मिजासिलो स्वभावका कारण उनको व्यापार निकै फस्टाएको थियो । आमा भने घरकै काम गर्थिन् ।
त्यो बेला (३५वर्षपूर्व) आजको जस्तो सञ्चारको सुविधा थिएन । मोबाइलको त के कुरा टेलिफोन (सेट) पनि सदरमुकामको दूर सञ्चार (हालको टेलिकम)मा मात्र थियो । अति जरूरी पर्दा मात्र अक्षरगन्तीले पैसा तिरेर आकाशवाणी गर्नु पर्थ्यो । फेसबुक, इमेल र इन्टर्नेटको कुरा त सपनामा पनि सोचिएकै थिएन । सञ्चार माध्यमको एक मात्र सहारा हुलाक नै थियो । हुलाकबाटै चिठी र पत्रपत्रिकाहरू आदानप्रदान हुन्थे । दूरीका आधारमा हुलाकबाट चिठी पुग्न स्वदेशमै पनि १५ दिनदेखि एक महिनासम्म लाग्ने गर्थ्यो । यो कुरा आजका भाइ–बैनीहरूलाई एकादेशको, उहिलेको कथा जस्तो लाग्ला ! तर यो हाम्रै देशको कथा मात्र होइन, यथार्थ कुरा हो ।
स्कुलबाट आउन पाएकै थिइन, सानी आमाका काखमा लुट्पुटिई ।
हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु ।
‘कुकुरी काँ……
कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा पनि थिएनन् न त सम्पत्ति नै जोडजाम गरेका थिए । त्यसैले आर्थिक अवस्था एकदमै कमजोर थियो । एकदिनको कुरा हो- आफ्नै गाउँका थुप्रै केटाकेटीहरू पढ्न स्कुल जाँदै गरेको दृष्यलाई देखेर बहिनी अञ्जुलाई पनि पढ्ने चेतना जागृत भएछ । यो कुरा उनले मौका छोपेर आफ्ना दाजु रमेशलाई बताइन् –
जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, सीमा छेउछाउका जनतालाई दु:ख दिन व्यग्र छ । यिनै राजनैतिक परिदृश्यलाई ओकल्न र नेपालीहरूका जल्दाबल्दा समस्याहरू र तिनको निकास निकाल्न नरी, सिकुटे, भूक्के, लिखुरे, अजिङ्गर र सिंह जस्ता पात्रहरू यस कथामा जन्मे । हिमाल, पहाड, तराई नेपालआमाका सन्तती हुन् । राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र हो ।