बाल कथा

थप्पड रोग (बालकथा)

रोगको संसारमा अर्को एउटा नयाँ रोग थपियो– थप्पड रोग ।

एकादेशमा एउटा अत्यन्त फोहरैफोहरले भरिएको ठूलो सहर थियो । त्यस सहरमा मानिसहरू मात्रै थुप्रिएका थिएनन् ससाना परजीवीहरू पनि राम्रैसँग सहजाएर बसेका थिए । त्यस्ता परजीवीहरूमा झिँगा, लामखुट्टे, उडुस र उपियाँको संख्या धेरै थियो । गाईभैँसी पालेर दूधदही खाने संस्कार क्रमशः कम हुँदै गएको त्यस फोहर नगरीमा रहेका सबैखाले मानिसका घरघरमा कुकुर र बिरालाहरू पाल्ने संस्कृति बढोत्तरी हुँदै गएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूजा गर्ने छाउरो

‘लुलुलु यस्ले यहाँ फोहर गरिहाल्यो नि !’– तबिल्दारनी हजुरआमाले तबिल्दार हजुरबा पूजागरिरहेका बेला पूजाकोठामा गएर पिसाब गर्ने बेलायती कुकुरको छाउरोलाई कानमा समात्दै उचालेर काइँकाइँ गराउँदै बाहिर ल्याउनुभयो ।

‘एकाबिहानै फेरि जिमराजले मलाई अशुद्ध बनाइदियो बा’ –पूजा चौकाबाटै तबिल्दार हजुरबा कराउनुभयो । बूढा फेरि उठेर इनारमा गई नुहाएर दोस्रोपटक पूजामा बसे फत्फताउँदै, ‘श्रीकृष्ण गोविन्द हरे मुरारे ! हे नाथ नारायण वाशुदेव ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आँखामा जुको

सोमबारे हाटनेर ठूलो नहर पर्थ्यो । तराईमा पानी ल्याउने लैजाने मानव निर्मित पानी बग्ने माध्यमलाई नहर भनिन्छ । सप्तकोसी नदीबाट ल्याइएको नहर हुनाले त्यहाँ निकै पानी बग्थ्यो । त्यो नहर गहिरो थियो ।

अहिलेजस्ता यतिविधि टिभि च्यानलहरू घरघरमा थिएनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मङ्गलेको भाग्य

मङ्गले धनमाथिको राती गेडी भनेझैँ थियो । अँझ भुँइमा राखे कमिलाले टोक्छ, काखमा राखे जुम्राले टोक्छ भनेजस्तै पनि थियो मङ्गले उनको बाबुआमाको लागि । सानो र सम्पन्न परिवार थियो उसको । बाबु गाउँमा नै व्यापार गरेर बसेका थिए । मिजासिलो स्वभावका कारण उनको व्यापार निकै फस्टाएको थियो । आमा भने घरकै काम गर्थिन् ।

मङ्गले भरखर कक्षा ५मा पढ्न थालेको थियो । बाबुआमाको प्रशस्त माया पाएर मख्ख थियो । स्कुलको गेटसम्म आमाले उनलाई सधैँ नपुर्याई नहुने । मायाको मात्र होइन मङ्गलेलाई कुनै पनि सामानको कमी हुन दिएका थिएनन् उनका बाबुआमाले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
OmShrestha

मुना र गहना

त्यति धेरै पहिलेको कुरो पनि होइन । नेपालको पूर्वी पहाडी भेगमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा विपन्न परिवारहरूको बस्ती बाक्लो थियो । विपन्न परिवारहरूमध्ये एउटा चाहिँ निकै सम्पन्न परिवार थियो ।

त्यस परिवारमा तीन जना सदस्य थिए । बाबु विदेश गएका थिए । विदेशमा उनको राम्रै कमाइ थियो भनेको सुनिन्थ्यो । उनकै कमाइले गर्दा परिवारको आर्थिक अवस्था सुदृढ हुँदै गएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्यो बेलाको पत्रमित्रता

त्यो बेला (३५वर्षपूर्व) आजको जस्तो सञ्चारको सुविधा थिएन । मोबाइलको त के कुरा टेलिफोन (सेट) पनि सदरमुकामको दूर सञ्चार (हालको टेलिकम)मा मात्र थियो । अति जरूरी पर्दा मात्र अक्षरगन्तीले पैसा तिरेर आकाशवाणी गर्नु पर्थ्यो । फेसबुक, इमेल र इन्टर्नेटको कुरा त सपनामा पनि सोचिएकै थिएन । सञ्चार माध्यमको एक मात्र सहारा हुलाक नै थियो । हुलाकबाटै चिठी र पत्रपत्रिकाहरू आदानप्रदान हुन्थे । दूरीका आधारमा हुलाकबाट चिठी पुग्न स्वदेशमै पनि १५ दिनदेखि एक महिनासम्म लाग्ने गर्थ्यो । यो कुरा आजका भाइ–बैनीहरूलाई एकादेशको, उहिलेको कथा जस्तो लाग्ला ! तर यो हाम्रै देशको कथा मात्र होइन, यथार्थ कुरा हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सानीको सपना

स्कुलबाट आउन पाएकै थिइन, सानी आमाका काखमा लुट्पुटिई ।

खातीजीको घर यो नातिनीले उज्यालो पारिदिएकी थिई । कति बेला स्कुलबाट फर्केली भनेर उसका हजुरबुबा र हजुरआमा पर्खिएर बसेका हुन्थे । सधैंझैं स्कुलबाट फर्किएपछि सोझै आमाको काखमा आएर लुट्पुटिने गरेकी थिई आज पनि उसले त्यसै गरी ।

“आमा म पनि हजुरलाई आमा नभनेर मम्मी नै भन्छु है ।” उसले काखमा बस्तै सोधी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राक्षसको कथा

हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु ।

मेरो नाति मसँग सुत्न थालेको धेरै भएको छैन । उसको बहिनी जन्मेको दुई महिना भयो । बहिनी जन्मेपछि उसलाई आफू सुत्ने कोठा गन्हाउन थाल्यो रे । ऊ जब मसँग सुत्न आउँछ त्यस पछि मैले ऊ ननिदाएसम्म कथा सुनाउनु पर्ने हुन्छ । उसलाई कथा नसुनेसम्म निद्रा लाग्दैन रे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
PremNepali

मनेको मन

‘कुकुरी काँ……
कुकुरी काँ…..’

पखेटा फट्कार्दै खोरको भालेले उज्यालोको सन्देश सुनायो ।

मस्तसँग निदाइरहेकी व्यूझिइन । आँखा मिच्दै उठेर हेर्दा मने अँझै निदाइरहेको थियो ।

‘भाइ उठ उज्यालो भइसक्यो, पढनुपर्छ’ उनले घचघचाउदै भनिन ।

दुवै जना उठेर बाहिर निस्किए । विहानीको घाम ताप्दै रुखमा चराहरू चिरविर गदै नाचिरहेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
PujaHamal

मुखियाबाको बखान

कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा पनि थिएनन् न त सम्पत्ति नै जोडजाम गरेका थिए । त्यसैले आर्थिक अवस्था एकदमै कमजोर थियो । एकदिनको कुरा हो- आफ्नै गाउँका थुप्रै केटाकेटीहरू पढ्न स्कुल जाँदै गरेको दृष्यलाई देखेर बहिनी अञ्जुलाई पनि पढ्ने चेतना जागृत भएछ । यो कुरा उनले मौका छोपेर आफ्ना दाजु रमेशलाई बताइन् –

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय एकता नै आजको आवश्यकता

जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, सीमा छेउछाउका जनतालाई दु:ख दिन व्यग्र छ । यिनै राजनैतिक परिदृश्यलाई ओकल्न र नेपालीहरूका जल्दाबल्दा समस्याहरू र तिनको निकास निकाल्न नरी, सिकुटे, भूक्के, लिखुरे, अजिङ्गर र सिंह जस्ता पात्रहरू यस कथामा जन्मे । हिमाल, पहाड, तराई नेपालआमाका सन्तती हुन् । राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र हो ।

शनिबारको दिन थियो । हजुरआमा नाति र नातिनीका साथमा फूलबारीको फलैँचामा बसेकी छिन् । प्रत्येक शनिबार उनले कथा नभनी सुख पाउँदिनन् । आज पनि उनी कथा भन्ने सुरसार गर्न थालिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीर्षक के हो ? (मुना २०६८ जेठ)

  • by

विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गौथली र भँगेरा

  • by

बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नम्रता

  • by

एकादेशको कुरा हो, एकजना अन्धा साधु थिए । उनी दोबाटोको चौतारीमा बसेका थिए । साधु भगवान्को नाम जपिरहेका थिए । त्यसैबेला एकजना मानिस चौतारोमा आइपुग्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरिता र सीमा

एउटा गाँउको बिद्यालयमा कक्षा८ मा पढ्दै थिए सरिता र सीमा । उनीहरूको कक्षामा उनीहरू पढाईमा प्रथम दोश्रा नभए पनि उनीहरू लगनशील र परिश्रमी बिद्यार्थीको रुपमा चिनिन्थे बिद्यालयमा । पढाईमा मात्रै सीमित नभई अरु कुराको पनि ज्ञान राख्ने र अन्य कृयाकलापमा पनि सरिक हुने उनीहरूको बानि थियो ।

एक दिन बिद्यालयमा शिक्षा दिवसको अवसर पारेर चित्रकला र रंगभर प्रतियोगिताको आयोजना गरियो । यस कार्यक्रमको लागि बिद्यालयका धेरैले सहभागिताको लागि आफ्ना नाउँ दर्ता गराए । नम दर्ता गराउनेहरूमा सरिता र सीमा पनि थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गरिबको भाग्य

  • by

कुनै एउटा गाउँ थियो । त्यो गाउँ अत्यन्तै रमणीय थियो । त्यही गाउँको एउटा रमणिय वातावरणमा गरिब मानिसको घर थियो । आमा, बाबा पाँच छोरी र एउटा नाबालक सानो छोरोसहितको परिवार थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीर्षक के हो ? (मुना २०६८ बैशाख)

  • by

हरिश र विपिन छिमेकी थिए । उनीहरू एउटै विद्यालयमा एउटै कक्षामा पढ्ने गर्दथे । हरिश मिहिनेती, जेहेन्दार र शान्त स्वभावको थियो तर विपिन भने गफ गर्ने, धाक धक्कु लगाउने घमण्डी स्वभावको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किन खानुपर्छ खाना ?

  • by

असीम डाक्टर अङ्कलसँग भेट्न पाएपछि रमाउँछन् । सानो हुँदा असीम डा. अङ्कलको घाँटीमा बसेर कान समाउँथे र डा. अङ्कललाई चाडै दौडाउन भन्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ क्यालेण्डर

  • by

आजको दिन !

हेर त आफ्नो घरको बैठक कोठाको भित्ता । केही पायौ त्यहाँ नौलो कुरो ? हो, ठीक भन्यौ । हिजोसम्म झुण्डिएको पुरानो क्यालेण्डरको ठाउँमा रूप-रङ फेरिएको नयाँ क्यालेण्डर झुण्डिएको छ आज ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •