गर्नु छ कल्याण मानव हितमा ।
छैन मरी लानु केही जीवनमा ।
आशा र बिश्वास भर्नु छ हर मनमा ।
नबन उदास, नखाऊ हरेश ।
जीवनको कुनै पनि मोडमा ।
खोज आशाको किरण ।
आशाले भरिएको भावमा ।
आशा रुपी बिचारमा ।
जगाऊ बिश्वासको आभाष ।
दृर्ढताको आडमा ।
भित्र्याऊ आशाको किरण
जसरी भए पनि मनमा ।
पाइलाले टेक्नेछ आत्मबिश्वासमा ।
आत्मबिश्वास तिमीमा भए
भित्रिनेछ शुखका लहर मनमा ।
शुखमा जिउन पाए
को आतिन्छ जीवनमा ।
शान्तिमा स्वास फेर्न पाए को
भटकिन्छ पाइला-पाइलामा ।
आऊ बाल आशाको दिप आफैमा ।
यही आशाको किरणमा पुर्याउनुछ
जीवनलाई सफलताको उचाईमा ।
