तर्कि तर्कि हिंड्छौ तिमि, विरायौ कि कतै ?
मन पनि खोल्दिनौ नि, विरायौ कि कतै ?
चमक छैन मुहारमा, चाल ढाल पनि सुस्त
नजर पनि लुकाउंछ्यौ नि, डरायौ कि कतै?
भन्न केही खोजेकिछ्यौ, हल्लेका छन ओठ
गला तिम्रो बसेकोछ, पिरायौ कि कतै ?
कुरी बसे बाटो हेरी, तिम्रै नाम जपि
असत्ति को अंगालोमा, हरायौ कि कतै ?
वाचा कसम सबै टुटे, आखिर टुट्यो मन
सुन चांदी जुहारमा मन, फिरायौ कि कतै ?
dherai ramro lagyo
dherai ramro lagyo