लोकगीत लोककण्ठमा परम्परागत रूपमा जातीय जीवनको यथार्थ दर्शन हुन्छ । यसको अध्ययनले कुनै पनि देशको सभ्यता, संस्कृति, धर्म – नीति, रीति-थिति, कला-साहित्य, सामाजिक संरचनाको सूक्ष्म अनुभूति हुन्छ । यो शास्त्रीय आडम्वरबाट लोक जीवनको स्वभाविक उदगार हुन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न पक्षबारे यसमा गहन चित्रण गरिएको हुन्छ ।
त्यस्तै एउटा पक्ष हो विवाह । लोकगीतलाई मिथिलाका विदेहवंशी राजाहरूकै पालादेखि प्रचलनमा रही आएको तर्क मैथिल विद्धान्हरू सार्छन । यता कणर्ाट वंशीय महाराज नान्यदेव (१०९७ – ११३३) को नाउँलाई निकै महत्वका साथ लिइन्छ । संभवत ः उहाँ नै मिथिलाका प्रथम राजा थिए जसले सङ्गीतका विभिन्न राग-रागनीको निर्माण र विकासमा योगदान गरे । विद्यापति गीति परम्परालाई बल दिन महफ्वपूर्ण काम गरेका छन् भने उनले आश्रय लिएका राजा शिवसिह कहाँ ‘जयट’ नामका सङ्गीतज्ञ थिए, जसले सङ्गीत साधना द्धारा गीति परम्परलाई अक्षुण्ण राखे ।
परम्परागत गीति रचनाहरू जहाँ लोक कण्ठमा अज्ञात रचयिताद्वारा स्थापित भईआए भने विद्यापति समेतका कविहरू पनि लोक भासमा रचनाहरू गरेर अमर हुन पुगे । अनि नागरिकको रूचि अनुसार लोक छन्द र पद्धतिमा रचित यस्ता गीतहरू पनि त्यत्तिकै लोकपि्रय भएका छन् ।
यहाँ प्रसङ्ग हजारौं वर्षदेखि लोककण्ठमा वास बस्दै आएका त्यस्ता मौलिक लोकगीतमा प्रचलित विवाह प्रसङ्गका केही रोचक मान्यता तिर केन्दि्रत गनर्ृु रहेको छ । दशकौं पूर्व छोरी हुदा आमा-बुबामा आउने नैराश्यता र त्यसपछि दाइजो दिनुपर्ने अनिवार्यता पनि लोकगीतहरूमा बडो सजीबरूपमा आएको छ –
” पोथिया जे खसल बनारस हो बाबा,
बेद सब गेल भुलाए हे ।
बेटी नेने झँखथि बाबा से कओन बाबा,
कोना क करब धिया दान हे ।
(मैथिली संस्कार गीत, सं-राधाबल्लभ शर्मा, २०००)
छोरी भएपछि कसरी विहे गर्ने चिन्तामा व्यथित बुबाको पीडा त बुझिन्छ तर छोरी जन्मँदै आमाको दिक्दारी यति बढ्छ कि उनी भन्न थाल्छिन् – मलाई छोरी जन्मिन्छिन् भन्ने थाहा भएको भए म गर्भावस्थामै मरीच पिँधेर खाइ हाल्थें, । कत्रो क्रुर विचार ल्याउन बाध्य थिइन त तत्कालीन समाजकी आमाहरू । लोकगीतमा वणिर्त तत्कालीन समाजकी आमाको अभिव्यक्ति अत्यन्त कठोर सत्य भएर आएको छ –
” पुतर जे रहितें बेटी बजितइ बधाबा
धीआकेर जनम उदास हे । ”
छोरा भएको भए बधाई, उल्लास हुन्थ्यो, छोरीको जन्म नै चिन्ता र विरक्तिको कारण भयो । आमाको यस भनाइप्रति आपत्ति र आक्रोश व्यक्त गर्दै छोरी भन्छन् – यदि यस्तो थियो भने मलाई किन जन्माएको ?- ” कथीले आहे अम्मां धिया केर जनम देल,
कथीले एतना उदास हे – ।”
आमा भन्छिन् – ” पहिले जे जनितउँ धिया रे जनम लेत
खएतउँ मरिच पचास हे
मरिचक झाँस धिआ दुरि जाइत
छुटितइ धिआक संताप हे । ”
आजको महिला सशक्तिकरणको युगमा महिलाले अधिकार पाउनु पर्ने माग भइरहेको र सम्पत्ती समेतमा अधिकार सुनिश्चित गर्ने विधेयक पास भई सकेको प्रसङ्ग त छदैछ । पैतृक सम्पत्तिमा हक सुनिश्चित भएको छ । त्यस बखत छोरीद्धारा आफ्नो अंश माग्दा बुबा विचलित हुन पुगे र भन्छन- यदि तिम्रो दावीबारे पहिले नै जानकारी हुन्थ्यो भने नदीमा भएको कुनै पुरानो नाउँमा राखेर वाल अवस्थामा नै पानीमा मिल्काइ दिन्थे । दाइजो र छोरीलाई दिनु पर्ने अंशबाट विक्षुब्घ बुबाको यो अभिव्यक्ति आजको सन्दर्भमा कत्रो सम्वेदनहीन लाग्छ ?
” लिखियो गे वेटी, भेजू बावूजी क पास ।
तोहरो कमइया हो बाबा, मोरो अंसधारी ।।१।।
जौं हम जनिती गे बेटी, होएबो अंसधारी,
ओझरी ओ नइया ग बेटी, दीती भसिआई ।।२।।
त्यस वखतको समाजमा दाइजोकै कारण पनि अनेकौं परिवार विस्थापित हुन पुगेका अनेकौं प्रसङ्ग लोकगीतहरू कै माध्यमबाट आएका छन् । तर सबै परिवार यस्तै थिएनन् । आाफ्नी छोरीको विहे भव्यता साथ गर्ने अर्थात् मोटो दाइजो दिने उत्साही बुबाहरूको पनि कमि थिएन । आफ्ना पतिको सेवा गर्दै पत्नीले छोरीको विहेमा के दिने
दाइजो ? भनि सोध्दा पति दंभले भन्छन् – ‘हात्ती, घोडा र रूपियाँका साथै आफ्नी सर्वगुण सम्पन्न छोरी पनि दिन्छु । छोरीलाई शानले डोलीमा चढाई विदाइ गर्नेछु ।’
अद्भूत जांगर, जोश र उत्साह, प्रश्ान्नता साथ छोरी विदाई गर्ने यस्ता पिता त्यत्तिबेला पक्कै कम थिए-
“इटबा मे काटि-काटि, कोठबा उठए लउँ हे ।
ताहि कोठा सुतलनि, कनियां दाइ क वाप हे ।। १ ।।
हंसि हंसि अपन अम्माँ, बेनिया डोलाय हे ।
केतना दहेज देबइ, बेटी केर वाप हे ।। २ ।।
हाथी देबइ, घोडा देबइ, टकबा पचास हे ।
कओन सनक बेटी देबइ, डरिया फनाइ हे ।। ३ ।।
(सबै पूर्ववत् )
मैथिली लोकगीतमा विवाह प्रसङ्गको अत्यन्त विस्तारले चर्चा गरिएको छ । विभिन्न समय र विधिको रोचक प्रसङ्गहरू अत्यन्त सजिव ढंगले गीतहरूमा प्रस्तुत गरिएका छन् । विवाहगीतहरूमा भगवान शंकर र पार्वतीको विहे प्रसङ्गको चर्चा रोचक, रोमांचक र हास्य उत्पन्न्ा गर्ने खालका हुन्छन् । महाकवि विद्यापतिको प्रसिद्ध रचना ‘ आजु नहि रहब हम एहि आंगन, जं बूढ हयत जमाए गे माइ”- अर्थात् ज्वाँइ बूढो भए म अब यहाँ बस्ने छुइन भनि पार्वतीका आमा मैनाको बिलौना भन्दा निकै वर्ष पूर्व मैथिली लोकगीतमा आएको यो रोचक प्रसङ्ग देखौं-“गिरहीसं बहार भेला पीढि चढि बैसला,
नगरहिं परल हकारे जी ।
नगरक लोक सब देखन आए,
महादेव चरन पखारे जी ।।१ ।।
चरण पखारि मानस घर गेला,
तिमन देखल सचारे जी ।
ई सब तिमन मनहु न भावे,
आक, धतुर फलहारे जी ।। २ ।।
सैह सुनि मनाइन खसलि मुरूछि घर,
गाइन गेल पराइ जी ।
केहन बर जोहि लएला हेमत रिसि,
खन खन धरे धेआने जी ।। ३ ।।
(पूर्ववत)
मिथिला संस्कृति अनुसार कुनै अतिथि घर आउँदा खुट्टा पखाल्न लोटामा पानी दिने चलन छ, महादेव आफ्नो ससुराली पुग्छन् । पिँढीमा बसालिन्छन् र खुट्टा धोएपछि भान्साघरमा भोजनको लागि लगिन्छन् । सासू मैना विभिन्न किसिमका परिकारले सजिएका टपरी, थाल ज्वाँइको अगाडि सार्छिन् । सजी- सजाउ खाद्य सामग्री देखेर महादेव जिल्ल पर्छन र भन्छन् -हैन, यो खाना मलाई मन पर्दैन । म त आक, धतुरा पो मन पराउँछु । यो सुन्दै ज्वाँइको इच्छा र अनुहार, व्यवहार देखेेर सासू मैना बेहोश हुन पुग्छिन् । उता ज्व्ााँइ आउँदा स्वागतमा गीत गाइरहेकी महिलाहरू त्रसित भएर भागिन् । पार्वतीको लागि यस्ता दुलहा खोजेर ल्याएकोले पितालाई सबैले गाली गर्न थाले ……………… ।”
मैथिली लोकगीतभित्र यस्ता रोचक प्रसङ्गहरूको मनग्य छ । अब यी गीतहरू गांउघरमा मात्र सीमित हुन पुगेका छन् । केहि सिपालु क्यासेट कम्पनीहरू, गीत रेकर्ड गरी बजारमा ल्याएका छन् । तर मौलिक स्वभाविक मिठास भन्ने त्यसमा हुँदैन । यसलाई मौलिक रूपमा नै लोककंठ मै संरक्षित, सम्बर्द्धित गर्नु पर्ने आवश्यता छ ।
शनिबार, गोरखापत्र
मंसीर २०, २०६६
