अलिनो समय र स्वादिलो गीत

  • by


स्वरसम्राट नारायणगोपाल नहुनुको पीडा भोग्ने वगे्रल्ती छन् तर आम गीतकारहरू जो जो नारायाणगोपालको स्वरमा आफ्ना गीति गेडाको माधुर्य चाख्न चाहन्थे, ती गीतकारहरूको ‘कल्पित-पीडा’ शब्दमा वणिर्त हुन सक्दैन । तिनै गीतकारहरूको चर्को भीड हुन्छ ‘किम्ची रेष्टुरेन्टमा’ । शायद नारायाणगोपाल हुन्थे भने धेरै गीतकारका गीतलाई ‘दनक’ लगाउँथे होलान् ।
प्रशस्त गीत सुनेँ मैले ‘किम्चीमा’ । अनुप्राय मिलाइएका । तुक्काबन्दी जोडजाड गरिएका । कति बज्यो ? घडीलाई ‘दम’ दिँदा ? भनेपछि ‘मायालाई सम्झिंदा’ भन्नेहरू भेटिए । फूलसँग सुवासका कुरा भए । अनि राम भेटिएपछि हराम हुने नै भए । अनि भेटिएपछि हराम हुने नै भए । साह्रै अग्लो लाग्दै थियो गीतहरू ।
एकाएक प्रकट भए ः शिवाकोटी । आइपुग्यो किम्ची अचार सस्तो बन्दाकोभीमा अलि बढी ‘व्याक्टेरिया’पसेछ । अमिलो साह्रै अमिलो । ट्वाक्क भयो जिब्रोसँगै मन ।
शिवाकोटी सुनाइ रहेछन् ः
हिँडिएछ धेरै पत्तै नपाई उमेरको चालमा
रमाउँछु एक्लै यादमा फर्की बितेका सालमा
‘वाह ! वाह !!’ सबै यसो भन्न चाहन्छन् तर म शिवकोटी दर्शनको गीति बुनौटमा नराम्ररी अल्झन्छु । कता कता मलाई त्यो गीति व्यथा कृष्णप्रसाद भट्टराईको जस्तो लाग्छ । कहीं कहीं मलाई त्यो गीतभित्र पे्रमा शाहको नियतिको झझल्को आउँछ । कतै गोपाल भुटानी, कहीं पी.एल.सिंह, शान्ति मास्के, शिव कङ्गाल आदि इत्यादिका राजनीतिक विडम्वना, आर्थिक विसङ्गति, दाम्पत्य विशृङखलितका आरोह अवरोहको भुल्का उठ्छ ।
एउटा अकल्पनीय व्यक्तित्वको छटा देख्छु उनमा । उनी एकोहोरो गीत सुनाइरहेका छन् ।
‘पख्नुस् … ओ शिवाकोटीजी ! तपाईंको नाम ‘विजय’ हो र’ म सोध्छु ।
मेरो अनुमान ठ्याक्कै मिलेछ । गीतकार शिवाकोटी सोध्छन् ः ‘कसरी थाहा पाउनु भयो महाशय ?’
म भन्छु ः ‘जो मान्छे गीत मार्फत् हामीजस्ता स्रोता र पाठकहरूको मन जित्न सक्छ । ऊ ‘विजय’ नभएर पराजय त हुनै सक्दैनन नि । ‘
बल्ल गीतकार विजय शिवाकोटीको सिङ्गो भेद खुल्छ । वास्तवमा उनी त गीतकार भएको दशकौँ भएछ । युवापुस्ताका गायक नवीन भट्टराईदेखि दीपक खरेल र राजु सिंहदेखि लक्ष्मण शेष जस्ता सङ्गीतकारसँगको मिश्रति स्वरूपमा सयांै गीत सार्वजनिक भइसकेका रहेछन् । विजय खालि पृथक् धारको खोजीमा त्यहाँ भेटिएका रहेछन् ।
विजय शिवाकोटी पृथक गीतकारकै कोटिमा उभिन सुनाइरहेका छन् ः
जुन हेर रातको त्यो अँगालोमा हाँसेको
फूल हेर बतासको भाकासँग नाचेको ।
हेर्दै जाउ संसारमा कुनै चिज एक्लै छैन
फेरि किन भन
पि्रय ? तिमी र म बेग्लाबेग्लै
शरीरभरि काँडा उम्रन्छ सबैको । एउटा वेजोड अन्योन्याश्रति सम्बन्ध सेतूको अपे्रसन गर्छन् उनी यस गीतमा । जुनसँग रातको अँगालो मिल्नेदेखि फूलसँग बतासको मिल्ने भाकाको चक्र प्रणालीय तत्वज्ञान उनमा कसरी भयो ? प्रश्नका रूपमा प्रश्न होइन अनेकन् जिज्ञासा उठ्छन् ।
गीतकार शिवाकोटी प्रष्ट्याउँछन् ः ‘मलाई लाग्छ गीतको वास्तविक दर्शन नै बेग्लै हुन्छ । पे्रमी पे्रमिकाबीचका ‘चुम्चाचट्की’ होइन उनीहरूमा स्पन्दित जीवनजगत् मेरो रूचि हो । आँखाका सुन्दर हेराइ होइन अन्ध संस्कृति मेरो खोजी हो । ममा तथाकथित गीति लेखनको अक्षरमा होइन अक्षरभित्रको विचारलाई पस्कने लालसा छ ।’
‘ल सुनौ त त्यो दर्शनको गीत ?’ सबैको मन जिज्ञासु बन्छ । विजय मुसुक्क मुस्कुराउँछन् र टाइको नट खुकुलो पार्दै भन्छन् ः
पारि थियो एउटा सल्लाको रूख
छेउमा थियो चौतारी
परैबाट बोलाथ्यो मलाई
पहिलेको देउराली
बदलेछ म जन्मेको ठाउँ, अर्कै पो भएछ
हितैषी पनि, वैरी पनि समय रहेछ
वास्तवमा कुरो समय कै हो । जसले राजतन्त्रलाई बिदा गर्‍यो र गणतन्त्रलाई साथ दियो समय जसले ‘बच्चु कैलाश’ लाई चिनेन र रानुदेवीलाई बिर्सियो । त्यहीं भुइँफुट्टाहरू गायक भइरहेका छन् । त्यहीँ ‘स्वास्नीलाई शुद्धसँग चिठ्ठी लेख्न नसक्नेहरूलाई गीतकार’ बनाइरहेछ । स्वर परीक्षा पास गर्नुपर्ने रेडियो नेपाल ताला लाग्ने अवस्थामा पुगेको छ भने गन्नै नसक्ने एफ.एम.हरूमा विना ‘भोकल’ का गायकहरू चिच्याइरहेका सुनिन्छन् ।
समय त्यति मात्र सीमित छैन । गीतकार विजयी शिवाकोटीकै जीवनशैली र उतारचढावमाथि समेत समयका थुप्रै खेलहरू दृष्टिगोचर हुन्छन् । अमेरिकाजस्तो अहिले सबैको उच्च आकर्षणको थलोमा इन्जिनियरिङ पढेर शिक्षित भएका विजय उतै हराएनन् । ‘गि्रन कार्ड’ प्राप्तिलाई अजम्बरी सूत्र मान्ने युवापुस्ताको मानसिकताभन्दा भिन्न रहेर उनी त्यत्तिकै एकाएक स्वदेश फर्के । बुबाको जागिरे जिन्दगी र आमाको बैकिङ्ग दक्षताको ‘क्याल्कुरेटर’ लाई उनले एकदिन अवकाश लिन बाध्य गराए । पारिवारिक जिम्मेवारीको भारसँगै उनले घरजम गरे । छोराछोरीको ‘बाबु’ बने । आखिर के पाए त उनले ? म प्रश्न गछु । उनी भन्छन् ः ‘सबैभन्दा ठूलो कुरो आत्मसन्तुष्टि हो । मैले विदेशबाट स्वदेश पर्केर घरपरिवारलाई आत्मसन्तुष्टि दिलाएँ । बुबा आमालाई जागिरबाट ‘रिटायर्ड’ गराएर मैले आत्मसन्तुष्टि लिएँ । अनि मैले एउटा बाबु हुनुको जिम्मेवारी पूरा गरेर छोराछोरी र श्रीमतीलाई आत्सन्तुष्टि दिलाउने कोसिसमा छु ।’
लामो सास फेरि उनी फेरि गीति कोसेली पस्कन्छन् यसरी ः
तराई नि घुमियो, बेँसी नि डुलियो, पहाड नि टेकियो
अधूरै रहे केही रहरहरू केही तिर्खा मेटियो
पढियो ठूलो जीवनको किताब यो अन्तरालमा
रमाउँछु एक्लै ती मोड सम्झी यो बुढेसकालमा ।
कतै भूपि, कहीं हरिभक्त, कुनै कुनैमा भीम विराग, क्षेत्रप्रताप र कालीप्रसाद, त्यसपछि केहीमा दिनेश अधिकारी, राजेन्द्र थापा अति धेरै गीतहरूमा निख्खर विजय शिवाकोटीको महक देखिन्छ गीतहरूमा । राष्ट्रियताले ओतप्रोत राष्ट्रिय गीत, जीवन र जगत् कस्सिएका खँदिला अजम्बरी आधुनिक गीत अनि अचेलको परिभाषा जस्तो मनमा रसिलोसँग बग्ने सुगम गीतहरूको एकचाङ गीतहरू सुनाइसकेपछि उनी केही सुस्ताउँछन् र थप्छन् ः ‘यिनै हुन् मेरा गीतहरू । मन छुन्छन् भने प्रतिक्रिया पाउँ । मन छुँदैन भने बिदा पाउँ ।’
तालीको पर्रा छुट्छ तब । ‘गीत हुनु त यस्तो पो ।’ कोही भन्छन् । ‘खै ? यस्ता गीतकारहरू किन देखा पर्दैनन् ।’ कोही गुनासो राख्छन् । त्यतिनै बेला किम्चीका खानेकुराहरू टेबुलमा आइपुग्छन् । सबै कपाकप खान थाल्छन् । म पनि हात बढाएर एकाध परिकारलाई मुखमा हुल्छु । तर खानेकुरा स्वादिला लाग्दैनन् । त्यसैले भन्छु ः ‘साथीहरू ! यहाँ खाजा खाने हो भने पहिले अब कहिलै गीत नसुन्ने है ?’
सबै हाँस्छन् । किम्ची साहूजी भन्छन् ः ‘विजयजीले गीत सुनाउने हो भने त हाम्रो रेष्टुरेन्टनै बन्द हुन्छ कि क्या हो ?’

शनिबार, गोरखापत्र
मंसीर २७, २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *