पद्य कविता
खोला
कविता
“खोला”
कतै बग्छ खोला मीठो गीत बन्दै
कतै बग्छ खोला चिसो शीत बन्दै
कतै बग्छ खोला सुनामी भएर
कतै बग्छ खोला मलामी भएर
कतै बग्छ खोला धमिलो भएर
कतै बग्छ खोला अमिलो भएर
कतै बग्छ खोला नुनिलो भएर
कतै बग्छ खोला गुनिलो भएर
कतै बग्छ खोला रुवाई बनेर
कतै बग्छ खोला दुहाई बनेर
कतै बग्छ खोला सुसाई-सुसाई
कतै बग्छ खोला बिसाई-बिसाई
कतै बग्छ खोला हिमताल बन्दै
कतै बग्छ खोला सिमखाल बन्दै
कतै बग्छ खोला तरुणी भएर
कतै बग्छ खोला बरुणी भएर
अभिसप्त यो जिन्दगी एक खोला
हिडनु कति छ कति बोकी झोला
कति टुट्तछन् जिन्दगी बोकी भारी
कति छुट्तछन् जिन्दगी घारी-घारी
दशैं आशिष (आयु द्रोणसुते)को नेपाली अनुवाद
द्रोणाचार्य सुपुत्रको अमरतामा पुग्नसक्ने हुनू ।
श्रीसम्पत्ति रहोस् अथाह दशरथ्, राम्का पिताझैं हुनू ।
शत्रु क्षीण बनून् सदा जगतमा श्री रामका तेजले,
ऐश्वर्यादि नहूषझैं पवनझैं, चल्नू सदा बेगले ।।
गान्धारी सुतझैं तथा अझ बढी सम्मानधारी हुनू,
बन्नू भीष्म समान वीर, बलमा बल्भद्र जस्तै हुनू ।
बोलीमा जहिल्यै युधिष्ठिर हुनू अत्युच्च धर्माश्रित,
दानी विज्ञ विदूर, कीर्ति हरिको, लिनू यिनै आशिस ।।
हेर्लान मुखै बाबुको
जुन् सन्तान बुझी सदा जतनले, माता पिता पाल्दछ
आशिर्वाद मिली खुबै उभयको, सन्तान फस्टाउँछ
खान्पान्को सुबिधा दिई समयमा, स्वास्थ्योपचारै गरी
पालन् पोषणले खुशी युगल भै, हेर्लान् बनी ती हरि
शिक्षित् भै तमको बिनास गरला, बाटो सफा देखला
पितृका बलले बिशाल बलियो, राम्रै कद म चालला
पुर्खाको इतिहासमा धवलता, थप्ने गरी कामले
ख्याती प्रप्त हुने सर्बस्व चहकी, पार्ने तिनै रत्नले
सम्झिए पिता
पिता हजुरको सेवा सन्तान्ले गर्नु पर्दछ
यो हाम्रो देह निर्माण्मा हजुरै बुझ्नुपर्दछ
सृष्टि दृष्टि पुगेकाले बिकाश पथमा गयौँ
शिक्षा दिक्षा भयो राम्रो सुशान्त कुलमा गयौँ
सन्तान्कै स्नेहमा हर्दम् दुःख दर्दादि बिर्सिए
सम्पत्ति पछिको सोच हाम्रैलागि त बिर्सिए
चीर ऋणि भयौ हामी पिताको देनमा निकै
पवित्र यो कुशे औँसी मान्दछौँ पितृपुजकै

छट्पटी पीडा अनि तिमीसँग हुने चाहाना
बसन्तको हराभरा सौन्दर्य कति राम्रो आहा
दशैँ आयो दशैँ आयो भन्दै भन्दै
आयो आयो मन्त्री आयो
सुन्नुहोस् है ! मतदाता ताजा खबर छ यो