हुनेलाई दशैं हजुर नहुनेलाई दशा
जसरी नि मान्नु पर्ने चाड-पर्वको नशा
घाँटीभन्दा ठुलो हड्डी निल्ने हाम्रो बानी
यो बानीले नहुनेलाई गर्छ धेरै हानी
चाड-पर्व मनाउदा होस् पुर्याई मनाउ
जस्तो गच्छे उस्तै खर्च आँफूलाई बनाउ
हाँसी-खुशी परिवार साथ मनाउ दशैं
यही कारणले नहुनेको नहोस कैल्यै बशै
हुनेले नि जथाभावि नगरौं है खर्च
समाजमा हुनेले नैं मोडेल बन्नु पर्छ
उत्साहले सबै मिली मनाउ चाड हाम्रा
चाड कुनै खराब छैनन् सबै उस्तै राम्रा
आनी-बानी चालचलन हुन्छन् असल-खराब
कसैलाई पानी छैन कोही प्यूंछन् सराब
गुल्छर्रा झैं उडाउछन् कोही फजुल खर्छ
सिटामोल नपाए एउटा गरिब मर्छ
नहोस यस्तो विभेद कहीं नहुन् गरिब दुखी
समता होस् सबैतिर बनून् सबै सुखी
गर्छु यस्तै अपेक्षा म यही मेरो चाहना
विजया दशमी २०७०को हार्दिक शुभकामना
@देवीचरण भण्डारी “सरोज “
