Skip to content

सक्कली र नक्कली अनुहार


मेरो अनुहारमाथि एउटा अर्को अनुहार
जता हेर्‍यो उतै अनुहारमाथि अनुहार
जहिले मैले आफ्नो सक्कली अनुहार देखाएँ
जगत्लाई मन परेन मेरो असली अनुहार ।

मैले पनि नक्कली अनुहार बनाएँ
त्यसपछि सबैलाई मन पर्‍यो नक्कली अनुहार
वास्तवमा मसँग अहिले अनेकौं अनुहार छन्
जसलाई समय अनुसार फेर्न मिल्छ ।

अब म आफ्नो सक्कली अनुहार देखाउँदिनँ
नक्कली अनुहारलाई नै सक्कली अनुहार सम्झिने
मान्छेहरूलाई सक्कली अनुहार मन पर्दैन
त्यसैले मेरो सक्कली अनुहार हरायो ।

अंक: ५६१
२०७० भाद्र १६
Sep 1, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *