Skip to content

संसारमै सुन्दर

  • by

संसारमै सुन्दर तिमी मेरो दिलकी रानी
तिम्रो मोहनी रुपमा परी गरे मन परी

त्यो तिम्रो हेराईले मेरो मनमा डेरा गर्यो
मिठो बोली तिम्रो मेरो हृदय ठाउँ छोड्यो
मलाई पनि लैजाऊ तिम्रो साथ बेँसी झरी
तिम्रो मोहनी रुपमा परी गरे मन परी

हेरिरहुँ लाग्ने गुलाफी ओठ उनको कति सम्झिरहुँ
यो जिन्दगी समर्पण गर्दै तिम्रै साथमा बाँचिरहुँ
लोभी मेरा नयनकी तिमी भयौ रानी
तिम्रो मोहनी रुपमा परी गरे मन परी

गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं.२ दीपायल डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *