फागुन महिनाका अन्तिम दिन गनिँदै थिए । यस वर्षको जाडोले बिदा लिने क्रममा थियो । पहाडको हिमालीखण्ड र त्यस आसपासका पर्वत शृखतामा पटक पटक हिँउ परेको कारण यस वर्षको जाडो केही तिखो अनुभव भएको थियो । दिन लम्बिने क्रममा थिए । समय अप्ठ्यारो र उराठ भएको थियो । जंगलका कतिपय बोट बिरुवा पुराना पात झरेर सिङरिङग भएका थिए । नयाँ पात र चिउला पलाउने क्रममा थिए ।
वारि बेँसीका खेतमा बाली लगाउन किसानहरू गोरु नार्दै गरेको देखिन्थ्यो । कतै वाँझो जोत्ने, कतै चस्याउने गर्दै थिए किसानहरू । गाउँका महिलाहरू डोकोमा भकारीको मल बोकेर खेतमा थुप्रा थुप्रा खन्याउँदै थिए । प्राङगारिक मलमा मिसाएर विकासी मल पनि खेत र वारीमा हाल्ने चलन प्रारम्भ भएको थियो । पानी पुग्ने खेतमा वर्षेधान रोप्ने र पानीको अभाव भएको ठाउँमा मकै छर्ने चलन थियो ।
चौतारामा बसेर बेँसीमा लगाउँदै गरेको वाली र जोत्दै गरेका खेतका गरामा आँखा कुँदाएर त्यही दृष्यमा समाएका हुन्थे गाउँका युवाहरू । त्यो दृष्यले व्यक्ति पिच्छेका प्रतिक्रिया बटुलेका हुन्थे । कोही व्यक्तिहरू बाली लगाउँन ढिला भएको गुनासो व्यक्त गर्दथे । समय समयको वात हो, फिक्री छैन, दुई चार ढिलो भन्ने पनि थिए ।
गाउँका चौतारामा जम्मा भएका युवा बुढापाका, पुरुष र महिलाहरू आफ्ना आफ्नै अनुभव भोगाई र दैनिकी थिए । कयैका बोका पाठालाई ल्याएका घसका बिटा राखेका हुन्थे, कसैका दाउराका भारी हुन्थे । चौतारामा भेला भएका केटाहरू आफ्नो शरीरको बल जाँच्न, चौताराका ढुंगा उचालेर बलको परीक्षण गर्दथे । यदाकदा कुनै निश्चित ठाउँमा उभिएर गोलो ढुंगो छेलो हान्ने चलन पनि थियो । बलकै परीक्षण गर्ने सन्दर्भमा कुदेर छेलो हान्ने चलन पनि थियो । ढुंगा उचाल्दा, कसले बढी उचालो, त्यही व्यक्ति बलियोमा गनिन्थ्यो । छेलो उभिएर या कुदेर हातको ढुंगो कसले पर फाल्न सक्तछ, त्यही व्यक्ति बलियो ठहरिन्थ्यो । गाउँमा बलियाको उपाधि पाउँदथ्यो ।
एक दिनको कुरा हो । घाम अस्त अस्ताचलमा जादै थि । उनको किरण थाकेर पहे लिने क्रममा थियो । चौतारामा जम्मा भएका हामी केही व्यक्तिहरू थाकेर घर जाने तयारीमा थियौ । त्यहाँ उभिएका हामी नौ जना थियौ । सबै जसो दामली उमेरका थियौ । पूर्ण सिंह ब्याले मात्र केही पाका थिए ।
त्यही समयमा एक जना मैला कपडा शरीरमा उनेका पाका व्यक्ति र उनको साथी सानो पोको काखीमा चेपेर – हसिन फसिन हुँदै चौतारामा आई पुगे । चौताराका ती चपलेटी ढुंगामा थचक्क बसे । ती दुवैको शरीर पसिनाले भिजे जस्तो देखिन्थ्यो । चपेली ढुंगामा आफ्नो भिजे जस्तो देखिन्थ्यो । चपेली ढुंगामा आफ्नो चाक राखेर आफ्ना नजर हामीतिर फिके पाको व्यक्तिले मुख खोलेन, नौलो भएर बस्यो । अर्को युवाले निधारको पसिना हातको औलाले पुच्छदै भन्यो “कोशीको पुल तरेर उकालो छिटै पाइला चलाउँदै हिडेको, कतै उभिएन पनि, शरीर त पसिनाले निथुक्कै भएछ । युवकको अनुहार उदास थियो । ती दुवै व्यक्तिलाई शरीर पुच्र, हेरेर पूर्ण सिंह दाइले सोधे तपाईहरुको घर कता पर्यो त ? असिन पसिन भएर कता हिडनु भएको हो ।
हाम्रो घर बाछाङग । कर्या जंग लाहुरेको नाम सुन्नुभएको होला नि । उनलाई नरेम्पा काका पनि भन्दछन् ।
ती नौला युवकको कुरा सुनेपछि, हामी सबैले एकै स्वरमा भन्यौ “नरेम्पा लाहुरे काकालाई त कसले चिन्दैन र यो क्षेत्रमा उहाँ त समाजसेवी व्यक्ति पनि हो नि ! पुडके कान्छाले जवाफ फर्कायो ।
“कर्णजंग लाहुरे काकाकै लागि कोशीपारी गएर जान्ने विजुवा खेलाउने धामी लिएर आएको ।” युवकले जवाफ दियो ।
राता वर्णको पाको व्यक्ति थियो धामी । पोटिला गाला थिए । फराकिलो निधार थियो, कालो टोपी उनको थियो टाउकामा पातलो अग्लो व्यक्ति थियो । कवि तुफुका जस्ता पातला दारी देखिन्थे गाला र चिउडामा, उसले बोकेको पोकामा शायद धामी बस्ने सामाग्री थिए होलान, हाम्रो अ्रन्दाजमा ।
हामी चौतारामा उभिएका प्रत्येक व्यक्ति गम्भीर भयौ नेरम्पाकाका विरामी परेको थाहा पाउन नसकेकोमा पश्चताप लाग्यो । धामीले हामीसँग बस्ने चेष्टा गरेन । ऊ गम्भीर मुद्रामा देखिन्थ्यो । धामी लिन जाने गाउँले युवकले भने विरामी भएका कर्णजंग बारे केही जानकारी गरायौ । हामी केही झस्कियौ पनि । उनलाई नौ डाँडाले चिन्दथे, ख्याति प्राप्त लाहुरे भनेर चिनिएका थिए ।
केही क्षणको मौनता पछि, हामीले आपसमा मुखा मुख गर्यौ तपाईहरू छिटै बाटो लाग्नोस भनेर सल्लाह दियौ । भनौ अनुरोध गर्यौ । कर्णजंग काकाको अनुहार आँखा अगाडि नाच्यो । उनका छोरा तीन भाइ र छोरी पाँच वहिनी छन् । नाति, नातिना घर भरी छन् । कान्छो छोरा वीर बहादुर उतैका बाउले गरेकै काम शिरोधारी गर्दे विदेशिएका थिए । हाल कुन देशमा लाहुरे जीवन बिताउदै थियो, जानकारी थिएन । मात्र वीर बहादुर लाहुरे भएर विदेशिएको छ भन्ने थाहा थियो । ऊ कुन देशको भूमिमा ‘राईफल’ समात्दै होलान अथवा कुनै शैनिक क्याम्पमा गुम्सिएर – कुण्ठित जीवन बिताउदै होला । जेठा नर बहादुर, धेरै वर्ष पहिला देखि नै बाबु कर्णजंगसँग भिन्न भएर अंशमा पाएका जेथा लिएर अलग बसेका थिए । हिउँद महिना र कुनै विशेष चाड पर्व माघे संग्रान्ती या अन्य कुनै वर्षमा गाउँबाट बकेना पाडा किनेर ल्याएर कोशि किनाराको बजारमा काटने गर्दथे । मासु बिक्री गर्दथे । घरको अवस्था सामान्य थियो । विगत केही वर्ष अघि गाउँमा खेती गरेको आरोपमा सुनका बिरुवा प्रहरीद्वारा उखेलिएर प्रहरी थानामा ल्याएका थिए । थोर वहुन जरिवाना तिरेर छुटकारा पाएका थिए । नेरम्पा काका माइलो छोरासँग बस्दथे । सकल बहादुर वाउ पाल्न सेव ागर्न पाएकोमा प्रफुल्ल थियो । उसको परिवार गाउँमा सम्पन्न मानिन्थियो ।
उनको घरमा जो कोही व्यक्ति पाहुना आए पनि गास बास दिने परम्परा थियो । खान बस्ने जो कोही व्यक्तिको थालमा बुढाका आँखामा पुग्दथे । भागमा बिउके भात उमार्न पाईदैन थियो । यदि कोही व्यक्तिले जानेर या नजानेर भागमा खाना बिउके भात उमारो भने, कर्णजंग काका नराम्रो बचनले गाली गर्दथे । फोहोरी शब्द पनि प्रयोग गर्दथे । “तिमीलाई खान पो बिउके त फाल्न बिउको होइन, ती भनेर कडा शब्द प्रयोग गर्दथे । “गुवाकमा मकैका झुत्ता र ढिकुरीमा धान त्सै पस्तैन, आउँदैन, कडा मिहिनेत गरेर अन्न उब्ज्याइएको हुन्छ । खेत र बारीमा लगानी लगाइएको हुन्छ भनेर सम्झाउने गर्दथे । अर्कातिर नेरम्पा काकाको अर्को विशेषता के थियो भने, घरमा गाउँमा – अन्य टोलमा – उनी कोही पनि व्यक्ति खाली हात नवसोस सानो तिनो उत्पादन मुलक काममा लागिरहोस भन्ने चाहन्थे । खालीहातलाई – उनी अपराध मान्दथे । भेटघाटमा – कर्णजंग काका दोस्रो विश्वयुद्धमा बेलायती मोर्चामा लडेको भीडेको गोलीले झारेका घटनालाई हल्का तरिकाले, मजाक गरे जस्तै गरी भन्दथे ।
ती धामी र उनको साथी नेरम्पाकोघरतर्फ बाटो लागेपछि, हामी चौतारामा जम्मा भएका व्यक्तिहरू – पुडके माइला, भिमकान्त, पहलमान, चेतराज, म र सीताराम थियौ । हामीले केही क्षण कर्णजंग काका बारेमा चर्चा गर्यौ । उनले समाजमा, गाउँघरमा पारेको प्रभाव पारेर छलफल गर्यौ र मनमा धेरै कुरा खेलाउँदै घरतिर बाटो लाग्यौ ।
त्यो धामी लिएर आउने गाउँले युवकको नाम सोध्न बिर्सेछु, आफ्नो भूल प्रति – रीस पनि उठो, पश्चताप पनि भयो । बाटोमा एक्लै सोचे, त्यो युवक आफ्नो गाउँ जादा खोलै खोला गएको भए, शायद हामी यो गाउँका व्यक्तिले कर्णजंग लाहुरे काका विरामी भएको थाहै पाउँने थिएनौ । बितेको समाचार मात्र केही समय पछि कानमा पर्दथे भन्ने सोच घर पुग्न मेरो बाटो अरु साथीकोभन्दा धुमाउरो थियो । दिमागलाई तरङगित गर्दै बाटो नापन थाले । गोडा चले जस्तो भयो । दोस्रो विश्व युद्धले विश्वको नक्सा बदलियो, कति देश विभाजित भए । बेलायतको विश्व व्यापि शासनको अन्त्य गरायो । नयाँ शक्ति विश्वमा जन्मायो । त्यस्तो शक्तिशाली विश्व युद्धमा लडेर आएका थिए, हाम्रा गाउँले कर्णजंग लाहुरे काका । बाउसँग आदेश मागेर – अनुरोध गरेर जसरी भए पनि, गाउँका ईष्टमित्र, साथीभाइसँग सहयोग लिएर म अवश्य लाहुरे काकालाई भेटन या दर्शन गर्न जान्छु भनेर अठोट गरे मनमनै । तीन वर्ष भयो उकालो न लागेको । जुद्धमाया कार्कीको मृत्युहुदा श्रदाञ्जली अर्पण गर्न गएको थिए । पुन :यस पल्ट जाने मौका मिलाउँदछु । काकी जुद्धमाया वित्दा, काका धेरै विलाउना गरेर राखेका थिए । सम्झना आयो दिमागमा जुद्धमाया कार्कीको काम सिद्धिएको दिन आँखा भरी आशुँका ढीका झार्दै नरेम्पा लाहुरे काका रोएका थिए । विलाउना गर्दै उनले त्यस बेला भनेका वचन अहिले पनि मेरा कानमा ताजै थिए । बुढेसकालमा कोही व्यक्तिका श्रीमती नमरुन तरुणि उमेरका महिलाका श्रीमान न वितुन, कुनै साना बालकको आमा न वितुन । काका छोरा बुहारीको खटन खाएर वाचन विवश थिए । तीन वर्ष बितेका थिए । बुढा गाउ्रँ वेशी गर्दै थिए । एक्कासि विरामी परेको खबरले मलाई छागाबाट खसायो । बुढालाई कस्तो रोगले चापो होला त भन्ने खुलदुली चल्यो ।
साँझामा आएर घरमा बाउलाई भने कर्णजंग लाहुरे काका विरामी परेको जानकारी गराए । भेटन जान इच्छा लागेको छ । छिमेकी साथी पनि कोही जाने भए भने सोहदश ।
मेरा कुरा सुनेपछि बाउको बोल लरबरियो । बुढेसकालमा विरामी परेछन्, अब बुढा धरतीमा रहदैनन । म उनको घर पुगेर आउन सक्तीन । अरु गाउँका साथी गए पनि न गए पनि त जा, आमासँग थोरै नूनिलोकोसेली बनाई माग र बाटो लाग । विरामी भेटन जादा रितो हात जान उचित हुदैन । यो हाम्रो स्वरुङ रामापुर बाटोका रैति दुनियाका लागि ती लाहुरे दाइको ठुलो लगानी छ । बुढाले विदेशबाट कमाएर ल्याएको रकम जनताका निम्ति खर्चेका छन् । जन्मपाछत जोकी मानिसले पनि मृत्यु वाण त गर्दछ नै, बुढाले समाजलाई गुन लाएर जाने भए । बाबुको टिप्पणी थियो । दिउँसो थाङग्राबाट मकैको झुत्ता भूइमा झारेको रहेछ । नङग्याएर छोडा छोडाउन डालामा राखेका रहेछन् । खाना खाएर निन्दादेवीको काखमा पल्टन जाउन जेल मकै छोडाउन थालियो । एउटा डालामा बाउ आमाका हात मकैका घोगासँग सलवलाउन थाले । अर्को डालामा म र श्रीमतीले छोडाउन थाल्यौ । निद्राभगाउन अरुबेला गाउँ खाने कथा भनिन्थ्यो । आज नरेम्पा बुढाका लाहुरे काकाका बारेमा कुरा हुन थाले ।
लाहुरे काकाभन्दा ७ वर्ष कान्छा थिए मेरा बाउ । दमको बिरामीले थलिएको कारण हिडन डुल्न सक्तैनथे, धरायसी हातेमेले काम प्रसस्त गर्दथे । त्यस साँझ लाहुरे काकाका कुरा भए ।
जेठो छोराको नाम नाङले थाल ठटाएर – नर बहादुर राखिदिएकाले – कर्णजंग लाहुरेकै नरेम्पा भन्न थालेका हुन । घर गाउँबाट टाढासम्म उनको नाम नरेम्पा नै भयो । लाहुरे त थियो नै । कलिलै उमेरमा लाहुरे हुने मौका पाए । लाहुरेबाट छिटै फर्केर आएका हुन । उनीसँग म कति पल्ट हलेसी गएको थिए । मलाई मित भाइ भनेर माया गर्दथे । बाटामा भएको खर्च उनकै हुन्थ्यो । नेपलमा कुनै बेला दुई खाले पैसा चलाइन्थ्यो । काठमाडौ र पहाडी क्षेत्रमा नेपाली रुपैया चलाइन्थ्यो । मोहरू भन्दथे । तराईमा भारतीय रुपैया भारु चलाउदथे । उनीहरू हाम्रो पैसालाई दश अति भन्दथे । तराईका अडडामा काम गर्ने कर्मचारीलाई पनि भारतीय पैसाबाट तलब दिन्थे । गाउामा लहुरबाट फर्केपछि करी जंगले एक महिनाको तलब दिएर पाठशाला खोल्न लगाए । एउटा कामचोर मास्टर र ल्याएर पढाउन थालेपछि त्यै पाठशाला नै सरकारले स्वीकृति गरेर स्कुल भयो ।
लाहुरेहरुकै कारण गाउँमा नयाँ जागरण आयो । राणासँग अधिकार माग्न दलहरू बडा गएका थिए साना अक्षरमा भारतकोजयनगर लगेर पर्चा छापेर गाउँमा बाडदथे । कर्णजंग लाहुरेले नै अभियान चलाएर घर लौरी २ र ५ रुपैया, मकैका भुगा र मंसिरमा थोरै धान उठाएर विद्यालय खोलेर गाउँका केटाकेटीहरू पढाउन थालिएको हो । लाहुरेहरुकै सीपका कारण गाउँमा पानीका पदेरा, कुवा मर्मत गर्ने काम भएका हुन । भनौ सुधारको प्रारम्भ कर्ता उनीहरू नभए राणा सरकारलाई त मालपोत मात्र तिर्नु पर्दथ्यो विकास थिएन । कर्णजंग लाहुरे मध्येका अगुवा थिए ।
गोडेछस पुगेर आइ, भ्याइस भने यदि भ्याइनस भने पनि झर्ते वस्ता केही बिग्रदैन विरामी हर्न जादा विचार गर्न छिमेकीको घरबाट धुपौरामा आगो ल्याए जस्तै न गर्न केहीक्षण दुखःसुखका कुरा गरेर बस्न । श्रमको लछारो छैन ।
बाबुका यस्ता अर्तीका वचन सुनेपछि नित्य कर्म गरे । आमालाई अनुरोध गरे कोसेली छिटै तयार पारिदिनु वाउका वचन शिरोधार्य गर्दै बाटो लाग्न खोजे । गुन्द्रुक उमालेर उषाले खान तयार गरेकी थिइन । नेरम्पा काकाको घरको आँगनले उतै चम्कीय हिशावले ताने झै लाग्यो चार गास भारतका सीता मुखमा हालेर हतारिदै शरीरमा कपडा उन्दै थिए । छिमेकी सीताराम दाइ आइ पुगे । कतिखेर जाने भनेर सोधे ? सीताराम दाइ म त तयार भए भनेर जवाफ दिए । हिजो पुडके माइलालाई जाने भनेर सोधेको थिए । उनले रुखो र असभ्य जवाफ दिए – यो ठुलो गाउँमा को को लाहुरे विरामी पर्दछन हेर्न गएर साध्य चल्छ, तिमी पनि न जाऊ भने । त्यही कुरा सम्झेर, अरु इष्टमित्रलाई सोध्न जागर लागेन लौ छिटौ ठिक परेर आउनुहोस भनेर हुटहुटी लगाए ।
आमाले थोरै कोशेली बनाएर पोको पार्दै मेरो हातमा थमाई दिनु भयो । मेरो त हात, लागा शून्य, बेलुका चासो राखिएन, अहिले पो तिम्रा कुराले तातिएको त ? यो सुनौलो मौका किन गुमाउने भनेर, हतारिदै तिनीलाई सोध्न आएको, भन्दै सीताराम दाइ घरतिर लम्किए ।
दलानको एक छेउमा उभिएर भेटी आमाले भनिन ती बृद्ध लाहुरे दाइलाई हेर्न पाउनु त एक प्रकार धर्म कमाउनु नै हो । देवताको दर्शन गरे जस्तै लाग्दछ, हलेसी धामको महादेव बोल्दैनन । कर्णजंग लाहुरे दाइ म्याउँ म्याउँ बोल्दछन् ।
यदि दवाई गर्न बाहिर लाने भएछन र लग्न ठिक गरेका रहेछन् भने सहयोगी भएर जानु घरमा वित्दो केही छैन । जडीबुटी दवाई खुवउदै होलान – यो कागजमा लेखेका दवाई बताई दिनु भनेर, वाउले सानो कागजको पाना दिए । गोजीमा हालेर बाटो लाग्यौ ।
सूर्यका किरण डाँडा पाखा भित्तामा छरिदै थिए । दिन रमाइला थिए । आकाश राम्रा देखिन्थ्यो । सेतो आकाश हाम्रो गाउँको टाउकैमा थियो । मेरो गाउँबाट नेरम्पा काकाको घर पुग्न झण्डै एक घण्टा समय लाग्दथियो । हामी दुवै जोडी त्यता थियौ । छिटो हिडन सक्ने शरीरमा तागत थियो । आखिर हामी दुवै व्यक्ति घासे दाउरे थियौ । लाहुरेकाकाको हातमा थमाई दिने कोशेलीको पोको जवारीको गोजीमा घुसारेर बाटो नाप्न थाल्यौ ।
हाम्रो टाउका माथिको आकाश सेतो देखिएको थियो । उकालो र तेर्सो बाटो लम्केर हिडदा करीर तातिएर पसिना उम्रेका थिए । उत्तर दिशा फर्केको पहाडी शृखला भरखर सूर्यका किरणले सस्पर्श गरेर रमाएको दृश्य हेरिरहुँ जस्तो लाग्दथियो । साना विराले परेका वारीका कान्ला र गरा कोदो पाकेर नलकाटेका ठुटा जोत्न नभ्याएका, कतै कतै गोवर मलका थुप्रा देखिने बारीका किनारमा रुख घाँसका गाछि वाक्लै हुर्काइएका, कतिपय गाछिका पात झरेर सिङरिङ देखिएका कतिपय गाछी सदावहार हरिया विहान दश बज्न लाग्दा, हामी टुप्लुक्क कर्णजंग लाहुरे काकाको घरको आगनमा पाइला राख्न पुग्यौ ।
दलानमा आगनमा नातागोताका र आफ्नै गाउँले छिमेकी व्यक्तिहरुको भीड थियो । दलानको खाट बाहिर निकालेर भूइमा सुताएको रहेछ लाहुरे काकालाई । थुक्न खरानी हालेर एउटा भाडाको मडकुली राखिएको रहेछ । सिरक डसना ओछ्याएर तकिया लगाएर सुतेका रहेछन् बुढा ।
त्यहाँ उपस्थित व्यक्तिहरुलाई नमस्कार गर्दै हात जोडेर – मैले म बुढाको सिरान नजिकको खाली ठाउँमा थचक्क बसे । एक पल्ट आँखा घुमाएर बुढाको शरीर निरीक्षण गरे । ठुलो स्वरले बोलाए । “काका मलाई चिन्नुहुन्छ ।” नजिकै बस्ने एक जना रुधालु दाइले भने भरखर झकाउनु भए को थियो, केही क्षण पछि बोलाएको भए हुन्थ्यो । भाइले हतार गर्यौ । लाहुरे काका विछ्यानबाट उठे र मलाई हेरे, निकै नियालेर, सीताराम पनि उही बसेका थिए । मतिर फर्के “तिमी तोयानाथ मित भाइका छोरा होइनौ कान्छा” भने । तिम्रो बाउ एक जमानाका मेरा हितेषी थिए । घनिष्ट मित्रता थयो । हामी कति पल्ट साथै हलेसी गएका थियौ । यदाकदा पहाडमा चाल ाडमा लाग्ने एक रातेबजारमा गएका हुन्थ्यौ । जाड पानी खाएको, जुवा खेलेको, छातीमा मुडकिले हानेको – सम्झना छ । कहिलेकाहीं सम्झन्छ पनि तिम्रो बाउको घरमा म जान सक्तीन उनी यहाँ मेरो घरमा आउन सक्दैनन, हामी नदिका किनारा जस्ता भयौ । एक जमानामा पहाडतिर लाग्ने एक राते बजारमा जाड रक्सी उसिनेका तरुल, सुठुनी, बेच्न ल्याउने उमेर पुगेका या पाका महिलालाई जिस्कयाएको, हात हालेर चलेको सम्झना छ ।”
बुढाका कुरा सुनेपछि, विगतको सम्झनाले आफूलाई पनि झस्कायो । भनिन्छ पाँच तत्वबाट शरीर वनिएको हुन्छ, यी पाँच तत्वलाई जोडने – प्राण खसी देहकर पलायन नभएसम्म जो कोही व्यक्तिले पनि विगतका तिता पिरा कटुट अनुभवका पोका या भोगाई विर्सन सको रहेनछ भन्ने लागो । यो घरतीमा जन्म लिन, शायद नियतिको खेल होला कुनै व्यक्ति जन्मनु कसको नियन्त्रणमा हुदैन, उसका बाबु आमाको जीवनको सार्थकता हो ।
बाउलाई धेरै बोल्न दिनु हुदैन, एक जना रुघालु भक्तिगाले भने । बुढाले आँखा राता पारेर मलाई हेरे । कुरा पनि रमाइलो कुरा हामीले लगो ।
त्यो दिनको खाना साँझ विहान त्यही र कयौ कर्णजंग काकालाई भेटन आउने व्यक्तिसँग दिउसो गाफियौ । भाउजू, वुहारी, दिदी, वहिनीहरुले नरिसाई नझर्किकन बुढाको सेवा गरेको बुझियो ।
दिउँसो गफ गाफ गर्ने व्यक्ति थोरै हुँदा रहेछन् । शायद घरको कामको व्यस्तताले होला । झट्ट सम्झे यी झण्डै नब्बे हिउँद पुग्न आटेका बुढा इतिहास पुरुष त हुदैछन अर्कातिर दोस्रो विश्व युद्ध लडेका यौद्धाको दर्शन दुर्लभ छनै, यही बेला केही उनका अनुभव लाहुरे जीवन वारे साध्नु पर्यो भन्ने चासो जन्मियो दिमागमा डराई डराई दोस्रो विश्व युद्धमा बन्दुक वोक्दाको अनुभव थोरै बताइदिनुस भनेर सोधे ।
बुढालाई दमको रोगले घरी घरी बढी चाप्दो रहेछ । सुख्ख खोकी, खोकिरहदा रहेछन् । आँखा राता देखिन्थे । जडीबुटि र विकासी औषधी बराबर मात्रामा खुवाइएको रहेछ । गोडा मुनि दवाईका शिशी लडेका थिए । घरका परिवारका सदस्य चिन्तित थिए । मानिस स्वभाविक रुपमा जति विरामी भए पनि बुढो भए पनि लामो आयु लिएर बाचोस, बाँच्न पाओस भन्ने इच्छा राख्दछन् । छिटै वितोस भन्दैनन । कर्णजंग काका केही समय अरु बाँच्दछु कि भनेका थिए ।
दिनको त्यस्तै दुई बज्न लागेको थियो होला बुढा आफै उठेर पाई खाना गए, कसैको सहयोग लिएनन । मलाई अचम्म लाग्यो माइलो दाइलाई सोधे, आज मात्र हो कि, हिजो अस्ति पनि हो, यसरी विना अर्काको सहयोग बाहिर बस्न जानु भएको । जवाफपाए, बाहिर वस्न जान बाबुलाई कसैको सहयोग लिनै पर्देन । आफै जानुहुन्छ ।
बाहिर बसेर आएर विछाउनामा काका पल्टेपछि मैले उहाँको पिडुला छामे, पैताला र नारी छामे । छातीको धड्कन बुझ्न हात लगेर छातीमा राखे । मुटुको धडकन सामान्य लाग्यो । केही समय पछि बुढाले – मनतातो पानी एक गिलास पिए ।
काका, मानिस जन्मेपछि एक पल्ट मृत्यु बरण गर्दछ, अजम्मरी कोही हुदैन । यदि मानिस अजम्मरी हुने हो भने यो धरतीले थाम्न सक्तैन थियो । तपाई नब्बे हिउँद निकट पुग्नुभएको छ । संसारमा धेरै कुरा देख्नुभयो । भोग्नुभएको छ । खाडीका दौरानमा खाली गोडा, गाउँबेशी गर्नु भो । त्यै शरीरल कोदालो बञ्चरो चलायो, डोको बोक्यो । त्यै शरीरले बुट जत्ता, शैनिक पोशाक, काँधमा बन्दुक बोकेको अनुभव थोरै बताई दिनोस ।
मेरा कुरा सुनेपछि, बुढा विछाउनाबाट उठेर बसे, सिरकमा शरीर गुटमुटाइरहे, जिब्रो चलाए, आँखा घुमाएर बाटातिर नजर लगाए । आँगनको मकैको तेरस्रो थाङ्गोमा बसेका भगेरा हेरे । भगेराको चीरवीर सुने झै गरे । लामो सास ताने झै गरेर भन्न थाले । ‘हँगीसको दैलो देखो’ स्वगर्् जान आछयान लागेपछि मेरा अनुभव र ज्ञान भोगाई चाहियो तलाई चार वर्ष अघि सोध्न सकैन थिइस ।रिङदेनका वाउन साथीको छोरा होस भन्न त भनी दिउला न मेरा दिमागमा के पो रहेको होला र भन्न लायक तथ्य तर संचित घटना र भोगाई भन्दछु । म जिउदै हुँदा छापेर लेइस भने मैले पढन आँखा न देखे पनि नातिलाई भन्न लगाएर सुनौला ।
त्यतिबेला बेलायत भनौ अंग्रेजी शासकले एसिया महादेशका धेरै देशमा शासन चलाएका थिए । वर्मा, भारत, श्रीलंका, आजका पाकिस्तान, बंगलादेश । नेपाल मात्र यस्तो सानो देश बाँकी थियो, उनीहरुको नियन्त्रणमा हुन । बाहिरी दोस्ती बनाउन त उनीहरुले रोके तर दश गाभ्न सकेका थिएनन । त्यस बेला हाम्रो देशमा राजा थिए उनको कारणले पनि अंग्रेज डरायो । हामी गोर्खाल वीर भनेर चिनिएका पनि थियौ । ब्रिटिशका शासकहरू हामी पहाडे जातिका व्यक्तिलाई भेटेपछि उनीहरू मख्ख पर्दथे । हामीबाट आर्कषित हुन्थे । हामीसँग लोभिन्थे । हाम्रो देश त हेर बाउ राणा मोराले पो गुमाएका त । जंगबहादुरले सिपाही विदोहमा अंग्रेजलाई न सधाएको भए, त्यही बेला भारतबाट अंग्रेज सरकार भाग्द थियो । त्यस बेला भारतमा अंग्रेजको शासन व्यवस्थित भएको थिएन । विशाल भारतमा तिनीहरू अलमलिएका थिए । त्यतिबाट अंग्रेज भागेको भए भारतमा धेरै राज्य हुन्थियो । नेपालले आफ्नो राज्य विस्तार गर्ने मौका पाउँदथियो । हाम्रो देश शक्तिशाली हुन्थ्यो ।
सिमाना बढाउन सक्दथियो । त्यस्तो हुन सकेन । सत्ताको लोभमा राणा शासकले अंग्रेज शासकहरुको चाकरी गरेर आफ्नो शासन बचाएका हुन । प्रथम विश्व युद्धमा शासक चन्द्रशमशेरले, हाम्रा पुर्खालाई लाहुरे बनाएर विदेशी पठाएर युद्धको मोहोरीमा हुलेर छाती थाप्न लगाए आफूले हाम्रो पुर्खाको रातको साटो अंग्रेजसँग पैसा लिए । नेपाली युवा लाहुरे भएर लाखौ मारिए खोजी खबर केही भएन । यता आफ्नो माटो भमि अर्कालाई पहिला अंग्रेजलाई पछि भारतलाई जिम्मा लगाए । हाम्रो देशको माटो अर्काले भोगो । बदलामाउनीहरुले अग्रेजसँग रकम असुली देश कमजोर नभए निरङकुशता लादे । हाम्रा देशका युवाहरू गाउँघरमा बस्नेहरू ढार्के भए वमइए गाहिर गोरुको पुच्छरे भए । विदेशिनेहरू बहादुर भनाइए बन्दुके भए, अपमान भाग्दै मृत्यु वरण गरे । थोरै बाँचे ।
चन्द्र शमसेर अंग्रेजको चाकरीमा लिप्त भए । त्यै चाकरी प्रवृति अहिले पनि विद्यमान छ । संस्कारका रुपमा यही शब्द ओकल्दा लाहुरे काकालाई खाँ खाँ वडदै थियो ।
डरले काम्दै भनौ अतालिदै काकाको मुख उनका ओठ कामेर थरथरएका थिए । विरामी रुघालुहरू पनि एक पल्ट अतालिएका थिए । मलाई न बोल्न आग्रह गर्दै थिए । म पनि मौन भए । बुढा टिपिने हुन कि जस्तो लाग्यो । त्यो दलानमा केही वर शान्त वातावरण रहयो । एक अर्कोको मुखमा हेराहेर मात्र भयो । त्यहाँ उपस्थित सबै घोतलिएका थिए ।
केही समयका मौनता दौडदै लाहुरे काका फेरि बोल्न थाले । हामी मौन थियौ । उनलाई बोलाब मनाही कसैले गरेन । हेर नाथु हो – तिमीहरुले त विश्व युद्धको कुरा पुस्तकमा पढेका छौ । मैले त भोगेको, सहभागी भएको ज्ञान छ । स्पष्ट अनुभव छ । म जे गर्दछु प्रत्येक्ष अनुभव गरेको, भोगेको देखेको कुरा मात्र भन्दछु ।ध्यान दिएर सुन म १७ वर्षको युवा थिए । त्यस बेला नजिकै बजार थियो । बजार जान्थ्यौ । जंगली जन्तुको डर हुन्थ्यो । त्यो पल्ट हामी गाउँले १४ जनाको समूह लाहोर गएका थियौ । तराई त्यसबेला जगल क्षेत्र थियो । दिनहुँ जस्तो जंगली जन्तुबाट मानिस ज्यान गुमाउँदथे । हामी ढाकारको साटो कुम्लो बोक्दा थियौ । नून मटितेल र कपडाका निम्ति तीन घर धुरी मिलेर मटितेलको टिन किनी ल्याउद थियौ । चाड वाड, विवाह बटुलोमा मात्र घरमा डिवी बाल्द थियौ। यस्तै घरमा विरामी पर्दा र मेरा पद पनि वा वित्थ्यो । अरु सामान्य अवस्थामा जंगलबाट ल्याएर दियालो वाल्दथियौ । मझेरी नजिकै थाङग्रो गाडेर राखेको हुन्थ्यो ।
हामी नून मरमसला किन्दै गर्दा केही नौला मान्छेसँग लाहानमै परिचयभ यो । परिचय बखतबाट केही जल्लावाल भनौ लाहुरे बनाउने सम्पर्क कर्ता रहेछन् तिनीहरू । मेरो शरीरमा आँखा गाडेछन् । ब्रिटिश शासकलाई हामी गोर्खालीको आवश्यक्ता परेको रहेछ । जल्लावालाले हाम्रो तीन पुस्ते पुच्छपाछ गरे । घरानमा पनि शाखा खोल्ने तयारीरहेछ । मलाई लाहुरे बन्न जाने प्रस्ताव आयो । ती पश्चिम बुटबलबाट आएका व्यक्तिले, एकान्त लगेर हामीसँग धेरै वातचित गरे । सामान्य नाम जाच गरे । ब्रिटिश गोरखा सेनामा भने हुन पाउछौ भनेर आश्वास्त गराए ।
हाम्र्रा साथीबीच छलफल चल्यो । कुनै दिन निश्चित गरेर घर पुगेर बाउ आमा दाजुभाइसँग सरसल्ला गरेर तोकेको मितिमा भेटन आउने कि बजारमा किनेको घरायसी प्रयोगका सामान गाउँबाट आएका आफ्ना साथीलाई सुम्पेर घर पुर्याई देऊ भनेर यतैबाट बाटो लागे ।
हामी साँझ निकै समय बातचित छलफल भयो । घर पुगेर फेरि रुवाले एकालै दोकलै घरान पुग्न सकिदैन जे हुन्छ हुन्छ, यतैबाट बाटो लाग्ने टुंगो भयो ।
बिदाइ हुने समयमा सबै त्यहाँ आएका गाउँले साथीहरुले आँखामा आँशुका ठिका झारे, रातो, पिरो अनुहार पारेर घोरिए । विदेशको ठाउँ, लडाइँमा जाने फर्केर गाउँ समाज र देशमा पाइला राख्न पाउने न पाउने निधो थिएन । विगतमा लाहुरे हुन जाने कैयो व्यक्ति फर्केका थिएनन । हिडदाको साइत पनि हो भनेर कुरा गरे । अमिलो मन पार्दै बाटो लागे ।
हामी पनि धरानतिरको बाटो लाग्यौ । त्यस बेला गोजी छाम्दा मेरो साथमा तीन रुपैया मोरु थियो ।
धरान पुग्दा छातीर उचाई जाँचेर बसेका पन्ध्र युवक भेला भयौ । सबै पहाडको धनकुटा, भोजपुर, इलाम जिल्लाका व्यक्ति थिए । एक रात धरानमा बिताईयो । इटहरी हुँदै भालि पल्ट हामी जोगवनी पुगेर रेल चढने भयौ । कलकता जानु पर्दछ भन्ने सूचना मात्र हामीले पाएका थियौ । जोगवनी आए पछि एक जना गोरा नाक भेटिए । त्यस बेला जोगवनीबाट कलकत्तासम्म वार पार रेल सेवा थिएन । बीच बाटोमा पैदल पनि हिडन पर्दथियो । बाटोमा बस, ट्रक पनि चढियो ।
कलकता पुगेर हामी, केही समय त्यही बस्यौ । केही दिन हाम्रो तालिम भयो । एक जना गोरा साहेव र एक जना भारतीय कल्साउदा व्यक्ति थिए र अरु केही व्यक्ति नेपाली भनौ गौररवम्ती थिए । तेस्रो तहका हाकिम त्यहाँ कडा अनुशासन पालना गर्नु पर्दथियो ।
आफूभन्दा माथिका हाकिमले हप्काउदापनि जवाफ फर्काउन पाइदैन थियो । गोरा हाकिम साहेवले र त्यो भारतीय हाकिम त्यति शुद्ध र फोहोरी गाली गर्दैनथे । तर गोर्खाली जो कमाण्डर थिए उनी मनपरी गाली गर्दथे फोहोरी शब्द । आमा, दिदी, वहिनी र वश्यासँग जोडेर फोहोरी गाली गर्दा उनीहरू आफूलाई शक्तिशाली पुरुषार्थ सम्झन्थे ।
तोकेको क्याम्पमा कसरी बस्ने, हाकिमसँग कसरी अनुशासित भएर, बस्ने आफ्ना कुरा राख्ने, पाइला मिलाएर कसरी हिडने बन्दुक हातमा कसरी लिने, काधमा कसरी राख्ने, हतियार दुश्मनको विरुद्ध कसरी प्रयोग गर्ने, गराउने आदि शिक्षा दिइयो ।
बन्दुक काँधमा परेपछि, दुश्मनलाई देख्ने वितिकै हान्नु, पछि फर्केर नहेर्नु, लाश टेक्नु परे पनि टेक्नु, अगाडि बढनु, घाइते भएर पानी पानी भनेर कुनै सिपाही करायो भने पनि उसलाई पानी पिलानतिर न लाग्नु लडने लडदछ मर्ने मर्दछ, तिनीहरुको सरकारले गोराको देशमा तिनीहरुलाई मर्ने चढाएको हो । संयोगले केही व्यक्ति बाँचेर जान राम्रै हुन्छ । तिमीहरुको कारणले हामीले युद्ध जित्यौ भने, पछि तिमीहरुलाई र तिम्रो देशलाई केही सहयोग गरौला भनेर आदेश जारी गर्दथे ।
गाठीमा यात्रा गर्दै गर्दा मन काल्यियो गाउँ सम्झ, यहाँका नदीनाला, खोलाधारी, डाडो र तेस्रो बाटो, बारीका कान्ला, खेती कमाई गएको दृश्य याद आयो । बाँउका साथीसँग पराल र धानका बोरा बोकेको सम्झना भयो । गाई बाख्रा हेर्न जाँदा गाउँका छिमेकी युवतीसँग हात हालेर चलेको, जिस्किएको कुति कुति लगाएको, भूडीको छाला तानेको ९ र ५ गट्टा मिलेर खेलेको दृश्य आँखासामु आए । यदि कुनै दिन बन्दुकको महुरीमा परियो भने यो गाउँ फर्कन पाइने छैन भन्ने भुतले सतायो ।
लहानबाट हिडेको २१ औ दिनमा हातमा बन्दुक थमाइयो । अब आफ्नो गाउँ नातागोता परिवारका सदस्यलाई सम्झनुको अर्थ थिएन । मनलाई शान्त पार्न मात्र सम्झन सकिन्थ्यो ।
अमेरिका, जापान, बेलायत, फ्रान्स त्यति बेला शक्तिशाली देश थिए । हामी बेलायतका तर्फबाट लडेका थियौ । युद्धमोर्चामा जाने समयमा भनिन्थ्यो । तिमीहरू मरेर नेपाल देशलाई केही नोक्सान हुदैन । बेलायतले हार्नु भएन, यस्ता वचन सुन्दा रिगटा लाग्द थियो । तर के गर्न आइ हालियो भनेर चित्त बुझाउदथियौ । हामी प्रति त्यहाँ पशुवत व्यवहार गरिन्थ्यो । कैयौ लडाकु सेनाका हात काटिएका थिए । मुटु छेडिएका थिए । उनी पानी पानी भनेर कराउँदथे । कसैले पानी दिँदा थियो । हात गोडाका रोएका व्यक्तिअयाआत्था भनेर कराएको सुनिन्थ्यो । शरीरबाट रगत बगेको देखिन्थ्यो । कोही दवाई लगाई दिने सहयोगी दयालु व्यक्तिको उपस्थित हुदैन थियो । तिमीहरुका चित्कार सुनेर मन पघलन थियो, दया माया गर्ने ठाउँ थिएन ।
दुश्मन मार्न गोली हान्न नै कर्तव्य मानिन्थ्यो । अमेरिकाले जापानको हिरोशिमा, नागासाकी शहरमा वम बारी गरेर नरसंहार गरेपछि नेताहरुल कता कता कुरा मिलाए युद्ध रोकियो । हामीले थाहा पाएको यही हो । चारैतिर हाहाकार क्रुर मच्चिए जस्तो भएको थियो । सबतिर निराशा फैलिएको थियो । त्यो नरसंहार पछि सबैका गोडा काम्न थालेका थिए । सिपाहीहरू डरले थर्कमान भएको अनुभव गरिएको थियो ।
तम्बुमा बसाइएको थियो हामीलाई । लडाइँबाट फर्केपछि आराम गर्ने सुरक्षित ठाउँ यही हुन्थ्यो हाम्रो ओडने ओछ्याउने प्रशस्त पाइएका थिए । टेबुलमा बसेर खाना खाइन्थ्यो । चम्चाले खान सिकिएको थियो । खानाम नियमित जस्तै मासु नै आउदै थियो । दाल तरकारी सामान्य हुन्थे । प्याक गरेको मासु के को हुन्थ्यो कहाँबाट आउदथ्यो पत्ता थिएन । राँगा, भैसी, उँट, सुगुर, गाई आदि ।
मेरी आमा मखिरी देवीले मलाई छोरा भनेर त जन्माइन, तर म भई दिएँ, लाहुरे । फर्केर आमाको मुख हेर्न पाउँदछु, पाउँदिन भन्ने चिन्ताले पिरोलिएको थियो । सपना गाउँ घुमेको देख्दथे ।
तम्बुमा बसाइएको शैनिकको लागि, हप्तामा एक पल्ट काला अनुहारका मोटा, तल्लो ओठ फर्केका स्नान गरेर शरीर सफा गरेका भए पनि शरीर हसक्क गन्हाए जस्तो लाग्ने शरीरमा दलेको अन्तरले प्रभाव पार्ने सकेवा, कालो शरीर भएका नाक फलेका आइमाई झिकाइन्थे । तीन धारा साम एक जना शैनिकसँग रमाइलो गर्ने समय पाउदथे उनीहरू । तीन धारा भित्र जे गर्न मन लाग्छ, जसरी मन लाग्दछ, मन बहलाउन सकिन्छ । त्यसैगरी मनोरञ्जन गर्ने छुट या स्वतन्त्रता दिइएको हुन्थ्यो । ती आइमाई पनि ठिक परेर आएका हुन्थे । ती आइमाईको ज्याला उतैबाट दिइएको हुन्थ्यो ।
म गतिलो र आकर्षक शरीर भएको खाइ लाग्दो व्यक्ति थिए । अंग्रेजहरू मेरो शरीर र आनीवानी देखेर लोभिन्थे । म कामको दौरानमा उनीहरुको प्यारो भएको थिए ।
दोस्रो विश्व युद्ध समाप्त भए पछिको छोटो समयमा पछि, भारतबाट अंग्रेजहरू बिदा भए । भारत स्वतन्त्र भयो रे, आफ्नै देशका नागरिकले शासन गर्ने भए रे । त्यही बेला अंग्रेजले नै विशाल भारतलाई विभाजित गरेर पाकिस्तान बनाई बिउके रे भन्दथे । भारतीयहरू चै रिसले आयो भएका थिए । बजारमा सामान किन्न जादा भारतीय मान्छे रिसाएर पाकिस्तानको विरोधमा बोलेको सुनिन्थ्यो ।
ब्रिटिशले भारत छाडेर बेलायत फर्केपछि अंग्रेज नियन्त्रित रहेका १८ गोर्खा बटालियन बाँडफाँड गरिए । कोही भारतमा बसाइए, कोही बेलायत पठाइए । म कार्यरत बटालियन भारत पाकिस्तानको सिमानामा राखिएको थियो त्यसबोल सिमानामा कडा प्रशासन थियो । त्यही बेला म तिघ्रामा चोट लागेर केही दिन विरामी परेर अस्पताल बसे । दोस्रो वर्ष म घर फर्केर बिदामा आए ।
म बिदामा घर आउँदा पेन्सनको अधिकारिक निर्णय भएको थियो । एक वर्ष बिदामा घर बसेर पुन दिल्ली पुगे । काममा लागे । वातावरण वदलिएको थियो । घाउ चोट लागेका व्यक्तिलाई छिटै पेन्सनदिने नियम बनेछ । जानकारी पाए । केही साथी बाँकी तलब र पेन्सन बुझेर पेन्सन पटटा बनाउन लागेका थिए । त्यही सिकोमा मैले पनि पेन्सन पटटा बनाएँ । पेन्सन पटटा बनाएर उही दिनमा घर फर्के । भारत नेपालको सिमानाको शहर जयनगरमा पेन्सन थाप्ने निधो गरियो ।
नेपालमा त्यस बेला राणा शासक विरुद्ध आन्दोलन चल्दै थियो । साना अक्षरका पर्चा छापेर गाउँमा वितरण गर्दै थिए । पर्चा छाप्न पैसा पनि दिदै थिए मैले ।
सुर देवता आरामको खोपीमा जाने तयारीमा थिए । किरण पहेले देखिदै थियो । लाहुरे काकालाई रुघन आउने व्यक्तिहरू थपिदै थिए । सीताराम र मैले नर बहादुर दाइसँग घर जाने बिदा माग्यौ । नरेम्पा काकालाई हात जोडेर नमस्कार गर्दै बिदा मागे घर जान्छौ भने ।
बुढाले आँखा भरी आँशु पारेरआज यही वस रात पर्यो भनेर बिदा दिन मानेनन ।
नरवहादुर दाइ र भाउजूले पनि यही वस्ने आग्रह गरे । म अलमलमापरे । के गरौ भए । सीताराम बलेसीमा उभिएका थिए ।
साँझमा विरामी रुघन आउनेहरू थपिदै थिए । भात पाकेको थियो । गाउँका दुइटी महिला आएर सुक्क सुक्क गरेर आशु झारे। आदान लगाए, नाता गोताका व्यक्ति होलान ।
फागुनका दिन साँझमा चिसो हावाले एक पल्ट हान्यो । कान चिसा भए ।
कर्ण जंग काका ओडने ओडेर सुत्नुभएको थियो । आडने फालेर जुरुक्क उठे । माइली भाउजूलाई बोलाए पानी मागे, माइलो छोराले पानीपिलाई दिए । अब्यास लाग्दो पाराले लाहुरे बुढाले नबुझिने भाषामा केही शब्द बरबराए । बुढाका निधारमा चिर चिर पसिना देखिए ।
बुढाको कार्यालय कहिल्यै बन्द हुदैन ।
बुढाले अतिशले भने “मलाई लिन मान्छे आएर गोडा मुनि बसेका छन् । मलाई नछोड” लामो सास तानेर मुख वाएका थिए ।
बुढाले नब्बे हिउद पुग्न आटदा यो विशाल धरतीबाट बिदा लिए । पूरै गाउँ शोकमा डुब्यो ।
समाप्तम् !!!
– राममणि पोखरेल
