सूचना/समाचार/बहस
“नेपाली साहित्यमा हङ्कङको योगदान” शोधपत्रमा विमर्श
देश सुब्बा, हङकङ ।
नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा “नेपाली साहित्यमा हङ्कङको योगदान” त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्ष दसौँ पत्रको प्रयोजनका लागि शोधार्थी दीपक सुवेदीले तयार पारेको शोधपत्रमाथि आज सनराइज पत्रिकाको कार्यालय जोर्डनमा विमर्श कार्यक्रम सम्पन्न भयो ।
नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत प्रतिष्ठानका सदस्य डिबी पालुङवा, शोधपत्रबारे संक्षिप्त जानकारी सचिव देश सुब्बाले गराएका थिए । उनले नेपाल र भारत पछि हङकङको नेपाली साहित्यबारेमा यो पहिलो शोधपत्र भएको र हङकङको साहित्य बारेमा डा.गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट बि.ए.को तेस्रो वर्षो ऐच्छिक नेपालीमा पढाइ हुने कुरा पनि जानकारी गराए ।
मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)
साहित्य समाजको दर्पण हो । साहित्यले बिगतको मूल्यांकन मात्र गर्दैन वर्तमानको समीक्षा गर्दै भविष्यको खाका पनि कोर्छ । … साहित्य लेख्न रहरले मात्र पुग्दैन ।
हाइकु बास्तवमैं बेजोड हुन्छ । वर्तमान व्यस्तताको युगमा कम शब्दको प्रयोगमा धेरै भाव प्रकट गर्न सक्ने र आवस्यकता अनुसार चोटिलो ब्यङ्य समेत हान्न सक्ने सामर्थ्य राख्छ हाइकुले ।
केही महिना अगाडि मात्रै जापान कै एउटा टेलिभिजन मार्फत मेरो हाइकुहरू प्रसारण भएको थियो । जसमा कोरिया, उज्वेकिस्तान, टर्की लगायतका देशका हाइकु कविहरूको समेत सहभागिता रहेको थियो ।
मेरो मेहनेत र लेखनको स्तरलाई मूल्यांकन गरेर पाठकहरूले जुन स्थानमा राख्नु हुन्छ, अबको ५-१० वर्षपछि म त्यहीं हुनेछु । साहित्य यस्तो क्षेत्र हो जहाँ अपेक्षा कम राखेर मेहनेत धेरै गर्नुपर्छ हल्ला गर्नेभन्दा काम गर्ने कुरामा मेरो बिस्वास छ ।
सुरुका दिनबाट नै मझेरीलाई नजिकबाट हेर्ने अवसर पाइरहेको छु । छोटो समयमा नै मझेरीले ठुलो फड्को मारेको छ । … पाठकको रुचि र चाहना बुझेर अगाडि बढेको अवस्थामा मझेरीले अझै लोकप्रियता प्राप्त गर्न सक्छ । स्तरीयतालाई मध्य-नजर गर्दै नवसर्जक सहितलाई समेट्न सक्नुपर्छ । आधुनिक प्रबिधिको युगमा नयाँ-नयाँ प्रबिधिको उपायोग गर्दै पाठकहरूलाई सक्दो सुबिधा प्रदान गरी आफूतिर आकर्शित गर्न सक्नु पर्छ ।
सबैले साहित्यिक पत्रिका किनेर पढ्ने बानी बसालौं ।विश्वको जुन सुकै कुनामा रहे पनि हामी नेपाली हौ भन्ने भावना नबिर्सौ ।
—प्रकाश पौडेल माइला
प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्यतामा अनेसास जापानको साहित्य शृंखलामा हुने
प्रकाश पौडेल माइला
टोकियो जापान ।
२५ सेप्टेम्बर, २०१०।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नियमित साहित्य शृंखला अन्तर्गत यही सेप्टेम्बर २९ तारिख बुधबारको दिनमा एक साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आयोजक संस्थाका महासचिब पुस्करजंग थापाद्वारा जारी विज्ञप्ति अनुसार, कार्यक्रम टोकियो शहरको सिन-ओकुबो स्थित नेपाली खाजा घरको सभाकक्षमा हुनेछ।
मझेरी भलाकुसारी, अंक ०५ (सुषमा मानन्धर)
साहित्य मेरो लागि एउटा भोगाई हो । … सुख दुःखका अनुभवहरू, इच्छा, सपना र कल्पनाहरू शब्दमा उनिएर साहित्य बन्छ । साहित्य मेरो लागि नशा पनि हो ।
विशुद्ध साहित्यिक पत्रिकाहरूको संख्या बढाउने, ईपत्रिकाहरू चलाउने, पाठक क्लबहरूको स्थापना र पाठकहरूको पनि रुचिलाई ध्यानमा राखेर लेखकहरूले केही कम्प्रोमाइज गरी लेख्ने गरिए साहित्यको मार्केट बढ्थ्यो कि !
पाठक प्रतिकृया मेरो लागि ठूलो निधि हो । आफ्नो लागि आउने प्रतिकृयाको मलाई असाध्यै चासो रहन्छ । रचना प्रकाशनपछि प्रतिकृया आउने हो वा हैन कस्तो आउने हो भन्ने डर र कौतुहल दुवै रहन्छ ।
(हाल) लेखक-पाठक वीचको दूरी टाढा नभए पनि नजिक पनि छैन । लेख रचना पढियो, राम्रो लाग्यो/लागेन, के कस्ता कमी छन्, भन्ने जानकारी हामी लेखक समक्ष पुर्याउँदैनौं, जसले गर्दा लेखकले आफ्नो लेखाइमा भएका त्रुटीलाई सुधार्न पाउँदैन । … पाठकहरूले पस्किएका रचनाहरू पढेपछि लेखकलाई आफ्नो धारणा बताउने र लेखकहरूले पनि तिनलाई उचित सम्मानसाथ लागु गर्ने हो भने दूरी नजिक भैहाल्छ नि ।
लेखक जिउँदो पाठककै कारणले हुन्छ । यदि पाठकहरूले नै अस्वीकार गरे लेखकको के अस्तित्व र औचित्य ? त्यसैले जति बढी पाठक छन्, त्यति नै लेखक सफल हुन्छन् । अतः आदरणीय पाठकहरू तपाईंहरूले कुनै पनि रचना पढेपछि राम्रो-नराम्रोको सही प्रतिकृया गरेर लेखकलाई दिशानिर्देश गरिदिनु भयो भने लेखाइहरू फिल्टर हुँदै जान्छन् र समाजले स्तरीय साहित्य पाउन सक्छ ।
सबैले लेख्छन्, तर लेख्न सजिलो छैन । … मझेरीका लेखक र पाठक मित्रहरू एक अर्काको शुभचिन्तक बनेर एक अर्कालाई सहयोग गरौं । राम्रो साहित्यको लागि हामीलाई लेखक र पाठक दुवै चाहिन्छ ।
—सुषमा मानन्धर
‘एक झुल्को घाम अर्लेर सडकमा’ कवितासङ्ह विमोचन
पोखरा कास्की।
२ गते शनिवार असोज २०६७ ।
नेपाली साहित्याकाशको क्षेत्रमा मोफसलतिर उभिएर हेर्ने हो भने पोखराक्षेत्रलाई पनि नेपाली साहित्यको उर्वराभूमिको सूचिको अग्रपङ्तिमा नाम लेख्न जोकोहीले पनि हातकमाउन पर्ने स्थिति छैन । किन भने यो क्षेत्रमा मासिक सरदर ३ देखी ५ वटासम्म विविध साहित्यिक कार्यक्रमहरू हुने गरेको पाईन्छ ।
यसै सन्दर्भमा माथि उल्लेख भएकै मितिमा पोखरेली युवा सांस्कृति परिवारको आयोजनामा पोखरा नदीपुर स्थित बालमन्दिरको प्रेक्षालयमा कवि एवम् गीतकार श्री सरस्वती श्रेष्ठ सरुको दोस्रो कृति “एक झुल्को घाम अर्लेर सडकमा” नामक कवितासङ्ह विमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो ।
तीन संस्थाको आयोजनामा मोतीजयन्ती सम्पन्न
भाद्र २४, २०६७।
चितवन।
युवाकवि मोतीराम भट्टको सम्झनामा १४५ औँ मोती जयन्ती मनाउने क्रम गजलनगरी चितवनमा दिनानुदिन बढ्दै गइरहेको छ । यसै सन्दर्भमा २०६७ भाद्र २३ गते परेको कुशे औँशीको शुभअवसर पारेर चितवन साहित्य परिषद नारायणी कलामन्दिर र अभिव्यञ्जना साहित्य प्रतिष्ठान समेत तीन संस्थाको संयुक्त आयोजनामा युवाकवि मोतीराम भट्टका जीवनी एवम् गजल वाचन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

कालिका एफ्एम परिसरमा १४५ औँ मोतीजयन्तीको धमका
नेपाल कै गजलनगरी चितवनमा युवाकवी मोतीराम भट्टको सम्झनामा १४५ औँ मोतजयन्ती मनाउने क्रम बढ्दो छ । मिति २०६७ भाद्र २३ गते परेको कुशेऔँशीको शुभअवसर पारेर भरतपुर चितवन स्थित कालिका एफ् एम्ले आफ्नै परिस भित्र तामझामका साथमा कालिका एफ् एम् की स्टेशन मैनेजर श्री रिना गुरुङको अध्यक्षता र वरिष्ठ गजलकार श्री ज्ञानुवाकर पौडेलकॊ प्रमुख आतिथ्यतामा युवाकवि मोतीराम भट्टका जीवनी सम्बन्धित विभिन्न आलेखहरु प्रस्तुत गर्नुका साथै गजल वाचन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

मझेरी भलाकुसारी, अंक ०४ (तीर्थ “यात्री” पौडेल)
गजलको बाढी ल्याउँछु मेची अनि कोशी जस्तो
सदाबहार सुसाउने अटुट त्यो रोशी जस्तो
साहित्य समाजको दर्पण हो, अँध्यारोको जून हो, जसले समाजलाई सही बाटो देखाउँछ । जसले समाज परिवर्तनका कुरा लेख्छ, बोल्छ तिनै लेखक, त्यस्तै पुस्तक म मन पराउँछु ।
सरकारी तहबाट साहित्यमा आशा गर्ने ठाउँ छैन । मरेपछि मात्र सम्मान गर्ने आडम्बर छ शासकहरूमा । जनताका पीर व्याथा लेख्ने जनताका लेखक भनाउदाहरू (…ले) नेपाली साहित्यको क्षेत्रमा सिन्को भाँचेनन् भने अरु कसले गर्ने साहित्यको संरक्षण ? सर्जक र पाठक बाहेक ।
बिदेशमा बसे पनि देशलाई मुटुमा राखेको छु, देशले खप्नु परेको अनेक बिपत्तीमा म रोएको छु । महंगीले सगरमाथा छुँदा म केचना भएर पीडा भोग्दै छु, म जहाँ भए पनि नेपाल आमाको हर पीडामा म रुने गरेको छु । राष्ट्रघातीहरूले देश छिया-छिया हुने गरी लुछेका छन् । देशमा भएको भए मलमपट्टी गंर्थे होला ।
मझेरी भनेको एउटा साहित्यको समुद्र हो जस्तो लाग्छ । यसमा सानो खोल्सीदेखि नदीहरू पनि आएर मिसिएका छन् ।
म मझेरीको लेखकको हैसियतले सम्पूर्ण पाठकहरूलाई मझेरीलाई माया गर्न अनुरोध गर्दछु। साथै मझेरीमा प्रकाशित रचना पढेर सही प्रतिक्रिया दिनु होला ।
–तीर्थ “यात्री” पौडेल
१४५औँ मोती जयन्ती मनाउँदै पलेटीमा गजल
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।
यी सानै उमेर् देखि मन हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।
सुनकी चरी गुनकेशरी सुनले भरी मन केगरी
सुनका दरी अघिकै सरी सुन वन्बिषे कसरी धरी ।
नेपाली गजलका अमर नक्षेत्र युवाकवि मोतीराम भट्टको १४५ औँ जयन्तीको पावन अवसर पारेर मिति २०६७ भाद्र १८ गते शुक्रबार साँझ उहाँकै शेरहरूबाट सम्झनास्वरुप श्रद्धासुमन अर्पण गर्दै महाँकालेश्वर मन्दिर भरतपुरको हाताभित्र १४५ औँ जयन्ती कार्यक्रम सम्पन्न गरियो । अग्रगामी समाज नेपाल, नारायणगढ गजल मञ्च चितवन, हाम्रो मझेरी साहित्य प्रतिष्ठान र पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन समेत ४ वटा संस्थाहरू मिलेर संयुक्त रुपमा आयोजना गरेको “पलेटीमा गजल” नामक कार्यक्रमले चितवनको साहित्य जगतमा यौटा छुट्टै नयाँ आयाम र रौनकता प्रदान गरेको छ ।
कतारमा आयोजित १४५ औं मोती जयन्ती गजलमय
दोहा, कतार।
“भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान ” भन्ने मुलनाराका साथ स्थापित नवोदित साहित्यिक मोवाइल पुस्तकालयले १४५ औं मोतीजयन्ती समारोह सम्पन्न गरेको छ ।
“आमा भन्छिन फर्क बाबु अति भयो अत्याचार
बाबा रुदै भन्नुहुन्छ फेरी उठाऊ हतियार”
लक्ष्मण संकल्पका यिनै गजलका शेरहरूबाट सुरुभएको गजल वाचन ।
“खाली छ मनको डेरा बसाई सरे हुन्छ
तिम्रो लागि खुला सधै लुकामारी गरे हुन्छ”
कहिले माया प्रमेका गजल ।
“कहिले फड्को मार्ला देशले छैन आशा भनु भने
बन्छ बन्न् संविधान छ सौं एक छन गनु भने ”
कहिले देशमा बन्न नसकेको संविधान साथै राष्ट्रिय भावले ओतप्रोत गजल ।
“यसपालीको दशै तिहार घर आउन पाइन आमा
खाली रह्यो निधार नि सजाउन पाइन आमा”
प्रवासमा चाडवाड आउँदा हुने पीडाहरू गजलमार्फत पस्केका थिए श्रष्ट्राहरूले ।
एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
भाद्र १० गते विहिवर २०६७।
देवघाट चितवन ।
साहित्य र स्रष्टाको सम्मान गरौँ भन्ने नाराका साथमा पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले राष्ट्रिय स्तरका वाङ्मयसेवी स्रष्टाहरुलाई सम्मान एवम् पुरस्कार वितरण कृतिविमोचन तथा रचनापाठ गर्ने कार्यक्रमको आयोजना गरेको थियो ।
वरिष्ठ साहित्यकार टीकाप्रसाद लामिछानेको अध्यक्षतामा र वरिष्ठ कवि एवम् छन्दनायक माधव वियोगीज्यूको प्रमुख आथित्यतामा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खेसाइँलो स्वयम्ले कार्यक्रम साचालन गर्नु भएको थियो । यसरी अत्यन्त उल्लाहासपूर्ण वातावरणमा चलेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी धनकुटा हालः धरान सुनसरी वरिष्ठ कवि एवम् साहित्यकार उज्ज्वल जि.सी. थान्सिङ नुवाकोट हालः काठमाडौँ वरिष्ठ साहित्यकार देवीप्रसाद रेग्मी वनबासी वालिङ न. पा.- ७ स्याङ्जा वरिष्ठ साहित्यकार एवम् स्तम्भकार जयदेव भट्टराई वटु काठमाडौँ समेत ४ जनालाई फूलमाला दोसल्ला सहित ताम्रपात्रमा पल्लव साहित्य सम्मान – २०६७ समर्पण गरिएको छ भने पुरस्कारतर्फ दुल्लभ लामिछाने स्मृति पुरस्कार एवम् पल्लव साहित्य सम्मान-२०६७ वरिष्ठ साहित्यकार प्रा.डा. नारायणप्रसाद खनाल भरतपुर-५ चितवन गङ्गा भद्रशीला स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ साहित्यकार रमा शर्मा का.म.न.पा- १५ डल्लु काठमाडौँ भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ लोक-साहित्यकार विश्वप्रेम अधिकारी पुतलीबजार न.पा. १२ स्याङ्जा बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ कवि एवम् साहित्यकार दीपक सोती पिठौली नवलपरासी धनवाणी युवासाहित्य पुरस्कार एवम् पल्लव सम्मान-२०६७ जागरुक युवा साहित्यकार कल्पना काफ्ले धनुकुटा हालः चन्द्रगढी झापा लाई प्रदान गरिएको थियो । आदर्णीय वरिष्ठ साहित्यकार नवराज सुब्बालाई गतसाल पल्लव सम्मान-२०६६ द्वारा सम्मान गरिको थियो । उहाँको व्यस्तताले गतसाल कार्यक्रममा उपस्थित हुन सक्नु भएन तसर्थ उहाँलाई सम्मान गरेको फुलमाला दोसल्ला र ताम्रपत्रमा लेखिएको सम्मानपत्र पनि यही कार्यक्रममा हस्तान्त्रण गरिने छ ।
अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
शनिवार, भाद्र ५, २०६७ ।
भरतपुर, चितवन।
भरतपुर स्थित महाकालेश्वर शिव मन्दिरमा अक्षर समूहले आफ्नो पाचौँ श्रृङ्खलामा स्थानीय गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । यसरी चल्ने यो कार्यक्रममा एक जना साहित्यकारका १ दर्जन रचना वाचन गरे पछि सोही रचनामाथि सबै उपस्थित स्रष्टाहरुले आ-आफ्ना धारण-दृष्टिकोणहरु प्रस्तुत गर्ने गरिन्छ ।
सोही अनुरुप आज गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचनमा वाचन भएका १ दर्जन गजलमाथिको टीका टिप्पणीका साथै, केही दिन अगाडिमात्रै प्रकाशनमा आएको उहाँकै “यो अचम्म भो” नामक गजलसङ्ग्रका बारेमा टीका टिप्पणी एवम् समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरियो।

मझेरी भलाकुसारी, अंक ०३ (आचार्य प्रभा)
साहित्यले समाज, देशलाई निस्वार्थ आँखाले हेर्दछ । साहित्यको परिभाषा सधैं अपूर्ण नै हुन्छ । हामीले यसको पूर्ण परिभाषा दिनलाई अझै यसको तलाउमा पौडन जान्नु पर्दछ ।
म हरपललाई सही सदुपयोग गर्न चाहन्छु । त्यसैले म फुर्सदमा सृजना नै गर्छु । मलाई ब्यर्थमा समय नष्ट गर्नु जत्तिको नमीठो केही लाग्दैन । सम्झनु होस् हर समय फुर्सद र परिवेश, बातावरण अनुसार म कलमसँगै खेलिरहेकी हुन्छु ।
(मझेरी) मलाई स्तरीय नै लाग्छ । … यो साहित्यिक मनहरूको चौतारी बनिरहोस् । प्रभावकारी बनाउँन रचनाहरूको स्तरीयतामा ध्यान दिने, अरु स्तम्भहरू थप्ने जुन कुराले पाठकहरू आकर्षित होउन् ।
सबैको सहयोगले नै कसैको पनि उद्देश्य र काम सफल बन्छ । मझेरी पनि यस्तै सहयोगको अपेक्षामा बाँचेको छ । नेपाली साहित्यलाई माया गरेर उभिएको यो मझेरी हामी सबैको चौतारी हो । यस्लाई नबिर्सौं । उत्साह र हौशला दिऊँ । यस्लाई स्तरीयतातिर लैजान स्तरीय रचनाहरू प्रेषित गरौँ ।
नेपाली साहित्य/ गीत/ संगीतलाई माया गरौँ । जहाँ छरिएर हामी नेपाली रहे पनि एकार्कामा सद्भाव बाँडौँ । … देशलाई माया नमारौँ । बिभिन्न वेब साइट नेपाली पत्रिकाहरू पढ्ने बानी बसालौँ ।
–आचार्य प्रभा
नवोदित साहित्यिक मोवाइल पुस्तकालय दर्ता, अध्यक्षमा बद्रीप्रसाद पराजुली
राजेश्वर ढकाल
दोहा, कतार।
भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुलनाराका अगाडी बढेको नवोदित साहित्यिक मोवाइल पुस्तकालयले गत आइतबार अक्टोबर १५ ताखिकका दिन विधिवत रुपमा दर्ता गरेको छ । डायास्पोरामा साहित्यप्रति जागरुक जनमानसको रुचि र माग बमोजिम साहित्य कला र अन्य विविध विधासँग सम्बन्धित पुस्तकहरू उपलब्ध गराई साहित्यिक तिर्खा मेटाउँदै नेपाली भाषा, संस्कृति र साहित्यलाई मात्र हैन नेपाल राष्ट्रलाई नै बिश्व मानचित्रमा चिनाउँन प्रयासरत यस मोवाइल पुस्तकालय २०६६ सालदेखि संचालनमा आएको थियो ।
ANMA/NASeA को सयुक्त सम्मलेनमा साहित्यिक कार्यक्रम बारे सूचना !!
पूर्व सूचना अनुसार आउँदो सेप्टेम्बर महिनाको ३ देखि ५ तारीख सम्म सम्पन्न हुन गैराखेको ANMA एवम NASeA को सयुक्त सम्मलेनमा अनेसासको तत्वाबधानमा भव्य प्रतियोगितात्मक कवि गोष्ठी तथा विविध साहित्यिक कार्यक्रम हुने कुराको सहर्ष जानकारी गराउदछौं । प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरूले समयमा नै आफ्नो कविताहरू निम्न ठेगानामा इमेल मार्फत पठाई दिनु हुन बिनम्र अनुरोध गर्दछौ । उक्त सम्मलेनमा स्वयं उपस्थित हुन असमर्थ हुने साहित्यिक श्रष्टाहरूले पनि आ-आफ्नो रचनाहरू पठाउनु भएमा कार्यक्रममा बाचन गरिने छ ।
जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
मिति २०६७ श्रावण ३१ गते
श्रीमान् कार्यालय प्रमुखज्यू
सम्पूर्ण प्रकाशन एवम् प्रसारण सम्बन्धित सङ्घ-संस्थाहरू ।
विषयः प्रेस विज्ञप्ती
यस जुनकिरी साहित्य समाज काभ्रेले आगामी भदौ १९ गते शनिबार का दिन राजधानि र मोफसलका सम्पुर्ण नया तथा पुराना साहित्यकारहरूको जमघट गराई चैतन्य बहुमुखी क्यामपस बनेपामा साहित्यिक भेला तथा खुल्ला रचना वाचन कार्यक्रम राखेको हुदा सम्पुर्ण साहित्यका साधकहरुलाई ऊक्त कार्यक्रममा आ-आफ्ना रचना सहित बिहान ठिक ११ बजे ऊक्त स्थानमा उपस्थित भैदिनुहुन हार्दिक आमन्त्रण गर्दछु।
पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना
मिति २०६७ श्रावण २६ गते
श्रीमान् कार्यालय प्रमुखज्यू
सम्पूर्ण प्रकाशन एवम् प्रसारण सम्बन्धित सङ्घ-संस्थाहरू ।
विषयः प्रेस विज्ञप्ती
यस पल्लव साहित्य प्रतिष्ठानले आगामी भदौ १० गते बिहीबार तदनुसार २६ अगस्त २०१० का दिन राष्ट्रियस्तरका वाङ्मयसेवी साहित्यकारहरूको उच्च मूल्याङ्न गरी उहाँहरूलाई सम्मान एवम् पुरस्कृत गर्ने र साहित्यिक पत्र-पत्रिकाहरू विमोचन तथा रचना वाचन गर्ने कार्यक्रम चितवनको देवघाटधामस्थित एन्आरएन् वृध्दाश्रमको प्रेक्षालयमा सम्पन्न गर्ने गरी आयोजना गरेको छ ।
मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)
शान्ति नै मेरो प्राप्तिको अनमोल अस्त्र हो। शान्तिमा फूल फुल्छ, अशान्तिमा ओइली झर्छ।
अर्यालको जयभोलिले सिकाएको दर्शनले गर्दा मलाई भविष्यमा कुनै लोभ छैन । म आज साँचो जीवन बाँचेर भोलि जिउँन चाहन्छु । आज नबाँची भोलि बाँच्ने चाहना राख्नु मूर्खतापूर्ण व्यवहार हो भन्ने मेरो ठहर छ। साहित्य (कलम)बाटै जसोतसो बाँचेको छु, बाँचिरहन्छु र मलाई लाग्छ म आज बाँच्न सकेँ भनेँ स्वतस्फुर्तरूपले भोलि जिउन पनि सक्छु ।
विल्कुलै प्रगतिन्नोमुख बाटोमा नेपाली साहित्य छ विश्व साहित्यसँग पौँठेजोरी खेल्ने हैसियत भइसकेको छ तर दुर्भाग्य भन्नुपर्छ कि मुखमा मस्तिष्क हुने नेताहरूको बाहुल्यताले कला, साहित्य धरासायी भएको छ ।
मानवीय जीवन नै नाटक हो। संसार रंगमञ्च हो हर घडी हामी अभिनय गरिरहेछौँ हामी जे गर्छौँ त्यसलाई हुवहु उतार्ने सक्षम र सजिलो विधा नाट्यविधा हो अन्य विधामा फूलबुट्टा धेरै चाहिन्छ फूलबुट्टाले सजाएको कृतिम रूपभन्दा प्राकृतिकताको कुरूप रूपको दर्शनाभिलाषी हुँ म ।
मझेरीले विशाल साहित्य भण्डारण गरेको देख्छु। शिष्ट र प्रगतिवादी विचार वर्णविन्यासीय कसीमा तौलेर मझेरीलाई सजाउँदै गए कोहीभन्दा कम हुन्न । राम्रो र हाम्रो मझेरी बनाउन इन्टरनेटको नाक मुख नदेखेका स्रष्टालाई पनि समेट्ने अभियान तीव्र पार्नुपर्छ।
देशलाई विक्री हुनबाट बचाउन बौद्धिक क्रान्तिमा सहभागी बनौँ काल मनधारीका कर्तुतको भण्डाफोर गरौँ। कलमबाट भा पनि नयाँ नेपाल बनाऔँ ।
-नन्दलाल आचार्य
