ANMA/NASeA को सयुक्त सम्मलेनमा साहित्यिक कार्यक्रम बारे सूचना !!

  • by


पूर्व सूचना अनुसार आउँदो सेप्टेम्बर महिनाको ३ देखि ५ तारीख सम्म सम्पन्न हुन गैराखेको ANMA एवम NASeA को सयुक्त सम्मलेनमा अनेसासको तत्वाबधानमा भव्य प्रतियोगितात्मक कवि गोष्ठी तथा विविध साहित्यिक कार्यक्रम हुने कुराको सहर्ष जानकारी गराउदछौं । प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरूले समयमा नै आफ्नो कविताहरू निम्न ठेगानामा इमेल मार्फत पठाई दिनु हुन बिनम्र अनुरोध गर्दछौ । उक्त सम्मलेनमा स्वयं उपस्थित हुन असमर्थ हुने साहित्यिक श्रष्टाहरूले पनि आ-आफ्नो रचनाहरू पठाउनु भएमा कार्यक्रममा बाचन गरिने छ ।

साहित्यिक कार्यक्रमबारे केहि बिस्तृत जानकारी:
१. कविता नेपाली भाषामा १५० शब्दमा नबढाई लेखिएको हुनुपर्नेछ ।
२. कविता कुनै पनि शिर्षकमा लेख्न सकिनेछ ।
३. प्रतियोगितामा सामेल हुनका लागि कवि स्वयं उपस्थित भै कविता बाचन गर्नुपर्नेछ ।
४. पुरस्कृत कविहरूलाई नगद पुरस्कार (प्रथम: १००.०० डलर, दोश्रा: ६०.०० डलर, तेश्रा: ५०.०० डलर र चौथा: ४०.०० डलर) सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
५. उक्त पुरस्कारको प्रयोजन डा. विश्वराज आचार्यले “अनेसास जनार्दन-लिला साहित्यिक पुरस्कार” का नामबाट गर्नुभएको छ ।

मिति: सेप्टेम्बर ४, २०१० शनिबार ।
समय: अपरान्ह ३ देखि ५ बजे
स्थान: Hilton Hotel
369 West Vine Street
Lexington-Fayette, KY
संपर्क:
१. शेखर ढुंगेल (510-207-3791) Email: shekhar1962@gmail.com
२. नगेन्द्र न्यौपाने (919-468-1450 ) Email: nagensharma@gmail.com
३. राजेन्द्र खतिवडा (859-492-0200), KY, Email: rkhatiwada@aol.com
४. ज्ञानेन्द्र गदाल, (303-229-2039) Email: gadalg@hotmail.com
५. मुकेस सिंह, (614-370-9652) Email: mukeshsingh@hotmail.com
६. राजा घले, (404-447-8272) Email: rajaghale@aol.com
७. सुमन तिम्सिना, NRNA (610-209-6459) Email: nrnnacc@gmail.com

भवदीय,
शेखर ढुंगेल
संयोजक, अनेसास साहित्यिक समारोह, ANMA / NASeA संयुक्त सम्मेलन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *