Skip to content

रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित

20180610_PrakashPoudelMaila-News-01


काठमाडौँ ।
शनिबार, असार २३, २०७५

हाइकुकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ विमोचित भएको छ ।

गत असार २० गते बुधबारमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार रत्नशमशेर थापा, प्रा डा खगेन्द्रप्रसाद लुइटेल, दामोदर पुडासैनी र महेश पौडेलले संयुक्त रुपमा कृतिको विमोचन गरे । दर्जनौ हाइजिनहरुको उपस्थितिको भव्य समारोहको बीच कार्यक्रम सम्पन्न भएको थियो ।

विमोचित पुस्तक माथि समिक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए । यस्तै अर्का समालोचक दामोदर पुडासैनीले यो हाइकुसङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक सावित भएको बताए । वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र गहिराइ बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रुपमा आएको बताए ।

स्रष्टाहरू प्रकाश पौडेल ‘माइला’ र रामकुमार पाडेले मन्तव्य राख्दै यो कृति जन्मनुको सन्दर्भ बारे बोल्दै कृतिभित्रबाट केही हाइकु बाचन गरेका थिए । माइला बिगत १३ वर्षदेखि हाइकुको उदगम थलो जापानमै बसेर हाइकु बारे खोज र अनुसन्धानमा ब्यस्त छन् भने पाडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्त्व प्रदान गर्दै आएका छन् ।
कार्यक्रम कृति प्रकाशक एव म शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२६२ पृठ भएको उक्त पुस्तकको मूल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *