Skip to content

अमरको निर्दोष आँखा सार्वजनिक


मन न हो कहिले रुन्छ कहिले हाँस्छ दु:खमा दुख्ने पीडामा रुने आखिर मन नै रहेछ । आफ्नो भन्नेले साथ छोडेपछि रुनु मान्छेको जिन्दगिरहेछ । मनलाई काबू गर्न कोही रुन्छ कोही सेता खाली पानाहरूमा मनको भारी बिसाउने गर्छ र मनको भारी जब बिसाएर कोही आनन्दी महसुस गर्छन् ।

कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” पनि मनको भारी सधैं सधैं साहित्य सिर्जना गरेर हजारौं लाखौं पाठक माझ तीन दशकदेखि निरन्तर साहित्य सृजनामा लागि परेको छ । अमरकै सृजना देश बिदेश जताततै छरिएको देख्न पनि सकिन्छ र सबै गीत संगीत प्रेमीहरूले मन पराएको पनि छ ।

अन्जु पन्त, रिमा गुरुङ होडा, शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तीन दर्जनभन्दा बढी गायक/गायिकाहरूले अमरको रचनाको गीतहरूमा सुन्दरभन्दा सुन्दर आवाज समेत दिइसकेका छन् भने अहिले “निर्दोष यी आँखालाई आँसुले कति धोएँ, कसम तोडी जानेलाई भूल्न धेरै रोएँ” बोलको गीत बानिका प्रधानको स्वर, अविदको संगीत रहेको अमरको शब्द रहेको यो गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

भिडियो सरोज श्रेष्ठको निर्देशनमा कलाकार रेस्मा लामा र विकेश महर्जनको अभिनय रहेको छ ।

एक चोटी हेरेर नपुग्ने हेरिरहूँ सुनिरहूँ जस्तो लाग्ने यो गीत सुन्दा मन नै हराउने, गीत गाउँदा गायिका स्वयं शब्दमा हराएको भान हुन्छ र गीत सुन्नेहरू पनि शब्दमा हराउने यस गीतको इडिटिङ्ग माधवको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *