‘‘के भयो राजु ! किन रुदैछौं ?’’

‘‘आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।’’

‘‘किन ?’’

‘‘आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी थिइन् र मैले स्कूलको फिस माग्दा त मलाई पनि पिट्नु भो ।’’

‘‘हत्तेरीका ! यसमा रुनुपर्ने कुरा के छ र ! तिम्रो फिस म तिरिदिउँला’’ उसका स–साना आँखामा मुस्कानका रेखाहरु दौड्न थाले ।

‘‘तर श्याम, तिमीले यत्ति धेरै पैसा कहाँबाट ल्याउँछौ ? तिम्रो बा पनि छैन ।’’

‘‘तिमी जान्दैनौ, मेरो आमा कति काम गर्नु हुन्छ ।’’

‘‘साँच्चै ! तिम्रो आमा के काम गर्नुहुन्छ ? बताउन, म पनि मेरो आमालाई त्यही गर्न भनुँला ।’’

‘‘थाहा छैन । तिमी आफ्नो बुबासँग सोध्नु नि उहाँ त हरेक दिन राति हाम्रो घरमा आउनु हुन्छ ।’’

मधुपर्क मंसीर प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *