Skip to content

घिमिरेका कृति विमोचन राष्ट्रकवि निवासमा


राष्ट्रकवि माधव प्रसाद घिमिरेले आफ्नै निवासमा यही चैत ७ गते शनिवार सर्जक रामजी घिमिरेका ‘‘हरायौ तिमी बिरानो देशमा’’ (गीतसङ्ग्रह) र ‘‘रामजी घिमिरेका १०१ गजलहरू’’ (गजलसङ्ग्रह) को एक कार्यक्रम बीच विमोचन गर्नुभयो ।

राष्ट्रकविले रामजी घिमिरेका गीतमा मनका गुमफन पाइएको र त्यसले तरङ्ग पैदा गर्न सफल भएको बताउनु भयो । अचेल गीतमा सङ्गीतको तारतम्य एवं समन्वयमा कमी पाएको समेत बताउँदै उहाँले एक सैनिक जवानले परिआएको बेला बन्दूकमात्र हैन, कलम पनि चलाउन जान्नु पर्दछ । रामजी सैनिक पनि भएकोले होला कलममार्फत् आफ्ना भावना र अनुभूतिहरूलाई शब्दले उनेर माला गाँस्न सिपालु पाइएको अभिव्यक्ति राख्नुभयो ।

सो कार्यक्रमको बीचमा रामजी घिमिरेका गीत, नारायण वलीको सङ्गित र सपनाश्रीको स्वरमा रहेको शीर्ष गीत ‘‘हरायौ तिमी बिरानो देशमा पिरती गाँसेर…….’’ पनि त्यहाँ श्रवण गराएको थियो । जसको मूल मर्म बुझेर एकक्षण सबैजना भावुक बनेका थिए । यसरी विदेशिनुको पीडालाई आत्मसात् गरेको आफूले पाइएको राष्ट्रकविले हाल अफगानिस्तानमा कार्यरत गीतकारको प्रशंसा गर्दै सुनाउनुभयो ।

कार्यक्रममा गीतकार एवं समालोचन प्रा‌‌‌‌‌‌‌‌‍ डा. कृष्णहरि बरालले गजल विषयमाथि समालेचकीय धारण राख्नुहुँदै गजलको समसामयिक र विषयमाथि प्रकाश पार्नुभएको थियो भने गतिकारद्वय किरण खरेल र रत्न शमशेर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । सूर्य रेग्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको निवन्धकार एवं सम्पादक श्रीओम श्रेष्ठ रोदनले सौहार्द्रपूर्ण वातावरणमा सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *