Skip to content

editor

YamBahadurBhujel

कोही मालिक कोही दास

कोही मालिक कोही दास हुनसक्छ ।
जसलाई हेप्छौ उही खास हुनसक्छ ॥

प्रेमको परीक्षा तिमीले फेल बनाए पनि,
जिन्दगीको परीक्षा मेरो पास हुनसक्छ ।

भाग्यमा होइन कर्ममा विश्वास छ मेरो,
तर असफल भएमा उपहास हुनसक्छ ।

सुन्तलाला ब्रोइ (तामाङ कथा)

‘लु एदा सुन्तला !’ माइली लुङगेलिसे सुन्तला चाबारि हृसि हाइरान ताना लाबा कोलाला ग्राम्बारि याफ्लासे फ्राङ ङ्ह्याना छेप्सि क्रिङजि, ‘दातेम म्ह्याङजिकि सुन्तलाला स्वाद ?’

कोलाला ग्राम्बारि छेप्बा थेला या सारि बाङसे व्यवासे थे फेद छोर्जि । तिल्मा ङ्यासे जामे किर्निमाया थेन सहनदा डान्सि क्रानाक्राना थे थेरिन बेहोस तासि गुर्बा मुबा ।

MeghRajDhakal

कलमै नरोक्ने

आए छ मेरो दिन जन्म मान्ने
बालेर बत्ती अँझ केक काट्ने
आओ रमाओ सुखमा रमाओ
खाएर नाँच्ने घर पो सजाओ ।

हो मुर्ख मान्छे किन लेख्छ आज ?
लाँए त लाँए सब माझ ताज
पैरेर हिंड्दा कति सभ्य बन्छु
नौला नयाँमा अँझ प्यार दिन्छु ।

अरुलाई जति श्राप बोले पनि

अरुलाई जति श्राप बोले पनि मुख त आफैसँग हुन्छ
अकुत भए नि बाँडिन्न आखिर सुख त आफैसँग हुन्छ
भन्नको लागि कसैसँग कुरा गरे बाँडिन्छ भन्छन्
तर कहिल्यै बाँडिंदैन किनकि दुख त आफैसँग हुन्छ

तिमी बहादुर र कान्छा मात्र हुनसक्यौ

साहुको ऋण तिरुला भन्ने शायद तिम्रो लक्ष्य थियो,
हुनसक्छ रमिते पाखाको कलिलो अनुहारसँग
प्रीति गाँस्ने योवनको रहर थियो,
नत्र एकलै लाहुरे भएर सपनाको महल सजाउने
तिम्रो मनको आकांक्षा थियो,
त्यही तिम्रो लक्ष्यहीन आकांक्षाले
सयपत्री र सुनखरी फुल्ने देउराली पाखा तिन्न सकेन,

लाटीको छोरो

हिजो साँझ बर्देवा महिलोले ठुट्टेबर मेलाबाट एउटी लाटी दमिनीलाई घिस्याएर घर ल्याएछ । बालीमा होक्से गाउँ भरिको लुगा सिलाउने झिल्के बर्देवाकी जोई च्याम्सी दमिनीले लालाबाला र आफू छँदा छँदै पोईले सौता ल्याएको देखेर घरमा रडाको मच्चाउन थाली ।

“थुक्क बाइफाले कुकुर्नी ! कोही मर्द नपाएर तँ मर्न नसकेकी लाटीले मेरो पोई देखिस पोइला मुन्टिन? तँ नकच्चरीको थुतुनोमा म अगुल्टोले झोसिदिऊँ ?”

विश्वबिध्वंसकारीको बिरोधमा

साउदी अरेबियाको मुजहद्दिन
ओसामा बिन-लादेन
र इराकका सद्दाम हुसेनलाई
खाडी मुलुकहरुको इन्धन उद्योगहरुमा
आफ्नो अधिकार जमाउन नपाएर
खेलाडी अमेरिकाले
लाख अरबौ डलर खर्चिएर
मृत्युडण्ड दिएर
अनि उनीहरुको सर्वनाश गर्यो।

कांको आमाइको दिन चर्या (धिमाल कविता)

का एलोङ डोकोता
कांको आमाइको जिवन कथा तिङ्खाँ
किया बाखोरको डाँकता ल्होसिखें
हस्यङ्फस्याङ पाकाताङ
र्हिमा, र्हिमाङभरि
खाजा चिको तयारिता जुटिका तिङ्खाँ
दिन न्हिसिन इस्काङ दैनिक दोहोरिखें
कांको आमाइको हरेकपल जिवन गाथा ।

20200226-NandaLalAcharya-Interview

लघुकथा लेख्न दिल, दिमाग र आत्मा एकैपल्ट घुलित हुनुपर्दछ – खेमराज पोखरेल

  • by

२०७६ साल माघ २८ गते लघुकथा कुनोको नवौँ वर्ष प्रवेशको दिन हो । नेपाली आख्यानमा चर्चित हुँदै गरेको लघुकथा प्रविधाका बारेमा विशेष दक्षता हासिल गर्नुभएका र अहिले पनि नेपाली लघुकथाको उन्नयनमा रातोदिन सक्रिय खेमराज पोखरेलका कथा, कविता, निबन्धबाहेक पाँच थान लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् ।

Read More »लघुकथा लेख्न दिल, दिमाग र आत्मा एकैपल्ट घुलित हुनुपर्दछ – खेमराज पोखरेल