Skip to content

editor

सिसाको भाडोको के काम

सिसाको भाडोको के काम जब फुटिसकेपछि
मायाको सम्बन्ध के अर्थ नाता टुटिसकेपछि
अन्त्यमा बेकार ठरिने रैछ बरै जिन्दगी यो
पल पलको जोसमा जवानी लुटिसकेपछि

(थाकुहाङ् मेरीङ्)

हाम्रो आँगन

मलाई बामे सरेर हिड्न सिकाउने,
हाम्रो आँगन,
ढुकुमुकु, डण्डिबियो, चोर-पुलिस खेल्दै
संघात र विघ्नवाधा छेक्न सिकाउने
हाम्रो आँगन,
क्षणभरमा मनमुटाव, क्षणभरमै कुटाकुट
क्षणभरमै मिल्न सिकाउने
यो हाम्रो आँगन।

विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि

परिचय– विश्वेश्वरप्रसाद कोइराला महाकाव्यका सिर्जनाकार हुनुहुन्छ कोशलराज पौड्याल । कोशलराज पौड्यालको जन्म २००३ साल भाद्र २६ गते छहरा गा.वि.स.वडा नं ५, मगाल, पाल्पामा भएको थियो । उहाँ पिता हुमलाल पौड्याल र माता हिमकला पौड्यालका सुपुत्र हुनुहुन्छ । शास्त्रीसम्मको अध्ययन गरेका कोशलको पेशा मा. वि. शिक्षण रहेको र हाल उहाँ निवृत्त हुनु भएको छ ।

कन्यादान

सरकारी जागिरे अनुपलाई जनसंख्याको तथ्यांक संकलकको रुपमा एउटा दुर्गम पहाडी गाउँपालिकामा खटाइन्छ । नवजागिरे अनुप रासनपानी सहितको कुम्लो–कुटुलो बोकेर कार्यक्षेत्रतिर हिँड्छ । अप्ठ्यारा कान्ला–कन्दराहरू छिचोल्दै ऊ हिँडेको तीन दिनपछि बल्ल आफ्नो गन्तव्यमा आइपुग्दा झमक्क साँझ पर्छ । थकित अनुप एउटा डाँडोमा बसेर डाँडामुनिको एउटा भिरालो पाखोमा अवस्थित गाउँतिर हेर्दै सुस्केरा हाल्छ । उसका थकित पाइलाहरू बिस्तारै त्यही गाउँतिर बढ्छन् । ऊ एउटा भित्रबाट टुकीको उज्यालो आइरहेको घरको दलिनमा पुगेर टक्क अडिन्छ ।

म कविता सुनाउन आएको होइन

हरेक दिन
म सामाजिक सन्झालमा आइरहन्छु
र केही कविता सुनाइरहन्छु

हरेक दिन
म अनलाइनमा आइरहन्छु
र केही कथा कहानीहरू पोस्टाइरहन्छु ।

SuyogAnupJha

सम्मानीय चिकित्सक

ज्यानको माया त्यागेको छै तिमीले
कोरोनाको सामना गर्दै छौ तिमीले

फैलाएर तिमी स्वार्थताको ज्योति
लुटाएर तिमी सेवाको मोती
गरेर तिमी अनेक उपकार
बाँडदैछौ अनमोल उपहार

निर्दागी

उसले भगवानको लामो तपस्या गर्यो । उसको कठोर तपस्या देखेर भगवान खुशी भयो र उसको अगाडि प्रकट भएर बोल्यो, ‘भन बाला ! तिमी के माग्न चाहन्छौ ?’

उसले खुशी हुँदै भन्यो, ‘हे ईश्वार ! म यो संसारमा सबैभन्दा सज्जन भएर बाँच्न चाहन्छु । म खोट बिनाको निर्दागी जीवन जिउन चाहन्छु ।’

तिमीले साथ छोड्यौ भने

तिमीले साथ छोड्यौ भने यो जीवन अब साँच्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म

हावामा उडाइदिन्छु देखेका ती सपनाहरू
धुकधुकीमा तिमीनै छौ त्यो मुटुलाई के गरुँ?
अरुसँग रमाएर यो जिन्दगीमा हाँस्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म

तारेख को जान्दछौँ ?

जन्मेका सब छन् त विश्वभरमा मान्छे र प्राणीहरू
बोक्छन् रे जगमा दुई किसिमका तारेख/मुद्याहरू
पैलोमा घर हो अदालत सधैँ तारेख यो तोक्दछ
अर्को हो घर–अस्पताल सबले रोगीहरू राख्दछ ।

दिन्छन् तारिख जो निसाप जजले उस्तै चिकित्सक भए
आफ्नै तारिख जो सनैसन गयो हेर्दै नहेर्ने भए
बुझ्थे लौ यदि यी भने जगतमा हिंसा किन बढ्दथो ?
रोकिन्थे अपराध वा खुनहरू, तारेख पो घट्दथो ।

20200319-PrakashParishkar-LekhakParichaya

शिक्षण, लेखन र पत्रकारिताका त्रिवेणी: पेशल गुरु

आज म यहाँ अक्षरका पुजारी त्यस्तै एकजना पुराना शिक्षकको कथा लेख्दै छु । मान्छेको जीवनको कुनै लेखाजोखा नै हुँदैन । जन्मियो एक ठाउँ । हुर्कियो अर्कै ठाउँ र कर्म गर्ने ठाउँ आफूले कहिल्यै नचिताएको पनि हुन सक्छ । यस्तै संयोग शिक्षक, साहित्यकार र पत्रकार पेशल आचार्यका जीवनमा समेत परेको छ ।

ह्वास्स ह्वासी गनाएको तिम्रो शरीर

साथी,
हिजआज तिमी धेरै गन्हाउन थालेछौ,
तिमी गन्हाएको देखेर
यहाँका वन-जंगलमा
चरा-चुरुङ्गीहरूले तिम्रो साउती गर्न थालेका छन्
तिमी गन्हाएको देखेर
यहाँका पाखा पखेरो र चियाबारीले पनि
तिमीलाई छि: छि: दूर दुर गर्दै छन्

अधिर अपूर्वानुभूतिहरू

कोमल कोपिला फूल बनेको प्रथमानुभूति
घरी मुस्काउँदै घरी संकोचित हुँदै
कहिले थकित कहिले उमङ्गित भई
जीवनको डाली डालीमा मस्किदै
बतासको झोंक्कामा बहकिएका परागसँग
शंकालु नजरले मन्द मुस्कान छर्दै

म को हुँ ? (अस्तित्ववादी)

म कसैको छोरा हुँ, म कसैको पिता
त कसैको नाति हुँ, म कसैको आज हुँ
र कसैको अतित, त कसैको पति हुँ ।

म कसैको मालिक हुँ, त कसैको दास हुँ
र कसैको कर्मचारी, म कसैको विश्वास हुँ
र कसैको निजि सम्पत्ति हुँ, त कसैको सरकारी ।

जिन्दगीका जङ्घारहरूमा रुमलिन्दा

तन मन सब साझा देह मन्दिर साझा
वन उपवन साझा शैलमाला हिमाल
जल पवन प्रकाश दिव्य माटो छ साझा
तर पनि मन हाम्रो भैदिए नित्य बाँझो

यी माथिका श्लोक, सल्यान गा.वि.स.–८ गैह्राथोक कास्कीमा वि.सं.२००२मा जन्म भै हाल भरतपुर नगरपालिका –६, पारस नगरमा स्थायी बसोबास गर्ने पिता विष्णुप्रसाद उपाध्याय र माता मनरूपा उपाध्यीका कनिष्ठ सुपुत्र डी.डी.शर्मा (डम्मरुदेव शर्मा)ले आजको संसारमा प्रकृतिले प्रदान गरेका सबै चिज साझा हुँदा हुँदै पनि मानव मन साझा हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।