कोही मालिक कोही दास हुनसक्छ ।
जसलाई हेप्छौ उही खास हुनसक्छ ॥
प्रेमको परीक्षा तिमीले फेल बनाए पनि,
जिन्दगीको परीक्षा मेरो पास हुनसक्छ ।
भाग्यमा होइन कर्ममा विश्वास छ मेरो,
तर असफल भएमा उपहास हुनसक्छ ।
सकेसम्म सहयोग गर्नु पो मानवता हो,
खुट्टा तान्दा जो कोही निरास हुनसक्छ ॥
यमबहादुर भुजेल
विविएस, चौथो वर्ष
मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस, मन्थली
