Skip to content

editor

पावनि जुडशितलक संक्षिप्त परिचय

वैशाख सकराइतके परात मिथिला – मधेशमे जुडशितल मनायल जाति छै । नव वर्ष तथा सतुवानि पावनि मनेलाक उपरान्त दोसरदिन मिथिला – मधेशमे पावनि जुडशितल मनबाक परम्परा रहियाल छै । अहिदिन घरक बुजुर्ग बासि पानी सँ घरपरिवार आ समाजक अपना सँ छोट व्यक्तिके एक चुरुक पानी सँ माथा थपथपाक जुडायल रहु कहिक आशीर्वाद दैत छै । यी देलगेल आशीर्वाद सँ लोक सालभरि जुडायल रहछै से विश्वास रहियाल छै । जुडशितलके बासि पावनि सेहो कहल जाति छै । अही पावनिमे बासि खायके परम्परा रहियाल छै । सतुवानि दिन रातिमे रान्हल वरी भात जुडशितल दिन खायल जाति छै ।

NarayanPrasadChandara

मान्छे र मनभित्रको कोरोना

मान्छे ! हिजोसम्म ‘तिमी’भित्र ‘हामी’ हराएको आभास हुन्थ्यो
‘तिमी’ले ‘हामी’लाई त सोच्नै भ्याएनौ
‘तिमी’भित्रको ‘म’ले तिम्रा आँखामा पट्टी बाँधिदिएको थियो
हामीले कल्पना गर्‍यौं, तिमीले पट्टी खोल्छौ कि भनेर
अहं तर तिमीले खोल्नै चाहेनौ
हामीलाई थाहा थियो,
किनकि ‘तिमी’ ‘मेरो’को दास भइसकेका थियौ ।

TMayaRai

शब्द

शब्द शब्दसँग प्रेम छ मलाई
म हरेक चिज शब्दमा देख्न चाहन्छु
शब्द छ र म छु अनि छ शब्दको संसार
म हावालाई शब्द मार्फत अचल बनाउँछु
म पानीमा शब्दलाई सुकाउँछु

म शब्दको सुगन्ध लिन्छु फुल बनाएर
म शब्द मार्फत जोडिन चाहन्छु पुल बनाएर
निलो कालो हरियो पहेँलो रातो
आहा कति राम्रो सृस्‍टिको विस्तार
म अनि मेरो शब्द तिमी मालिक म गुलाम

कोरोना र दम्भ

लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति
आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति
आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा
दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् अनौठा छुरा । १ ।

सीमा पार गुहार गर्छ जनता आशा भरोसा गरी ।
माटाको ममता बुझेर उसले पोख्दै छ त्यो जीवनी
बस्छौ भित्र घरै र आँशु जनका के बुझ्न सक्छौ तिमी
आमाका बचरा बराबर भनी चिन्दैन अन्धो धनी । २ ।

पल्लव साहित्य प्रतिष्ठान र गोर्खे साहिलोप्रति मेरो दृष्टिकोण

पल्लव साहित्य प्रतिष्ठान भरतपुर नगर पालिका –४ विशाल मार्ग नारयणगढ, चितवनमा अवस्थित छ । चितवन विविधताले सजिएको, नारायिणी नदिको किनारमा अवस्थित, देवघाट तथा देवधामको पवित्र वायुले मगमगाएको एउटा सुन्दर जिल्ला हो । नारायण घाट, शैक्षिक संस्था, साहित्यिक संस्था लगायतले सुशोभित सुन्दर बजार पनि हो । यस्तो सुन्दर नगरमा, पल्लव साहित्य प्र्रतिष्ठान एउटा विशुद्ध साहित्यिक संस्थाको रूपमा जल्दो वल्दो अग्रसरता देखाउँदै विभिन्न साहित्यकारका विविध विधाका कृतिहरू प्रकाशन गर्दै आएको छ ।

मैले कविता लेख्नै बिर्सेँ

हाम्रा बज्यैहरूले बात्ती कातेझैँ
खुरुखुरु खतरनाक आविष्कार गर्ने,
हाम्रा आमा, दिदी र भाउजूहरूले
दुनाटपरी गाँसेझैँ
निष्फिक्री आणविक हतियारहरू बनाउने
धुन्धुकारी मिष्टर साइन्स & ब्रदर्स
यतिबेला
लकडाउनमा भद्रो हेरेर बसेको छ
त्यसैलाई उल्ल्याएर, गिज्याएर बस्दाबस्दै
मैले कविता लेख्नै बिर्सेँ ।

कोरोनाको परिवेश

मठ, मन्दिर, मस्जिद, चर्च सबैमा हेर ताला लाग्यो
स्वास्थ्यकर्मी सुरक्षाकर्मीको रुपमा ईश्वर बाहिर आयो
लकडाउनमा घरमै बसौ सबैजना नगरौ लक्षुमण रेखापार
हरेर लग्ला कोरोनाको रूपमा काल रावण आफ्नो दरबार

पंक्षी मस्तमगन भएर घुमिरहेको छ आकाश
पिंजडामा कैद मानव चारैतिर फैलिएको छ त्रास
आपसी दुरीको अवस्थामा छ जिन्दगीको सिरानी
राखौं भरोसा मानेर हर रात पछि आउनेछ बिहानी

क्रान्तिकारी

क्रान्तिकारी गोपालप्रसाद रिमालले
भने झै गरेर हो ऊ आउनेछ।

तर, यसपटक आउदा ऊ
सारा टुहुरा र आनाथहरुको निमित्त
आमाको काख भएर आउनेछ
हो ऊ आउनेछ अवस्थ ऊ एकदिन आउनेछ ।

कोरोनाको डरले (बालकविता)

घरै बस्यो सानो भाइ
घरमै बसे ठुला दाइ
बाआमाको करले
कोरोनाको डरले

बाहिर गई आउँदा
हातमा मैलो लाउँदा
स्यानिटाइजर मागे है
आफ्नो ख्याल राखे है !

माइन सेबोटेज

आरम्भ

‘‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि जे गर्नुपर्ला गरौँ ।’’

श्यामजीको चेतावनीलाई मैले पूरै वेवास्था गरेको थिएँ र भनेको थिएँ, ‘‘माथिको आदेशले त हामी बिग्रियौँ । भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’’

श्रीमती ओभर-स्मार्ट हुँदैछिन्

रंग उप्किसकेको थोत्रो मोबाइलमै
भर परेको देखेर
तिनको जन्म दिवसमा पोहोर साल
एउटा ठुलो स्मार्ट फोन किनेर
उपहार स्वरुप दिएको थिएँ,
त्यही मोबाइलमा हिजोआज उनी
धेरै व्यस्त देखिन्छिन्,
किनभने उनी धेरै स्मार्ट हुँदैछिन्।

दुई मुक्तक (छातीमा दम छ)

१)
छातीमा दम छ तिमीलाई आँट्नलाई
सरकारी जागिर छ सुखले राख्नलाई
मन बलियो बनाए हुन्छ डराउनु पर्दैन
तयारी गर भागेर नौ डाँडा काट्नलाई

कोरोनाले जलिरहेको आत्मा

मानव सभ्यता,
बेकसुरमै जिउँदो लास भई ढलिरहेछ
कैयौं पटक अज्ञानताले आत्मा जलिरहेछ
भैपरी आएको यात अकाल
कसरी भनुँ म,
अञ्जानमा निम्त्याएका हाहाकार
अन्य रोगभन्दा पनि फरक महामार
अहँ, यो कसैलाई थाहा छैन ।

कोरोना, करप्सन र किसान-मजदुर

रातारात भ्रष्टचार गरेर
कुनै नेता
सञ्चारमा माध्यममा हिट भएदेखि,
र ब्यापारी
कालो बजारि गरेर रङ्गिन भएपछि
कोरोना भाइरस आएदेखि,
अनि करप्सन र भ्रष्टाचारी भाइरस मौलाएदेखि
र यो सिङ्गो देश लकडाउन सर्टेज भएर,
ज्यालदरको प्याकेज हराएदेखि

VinayKumarJha

कवि कोकिल विद्यापतिके संक्षिप्त परिचय

मैथिलीमें लिखल किछु पदावली कविके अमरच्व प्रदान करवाक लेल काफी छैक । मैथिली साहित्यमें मध्यकालके तोरणद्वार पर जिनकर नाम स्वर्णाक्षरमें अंकित छैक वो छथिन चौदहवीं शताब्दीके संघर्षपूर्ण वातावरणमें उत्पन्न अपन युगके प्रतिनिधि मैथिली साहित्य-सागरके वाल्मीकि-कवि कोकिल, महाकवि अभिनव जयदेव विद्यापति ठाकुर ।

कवि कोकिल विद्यापतिके कोमलकान्त पदावली वैयक्तिकता, भावात्मकता, संश्रिप्तता, भावाभिव्यक्तिगत स्वाभाविकता, संगीतात्मकता तथा भाषाके सुकुमारता आ सरलताके अद्भुत सन्योजन प्रस्तुत करैत छैक ।

चिकित्सकहरुको युद्ध

हेर्छु शरीरबाट बगेको खलखल पसिना उनको
हेर्छु मनबाट बगेको लगनशीलताको धारा उनको
हेर्छु धड्कनबाट बगेको धैर्यको सागर उनको
हेर्छु सबलाई जीवनदान दिएर आएको मुस्कान उनको

स्वर्ग

कान्छो हजुरबाको जीवनमा घटेको यो कथा मेरो हजुरआमाले सुनाउनुभएको थियो । यो २००३ सालको कुरो हो । त्यतिबेला देशमा राणा शासन थियो । कान्छो हजुरबा त्यतिखेर १३ वर्षको हुनुहुन्थ्यो ।

सबै जहानहरू साँझको खाना खाइवरी घरको तल्लामा लहरै सुतेका थिए । कान्छा हजुरबा सबैभन्दा कुनामा ओछ्यान लाएर सुत्नुभएको थियो । बिहान सबैजना चार बज्दावर्दा उठिसकेका हुन्थे । तर, त्यो दिन कान्छा हजुरबा ढिलासम्म उठ्नु भएन । घरका ठुलाहरुले उठाउँदा उहाँ चुपचाप सुतिरहनु भयो ।

NarendraRajPaneru

कोराना, राज्य र विश्वविद्यालयहरू

कोराना भाइरसले महाशक्ति राष्ट्र, सम्पन्न व्यक्ति, विकसित मुलुक, राज्यका हर्ताकर्ता मन्त्री तथा नेताहरूका साथै तथाकथित आफूलाई शैक्षिक तथा बौद्धिक जगत्कै मसिहा ठान्नेहरूको असली रूप र औकात देखाइदिएको छ । अपदवादको रूपमा केही समाजवादी देशहरू जस्तै चीन, भेनेजुएला, क्युवा आदिले यो समस्यालाई मानवीय सङ्कटका रूपमा लिएर मिलिटयाण्टरूपमा कार्यक्रम बनाई कार्यन्वयन गरी सफलताका नजिक पुगेका छन् । पुजीवादी देशहरू दक्षिण कोरिया, जापान, सिंगापुर जस्ता देशहरूले नाफाभन्दा जनता तथा मानिसहरूलई महत्व दिँदा समस्या हल गर्नेक्रममा छन् । केही देशहरू स्पेन, आयरल्याण्ड, दक्षिण अफ्रिकी देशहरूले निजी अस्पताललाई राष्ट्रियकरण गरेर समाजवादी मोडेलमा गई समस्यासँग जुझदै छन् ।

र फेरि सुन्दर संसार बसाउनु छ

बिहानी झिसमिसेमै मलाई व्यूताउने
मेरो अलाराम !
आजकल छूट्टीमा छ ।
बुढा ऊठ्नु दूकानमा ग्राहक आइसके भन्दै
एका बिहानै कचकच गर्ने ऊनको मुख बन्द भा’छ ।
स्कुल बन्द छन्
सानी छोरीका तनावहरू चूपचाप छन् ।