Skip to content

जवाफ कस्ले दिन्छ ?


दुनिया दिनानु दिन रोगी हुदैछ
यो दुनिया
कालान्तर भविष्यमा क्यान्सर
दादुरा जस्तै एउटा सानु बिराम बन्दैछ
यो दुनिया दिनानु दिन रोगी हुदैछ
यी आम मनुस्य दिनहुँ रोगी भैरहेछन्
डाक्टर साब !
ओ ! चटकीय धामीझाक्री साप
ओ ! बैद्य बा !
ओ ! भारतीय रामदेव बाबा !
के यो संसारमा अब
यो दुनियाको दिगो उपचार चाहिँ
सम्भव छैन?

अवश्य यो संसारमा आज मान्छेहरू
दिनहुँ धनी हुँदै गैरहेछ्न
दिनहुँ
यी मान्छेहरू
दिनहुँ डौडिरहेछन् मैदानमा
यो दुनिया ! दौडिरहेछ
एकदम विश्व धनवान छन् यी मान्छेहरू
तर पनि किन मनमा अलिकति पनि चैन छैन
मानव जीवनमा सुख दिने कस्ले हो
धनले?
आध्यात्मिक गुरुले
सत्सँग
भगवानको भजन किर्तनले
पूराणको पुरोहितले
या योगीहरुको प्रबचनले?

यो दुनिया दुखित छ
यो जगत पीडित छ
यो संसारले आज आफ्नो अधिकार उपभोग गर्न पाएको छैन
यो दुनिया अन्यायमा छ
ओ ! वकिल
ओ ! न्यायधिस
वो ! कानूनबिद
इन्साफ कहाँ छ
ईश्वरको अदालतमा;
आज बसेर साफसुत्र तिमी आफै भनिदेऊ
ईश्वरको अदालतमा;
स्पष्ट बकालत गरिदेऊ
यो जगतलाइ:
अन्यायमा पार्ने
यो दुनियालाई दुखित तुल्याउने
त्यो जगदीश्वरलाई चाहिँ सजाय हुन्छ कि हुदैन?

हर समय दुनिया डिप्रेशन भय र पिर
चिन्तित हुदैछ
दुनिया आन्तरिक द्वन्दमा छ युद्धमा छ
विश्व शान्ति अपरहरण हुदैछ
पापमोचन गर्ने त्यस्ता हजार यशु कृस्टहरुको हत्या हुदैछ
अपराधीहरू
आतङ्गकारीहरुको उदय बारम्बार मौलाइरहेछ
निश्चय
निरन्तर पृथ्वीमा भयङ्गकर प्रलयहरू आइरहेछ
ओ ! प्रहरीहरू हो
ओ ! कमाण्डरहरू हो
ओ ! बहादुर सिपाहिहरू हो
अनि सुतिरहेका
ओ ! गृहमन्त्रालयहरू हो
अब ! यी बन्दी घरहरू सन्त्रास उन्मुक्त
अनि अजाद बनेर
सुरक्षाको प्रत्याभुत सङ्गै
जिन्दगीभर ठुक्क सँग
स्वतन्त्रताको सास
यो संसारले कहिले फेर्न पाउछ?

हिजो आज हरेकको हृदयमा शान्ति छैन
हजुर
आफ्नै भडार कोठामा
देविको अमुर्त तस्वीर हुदा हुँदै पनि
कोही कोठीमा पुगेका छन्
यो दिल बडो थकित छ
यो दुनिया बडो अचम्मित छ
को ही पर स्त्रीका अपवित्र प्यारहरू सङ्गै
मासुसाला भट्टी रण्डी
रक्सी र नशाको गिलासहरुमा भुलेका छन्
स्वागरातमा
ओ पृयसी
ओ हजुर !
ओ ! श्रीमती !
ओ ! प्रेमकि पुजारी !
प्यालाका प्याला अमर प्रेमका
अमृतमय मधुमासका गिलासहरू समाएर
मलाई सधैं पिलाइरहने सुकोमल रसिला हातहरू थिए नि
ती अहिले कहाँ हराए ?

हृदयमा शान्ति छैन
यो पागल जिन्दगी ज्युदोलास जस्तो भएको पनि हैन
बस केवल शान्ति छैन
सुख सयल शान्ति कस्ले दिन्छ
आमाले?
पृयसिले
बाउले बुहारीले छोराछोरीले
परिवारले
या मुनाफा मात्र भैरहने ब्यपहारले?
मानौ कि,यो संसारमा शान्ति आज हराएको छ
हृदयमा शान्ति छैन
यो हृदयमा शान्ति
चाहिँ कस्ले र केले दिन्छ ?
यो संसारमा हराएको छ आज शान्ति
कस्ले दिन्छ
लुम्बिनीको सिद्दार्थ गौतम बुद्धले?
या
सधैं सधैं
मेरो घरको सिलिङ्गमा उभिएर
बारम्बार टिन खोस्रिएर
हल्ला कोलाहल मात्र मच्चाएर
जिन्दगीभर घरझगडा गरिरहने
तिमी र म जस्ता
अनुहार सुन्दर भएका
ती दुई जोडी परेवाहरुले?

बाटो भत्किएको छ
दिनहुँ सवारी साधन दुर्घटना भैरहन्छन
साहिदका सालिकहरू टुटेका छ्न
परिवार फुटेको छ
यी हिमाल पहाड र सगरमाथा
अनि मातृभूमि भासिएर तल तराईको पातालमा पुगेको छ
चतुर बादरहरुले हाम्रो घरबार बिगार्दिएर
आफ्नो बनाएको छ
बलिया बहादुरहरू प्रभाषमा बस्छ्न
देशको भविष्य जीवित छैन
बजेट सहरमा केन्दृत छ
ओ ! मिनिस्टर !
ओ ! लिडर !
ओ नेताजी !
ओ जनताजी !
सधा सधा यी बेरोजगार गाउँहरुमा बकवाश
भाषणहरू छाटेर
विकास निर्माणहरू सङ्गै
अब यो देशको ईतिहासको
समरछ्यण चाहिँ कस्ले गर्छ?

हिजो आज अखबारमा समचार पनि
बलत्कार भ्रष्टचार दुख दर्द
र चित्कारको मात्र आउँछ
मर्नुअघि
सुखद समचार पड्ने मन छ
ओ ! पत्रकार बन्दु
ओ ! रिपोर्टर
मेरा हजुरबुवाको अब अन्तिम रहर
कस्ले पूरा गर्दिन्छ?

आज यो मनमा हजार सवालहरू निरन्तर खेलिरहेछ
गुरु ब्रहमा विष्णु महेश्वर
यो विशाल पृथ्वीमा
आज यो अवचेतनमा
लगातार एउटै प्रश्न उब्जिरहेछ जिन्दगीभर
मेरो पृय प्रध्यापक
मेरो शिछ्यक
तपाईंको विद्यालयमा
निश्चय
आज जवाफहरू आउदछन या आउदैनन
यो न्यायलयमा
फेरि पनि डर भय लागिरहेछ मलाई
निन्तर एउटै प्रश्न रह्यो
मेरो स्कुलको टिचरसँग
मैले सोधिरहे त्यस्ता कयौ प्रश्नहरू
मलाई थहा छैन
मैले सोधिरहेछु अञ्जान प्रश्नहरू
मैले सोधिरहेछु जाहज प्रश्नहरू
थहा छैन जवाफ आउँछ आउदैन
ओ ! टिचर सोधिरहेछ एउटा प्रश्न एउटा विद्यार्थी परबाट
अन्तिम बेञ्चमा उभिएर
थहा छैन इन्साफ पाउँछ पाउदैन?
थहा छैन जवाफ आउँछ आउदैन
ओ ! टिचर म सोधिरहेछु खुद
म सोधिरहेछु

ओ ! टिचर
तर मेरो प्रश्नको उत्तर चाहिँ कहिले र कस्ले दिन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *