निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
तपाईंलाई त्यही गरीबले बरु सित्तैमा भात खुवाउनेछ – २
पहिला तिनै किसानका हातहरुलाई बगर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
सडक किनारमा बारम्बार रुदै नानीहरू भनिरहेछन् – २
कि आमा हामीलाई यो रोटी बाडेर बराबर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
उपहारमाकै पनिदिनु पर्दैन पृयसी हजुरले मलाई – २
माया आफै बुजौला केबल कर्के एक नजर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
मालिक तपाईं हजुरसँग मैले केही पनि मागेको छुइन – २
मजदुर हु मलाई मेरो दिनभरिको ज्यालादर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
त्यो भारतले मलाई छुनै सक्दैन सरकार सीमानामा – २
सिकन्दर अलकजेण्डर जस्तो कमाण्डर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
त्यो मान्छे त्यसै रमाउछ, देश दुनिया संसार दिनुपर्दैन – २
पर्मेश्वर त्यो बालकलाई बालुवाको सानु घर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
ठेलाले भरिएका हातहरुमा भाग्य हुदैन हो भगवान? – २
भेटी म आफै दिन्छु पैला मेरो प्रश्नको उत्तर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
हामीलाई सिङ्गदरबार बालुवाटार केही पनि चाहिदैन – २
नेपालामाले खोजे जस्तै इमान्दार लिडर दिनुहोस्
निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस्
सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस्
@रतुवामाइ-८, मोरङ्ग
@सुकुमवासी