Skip to content

अन्त्यहीन सत्य आकाश


विशाल ब्रह्माण्ड
सफेद संसार
रङ्गिन दुनिया
भरपुर प्रकाशले पुरिएको पृथ्वी
अनि एकदम उज्यालो थियो मेरो घर
निलो आकाशमा
उपरको रवि हर्दम हासिरहेको थियो
धर्तीमाथि उडिरहेथे पन्छी
हिडिरहेथे प्राणिहरू
एकैछिनमा
बादल पागल झै मढारिएर
भयङ्गकर कालो कालो भयो
अघि भर्खरको निलो अनि उज्यालो आकाश

जसरी पृथ्वीको कुहिरिमण्डलहरुको पाषण
प्रभाकरको एक पर्दापणमै बीच्देछन हुन्छ
तर,
सूर्य !
बन्धनमा बाधिरहे थ्यो
आकाशको धुवालो कुहिरिमण्डल र बादलहरुमा
बाधिरह्यो!

बिलायो अघिको बिगत
हरायो अघिको मौसम
धुमिल्लियो अघिको उज्यालो आकाश
सूर्यलाई शहीद बनाएर चम्किरहे बादलहरू
र धर्तीमा शीतल वर्षात भयो

मैले एकछिनमा आकाश हेरे
तर
आकाशमा बादल हराइसकेको
थियो
तिमी जस्तै गरेर
धेरै नै दूर पुगिसकेका थिए बादलहरू
तर आकाश त्यही थियो

जरुर जसरी कि हृदयमा तिम्रा यादहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *