kbs
आस्था भन्नु अलाउद्दीनको बत्ती
जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति ! देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति ! तर, हामी त खालि आफ्नै वरपिरकिा अनुहारहरूले घेरएिका छौँ, आफ्नै वरपिरकिा ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस् काहरूमा ठोक्किएर आफैँतिर आउँछन् । आफैँले बोलेको आवाज पनि अर्काले बोलेको जस्तो सुनिरहेका हुन्छौँ । सानो सोचमा, सानो घेरामा, सानो स्वार्थमा, सानो उचाइमा उभिएर अहंकारका ठूला स्वरहरू चिच्याइरहेछौँ ।
त्यो दिन यसरी आयो
२००७ कात्तिक २० गते बिहान शीतल निवास पस् ने विचारले श्री ५ त्रिभुवन ठूलो पहेँलो मोटरमा एक्लै सवारी भएको थियो । यसबारे कसैले थाहा पाएका थिएनन् । मौसुफको सोच पनि भारतीय दूतावासमै पस् ने थियो । त्यहीँ रहेका हामीले मौसुफ त्यहाँ एक्लै सवारी हुनु राम्रो हुँदैन, परविारसहित सवारी हुनुपर्छ भनेर अनुरोध गर्यौँ । सोही आग्रहबमोजिम कात्तिक २१ गते नागार्जुनमा सपरविार वनभोज र सिकार गर्ने निहुँ पारेर प्रधानमन्त्रीको अनुमतिका लागि मौसुफबाट खबर भएछ ।
मुक्तिको बाटो रोज
हरिः यति मात्र होइन दिदी लात्तैलात्ताले मलाई पेटमा पनि हाने । त्यही भएर पेट दुखिरहेको छ । -रूँँदै) म यो घरमा एकछिन पनि बस्न सक्दिन दिदी । मेरो बालाई बोलाइदिनोस् दिदी । म घर जान्छु ।
गीताः हरि तिमीलाई तिनीहरूले सारै नराम्रोसँग पिटेछन् तर के गर्छौ ? न त मलाई तिम्रो बा को ठेगाना थाहा छ न त घर नै । तिमीलाई यहाँ कसले ल्याएको भन त ?
