Skip to content

ks

पिकासो र डालीसँग केही क्षण

  • by

सबै काम सकेर पनि एक दिन उब्रेको थियो बर्लिनमा । दितमारले सोध्यो, “कहाँ जाने आज ?” मैले भनेँ, धेरै टाढा नभए आर्ट ग्यालरी कस्तो होला ?

वैष्णव

  • by

“कि कहै छी तूँ ! तोरा लग पानिनों नही पिवैत छी ।” (के भन्छस् तँ ! तँकहाँ म पानी पनि पिउदिनँ ।) गोरगाम्मा गाउँमा बस्ने शिवकुमारले फोनमै जवाफ फर्कायो ।

मसँगै १० वर्ष उठबस गरेको मान्छे २ वर्ष पछि नै किन यस्तो उट्पट्याङ्ग कुरा गर्दै छ । मेरो मनमा खुल्दुली मच्चियो । ऊ गाउँकै मान्छे भए पनि मेरो वारेमा मसँगै यस्ता बदनाम हुने कुरा नभन्नुपर्ने हो । म सोचमा डुबेँ ।

KomalPrasadBhatta

सद्भावको फूल माला, चढाएर आओस् दशैँ

  • by

सद्भावको फूल माला, चढाएर आओस् दशैँ
आपसमा मायाप्रीति, बढाएर आओस् दशैँ

घरबारी साहुलाई छोडी, चाड बाड मान्नु पर्ने
विकृतिलाई चोर औँला, ठड्याएर आओस् दशैँ

मुर्झाएको अतित

  • by

चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा म एकाएक झसङ्ग ब्युझिएँ । स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ । एकाएक सम्झनाको हुरीले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ । म बाध्य हुन्छु । एल्बमका चहकिला तस्बिर नियाल्न । हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाइसकेको अतितलाई हुकाइरहेकोछु । निभिसकेको सलेदोमा फेरि बल्झाईको तेल थपेर सल्काइरहेको छु । खाटा बसिसकेको घाउँबाट फेरि सम्झनाका पाप्रा उब्काउँदै छु म ।

म, मेरो देश र मोरक्को

  • by

आमा दशैँमा आर्शिवाद के दिनुभयो ? जहाँ दशा दिएर दशैँ मनाउँनेको भीड देखिन्छ । म त गाँस, बास र कपासकै लागि कतै भोकै रिक्सामा भारी लादेर अनि कतै थाप्लोको नाम्लो बिसाउन नपाएका नेपालीहरूको रित्तो निधार देख्छु । सायद पसिनाले पुछियो होला उनीहरूको बिजय उत्सवको रातो टीका अनि कानको पहेलो जमारा नाम्लोले छेक्यो होला । युद्ध र आतङ्कको मारसँग बर्षौदेखि कि लास देउ कि स्वास देखाउँ भन्दै आसोच बारिरहेका नेपालीहरू कम्ति रोइरहेकाछैनन् ।

निःशुल्क नोकर्नी

  • by

शनिबारको दिन थियो । ऊ ढिलै गरेर उठ्यो । दलानमा विद्यार्थी भरिएका रहेछन् । शनिबार पनि विद्यार्थी ! केही सोध्न आए होलान् भन्ठानी हत्त न पत्त दाँत माझ्यो, मुख धोयो । उनीहरू सामु बस्न तयार भयो ।

“सर ! अरू दिन मौकै पाइन्न । व्याकरणमा समस्या छ ।” किताब दिँदै छात्रा सोनाले भनिन् । उसले पनि उनीहरूसँग एक घण्टा वितायो ।

दशैंको पीडा

  • by

धर्मानन्दको घरको बत्ती निभेको पनि दुई बर्ष नाघिसकेछ । घाउ निको भएको छैन, समय निकै अगाडि कुदिसक्यो । कान्छो छोरो मरेको छ महिना नपुग्दै स्वास्नीले देहत्याग गरी । हल कनाहा हुँदा पनि जसो तसो काम चल्छ, तर जोडी छुट्टिएर एक्लै हुँदा भने जिन्दगी सकस हुने रहेछ ।

आज दशैंको टीकाको दिन ! धर्मानन्द बिहानै उठ्यो, वस्तु भकारा सक्यो । घर लिपपोत गर्यो, सूची भयो र नुहायो । छोरीहरूलाई सिकुवा आँगन सफा गर्न लगायो । खानाका केही परिकारहरू बनायो । आफूले टीका लगाउन नपाए पनि छोरीहरूलाई त समयमा नै लगाई दिनु पर्यो भनेर सबै सरजाम ठीक पार्यो ।