ks
सुख र त्यसको प्राप्तिका उपायहरू
सुख भनेको सत्य हो । सकारात्मक सोचाइ सहितको त्यस सोचले सुख ल्याउँछ जसले आध्यात्मिक जगत्लाई स्पर्श गर्न सक्नुपर्छ । मान्छेको कर्मले मान्छेकै अन्तरात्मालाई सम्वोधन गर्न सक्नुपर्छ । राम–रावणको कहानी, कृष्ण–कंशको कहानी, कौरव–पाण्डवको कहानीहरूमा सत्यको जीत भएको छ । आध्यात्मिक चिन्तनलाई आत्मसात गर्ने हो भने ‘म को हुँ, कहाँबाट आएँ, पुनः कहाँ जानुपर्छ’ भन्ने जस्ता आध्यात्मिक चिन्तनको सेरोफेरोमा आफू रहन सके मात्र सुख प्राप्ति हुन्छ ।
आध्यात्मिक विकासमा आर्थिक विकासको हात
नेपाल विविध भाषाभाषी, जातजाति, भेषभूषा, चालचलन र संस्कृति भएको मुलुक हो । मुलुकका हरेक जनतालाई बराबरी हकअधिकार हुनुपर्छ । राज्यले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । सबैले यो मेरो पनि राष्ट्र हो, म पनि यही देसको नागरिक हुँ भन्ने गौरव प्राप्त गर्नुपर्छ । समतामा आधारित समाज भएमा त्यसले आर्थिक विकासमा जोर्नीको काम गर्न सक्छ । जनताबीच भाइचाराको सम्बन्ध स्थापना भए मात्र सोचेजस्तो अग्रगति प्राप्त गर्न सकिन्छ । अर्कातिर वातावरण र जलवायु परिवर्तनका विषयले मानव समाजमा प्रत्यक्ष एवम् परोक्ष प्रभाव पारिराखेको हुन्छ । सबै नागरिकले वातावरण, जलवायु परिवर्तन र आर्थिक विकास बारे जानकारी पाउनुपर्छ ।
एकतर्फी प्रेमको मात (आफूले चाहँदैमा घृणा नपाइने)
तिम्रो एकतर्फी प्रेमको फोप्सीमा (खाडल) बाट निस्कनु
मैले अनेक उपाय खोज्दा पनि म असफलतामा पछारिइरहेको ।
पहिलो हेराइमा तिम्रो रुपले लट्ठ्याएको नशाबाट म बाैिरनु नसकेको ।
तिम्रो एकतर्फी प्रेममा समर्पित हुँदा म खुस्किएको ।
जुन समर्पणबाट शहीदलेजस्तो इज्जत मैले पाउनुको साटो
‘कात्तिके कुकुर वा देउते बोको’ को सम्बोधनबाट म अपमानित हुनु सक्ने ।
साक्षरता शिक्षाका आधारभूत पक्षहरू
परिचय
साक्षरता शिक्षा भन्ना साथ निरक्षरबाट मुक्त बनाई साक्षर तुल्याउनका लागि दिइने शिक्षा भन्ने बुझिन्छ । विद्यालयीय शिक्षा प्रणालीमा एकल समय–सीमा, कठोर प्रकृतिको पाठ्यक्रम र तोकिएको पाठ्यपुस्तक हुन्छ । साथै, कक्षा उक्लन निर्णयात्मक मूल्याङ्कन गरी उत्तीर्ण भएमा उपाधि समेत दिइन्छ । तर, साक्षरता शिक्षा प्रणाली अनौपचारिक प्रकृतिको हुन्छ । यसमा सिकारुहरू आफ्नै सिकाइ गतिमा सिक्ने र विशेष सिकाइको चरणमा प्रवेश गर्न उन्मुख हुन्छन् ।
आश्रय
मेरो जीतको लागि बुवाले सयौं पटक हार्नु भएको थियो । आफ्नो हैसियतले भ्याएसम्म मलाई अभावको महसुस हुन दिनुभएन । आमा बित्नु भएपछि बुवा गाउँमा एक्लै बस्नु हुन्छ । बाबु, म एक्लै बस्न सक्दिन । त्यतै आउँछु भनेर कति चोटी फोन गरिसक्नु भयो तर अहिलेसम्म बुवालाई आफूसँग ल्याउन सकेको छुइन । मेरो विवसता कि कायरता यो के हो ?
“सुन्नुस् त ! तल सिंढी छेउको कोठा पनि भाडामा लाग्यो है !”
शहिद
बन्ला देश भनेर आहुति दियौ, त्यो प्राण अर्पी दियौ,
होला वेश त देशको भनि तिमी, आकाशमा अल्पियौ ।।
बाल्यौ ज्योति चिराग त्यो चहकिलो, सामन्त मास्नै भनि,
थाल्यौ कार्य महान देश रचना, निर्माण गर्नै पनि ।।
आमाको खुन खान पल्कि जनको, आवाज कुल्ची दिने,
खोक्रो देश बनाइ खाक नरको, त्यो मासु चपाउने ।
द्रोही देशमहाँ बढेर जनले, दुखै त पायौं भनि,
ब्याँसाका मुखदेखि बाहिर गरौं, भन्दै त लड्यौ पनि ।।

थियो गर्मी वेला हपहप थियो घाम बहुत
मेरा प्रिय आत्मन्,
निभ्न लागे दियो आमा बाल्न आउँछु म
म त कस्तो कस्तो भएँ धेरै सस्तो भएँ
लक्ष्मीका प्रसाद बिद्याका सागर
यसपालीको तिहारमा, आउन पाइन दिदी
दर्शनपूर्ण सोचाई पृथक अनि खास हुन्छ
मनन् गर आफ्नै बोली, तिक्तता भेट्नेछौ