सद्भावको फूल माला, चढाएर आओस् दशैँ
आपसमा मायाप्रीति, बढाएर आओस् दशैँ
घरबारी साहुलाई छोडी, चाड बाड मान्नु पर्ने
विकृतिलाई चोर औँला, ठड्याएर आओस् दशैँ
देश हाम्रो नेपाल हो, नेपाली नै सबको जात
ठूलो सानो विभेदलाई, सडाएर आओस् दशैँ
हत्या, हिंसा, बलत्कार, जाल, झेल, लूट, चोरी
अन्याय र अत्याचार, डढाएर आओस् दशैँ
कति हेर्नु सधैँ भरी, कुर्सी ताना तान मात्रै
सबैलाई नैतिकशिक्षा, पढाएर आओस् दशैँ
कोमल भट्ट -नैकाप, काठमाडौँ
(हाल:- न्युयोर्क, अमेरिका)
