ks
संजिवनी बुटी
छोरोको पढाइको नतिजा हेर्दै प्रोफेसर मरहठाले विचार गरे । “आफूले अंग्रेजी साहित्य पढियो । मेरा किताबहरू पनि स्नातक र स्नातकोत्तर तहमा पढाई हुन्छन् । छोरोलाई पनि अंग्रेजी विषयको भाषा विज्ञानमा विद्यावारिधि गराएर राम्रा किताब लेख्न लगाउँछु । मैले आफैं गाईड गरे भनें कसो नकोर्ला त केटाले ?”
छोरोले स्नातक तह पहिलो वर्षदेखि नै यता उता गर्न थाल्यो । घरमा ढिलो आउने, एकोहोरिने, तुरुन्तै रिसाउने जस्ता लक्षण देखिन थाले पछि प्रोफेसरकी श्रीमती चिन्तामा डुबिन् ।
अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, अप्टोबर)
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा गरिने नियमित साहित्य संगम कवि गोष्टी कार्यक्रम यही अक्टोबर २७ तारिख शनिबारको दिन अनेसासका केन्द्रीय महासचिव तथा कोलोराडो च्याप्टरका अध्यक्ष श्रीपदम विश्वकर्माको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।
कार्यक्रममा बरिष्ठ गजलकार तथा कथाकार मनु ब्राजाकीज्युको उपस्थिति रहेको थियो ।
साहस (लघुकथा)
दुई वटा गोरुहरू जुधेर उम्रिन लागेको धानको ब्याड भुर्कुट पारेको देखेपछि अर्थलाल चौधरी मुर्मुरिँदै आउँछ र मुकुन्दलाई सिर्कनाले दुई चार सुम्ला बसायो । मुकुन्दले पनि चौधरीले टेकेको कठबाँसको लौरो खोसेर न्वारन देखिको बल निकाल्दै टाउकामा बजायो । चौधरीको टाउबाट रगतको धारो बग्यो । मुकुन्द आफ्नो गोरु लिएर त्यहाँबाट सुइँकुच्चा ठोक्यो ।
भोलिपल्ट चौधरीको उजुरी परेपछि गाउँका मुखिया किसनलाल चौधरीले मुकुन्द र उसको बाबुलाई तुरुन्त कचहरीमा हाजिर हुन खवर पठाए । भेलामा गाउँका गन्ने मान्ने सबै थिए ।

तिम्ले सोध्यौ कस्तो यो जिन्दगी?
जिन्दगीको कोलाहाल् मेलामा छु
“स्कुल जो बौवा ! तनखा कटतो त कि खेभी ?” (स्कुल जा बाबू ! तलब कट्यो भने के खान्छस् ?) डाँडा पारीका जून भएका बुबाले ढोका ढकढकाए ।
परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं
फाटेको मन टालिरा’छु आज तिम्रै यादमा
घाऊ जति बल्झे पनि अधर हाँस्नु पर्छ