Skip to content

राजविराजमा भव्यताका साथ साहित्यिक वनभोज


राजविराज, १८ माघ २०७१ ।

सगरमाथा साहित्य परिषद्ले सप्तरीको सुन्दरी खोलामा शनिबार साहित्यिक वनभोज गरेको छ ।

परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षतामा वनभोजसहितको साहित्यिक गोष्ठीमा सहिदहरूसहित स्रष्टाहरू बालकृष्ण सम, लाल दास, धरणीधर कोइराला र हृदयचन्द्र सिंह प्रधानको स्मरण गरिएको थियो ।

कार्यक्रममा मैथिलीका महाकवि लाल दासबारे अध्यक्ष पोखरेलले, सहिदहरूबारे सदस्य शिवकान्त सुमनले, बालकृष्ण समबारे सदस्य इन्द्रबहादुर थापाले, धरणीधर कोइरालाबारे सदस्य गिरीराज पौडेलले र हृदयचन्द्र सिंह प्रधानबारे सदस्य विजयकान्त धमलाले प्रकाश पारेका थिए ।

साहित्यकार तेजनारायण शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष पोखरेलसहित परिषद्का पूर्व अध्यक्ष अनिलकुमार अनल, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य राममणि पोखरेल, ससापका उपाध्यक्ष साधना झा, सचिव नन्दलाल आचार्य, सदस्यहरू थापा, पौडेल, धमला, माधवप्रसाद पोखरेल, दिलिपकुमार झा, मेघराज पौडेल, बिमला देव, मौसम वञ्जारा, जयराम भगत माली, बुद्धकुमार खडका, श्यामप्रीत मण्डल, पुनम पोखरेललगायतकाले कविता, गजल, लेख, निबन्ध, लघुकथा, प्यारोडी, गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक एवं परिषद्का उपाध्यक्ष झाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव आचार्यले गरेका थिए । कार्यक्रममा परिषद्का परिवारका सदस्यहरू पवि उच्च माविका प्रधानाध्यापक अरुण झा, ई. रामप्रसाद देव, हीना झा, लक्ष्मी रिजाल, राधिका पौड्याल, लक्ष्मी थापा, तारा वञ्जारा, मुना ढकाल, अमरकिशोर मुखियासहितको सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो चरणमा नास्ता, दोस्रो चरणमा साहित्यक गोष्ठी, तेस्रो चरणमा प्रशस्ती पत्र र मेडल हस्तान्तरण तथा चौथो चरणमा खानपिन गरिएको थियो ।

सो समारोहमा भानुभक्त द्विशतवार्षिकी समारोह समितिले ससापमार्फत पठाएको प्रशस्ती पत्र र स्वर्ण मेडल परिषद्का सचिव आचार्यसहित सगरमाथा अञ्चलका साहित्यकारहरू पुण्य कार्की, टंक आले, आस्था कोपिलालाई हस्तान्तरण गरिएको थियो । सो प्रशस्तीपत्रले परिषद्का आजीवन सदस्य तेजनारायण शेर्पा र करुणा झा यसअघि नै सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *