Skip to content

ससापले २८औं स्थापना दिवस मनायो


राजविराज, २५ कात्तिक, २०७१

सगरमाथा साहित्य परिषद्(ससाप)ले आज आफ्नो स्थापनाको २८औं दिवस मनाएको छ ।

राजविराजस्थित गणेश मन्दिर परिसरमा ससापले चैतसम्मको कार्ययोजना तय गर्नुका साथै बर्थ डे केक काटेर शुभकामना साटासाट गरी स्थापना दिवस मनाएको हो ।

ससापका अध्यक्ष मनोहर कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले स्थापना दिवसको अवसरमा अग्रजहरूले २८ वर्षअघि स्थापना गरेको ससापले सप्तरीको भूमिबाट साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सल्लाहकारहरूले परिषद्को कार्यक्षेत्र सप्तरीको मैदानदेखि सोलुखुम्बुको उचाइसम्म पुर्याउन परिषद् सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

वैठकमा सल्लाहकारहरू अनिल अनल, वैद्यनाथ झा, मन्जु श्रेष्ठ, मीना ठाकुर, शिवहरि भट्टराइसहित कार्यसमितिका सदस्यहरूको उपस्थितिरहेको थियो ।

वैठकमा कार्यसमितिका उपाध्यक्ष साधना झा, सचिव नन्दलाल आचार्य, सहसचिव अजयकुमार झा, कोषाध्यक्ष कमला भन्साली, सदस्यहरू सागरवीर कडारी, इन्द्रबहादुर थापा, श्यामसुन्दर यादव, गिरिराज पौडेल, विजयकान्त धमला, खिलानाथ गौतम, आजीवन सदस्य करुणा झा, पुनम पोखरेलको सहभागिता रहेको थियो ।

नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ २०४४ साल कात्तिक २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा दर्ता ऐन २०३४ बमोजिम सगरमाथा साहित्य परिषद् दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *