राजविराज, ४ असोज, २०७१ ।
सगरमाथा साहित्य परिषद्ले आगामी असोज ११ गते शनिबार साधारण सभा गर्ने भएको छ ।
परिषद्को शनिबार सम्पन्न बैठकले राजविराजमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै साधारण सभा गर्नेे तय गरेको सदस्य नन्दलाल आचार्यले जानकारी दिनुभयो ।
तदर्थ समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षता एवं पूर्व अध्यक्ष अनिलकुमार अनलको प्रमुख आतिथ्यतामा बसेको वैठकले असोज १० गतेभित्र सदस्यता वितरण र नवीकरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वैठकले गत भदौ ७ गते सम्पन्न १४९औं मोती जयन्तिको समीक्षा गर्नुका साथै एक महिनाको अवधिमा परिषद्ले गरेका गतिविधिका बारेमा जानकारी आदान–प्रदान गरेको थियो ।
वैठकमा निवर्तमान अध्यक्ष बैद्यनाथ झा, शिवकान्त सुमन, अरविन्दकुमार यादवसहितको उपस्थिति रहेको थियो ।
जिल्ला विकास समितिको प्राङ्गणमा गत साउन ३१ गते सम्पन्न भेलाले परिषद्को ११ सदस्यीय तदर्थ समिति गठन गर्दै साधारण सभा गर्ने जिम्मेवारी दिएको थियो ।
बैठकमा समयसामयिक साहित्यिक अवस्थाको बारेमा चर्चा गर्दै संगठन विस्तार, सुदृढीकरण, संस्थागत विकास लगायतका विषयमा छलफल भएको थियो ।
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ २०४४ साल कात्तिक २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा दर्ता ऐन २०३४ बमोजिम स्थापित सगरमाथा साहित्य परिषद्ले साहित्यकारहरुको जयन्ति, विभिन्न दिवस तथा अवसर पारेर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

धन्यबाद के.एस sir
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ २०४४ साल कात्तिक २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा दर्ता ऐन २०३४ बमोजिम ”सगरमाथा साहित्य परिषद्” दर्ता भएको हो । विगत ६ वर्षदेखि दर्ता नविकरण नभएको र केही वर्षदेखि केही निष्क्रिय रहेको संस्थालाई पुनः क्रियाशील बनाउने उद्देश्यका साथ विभिन्न चरणको छलफल पछि ०७१ साउन ३१ गते जिल्ला विकास समिति सप्तरीको प्राङ्गणमा भेला भएका सप्तरी, सिरहा, उदयपुरका साहित्य सर्जकहरुको वैठकले ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । गठन लगत्तै ०७१ भदौ ७ गते संस्थाले राजविराजमा सफलतापूर्वक साहित्यिक गोष्ठि गर्दै १४९औं मोती जयन्ती मनाएको छ । संस्थाको सुरुवातदेखिको इतिहास संरक्षणसंगै हामी संस्थागत विकास र सम्बद्र्धनमा लागेका छौ । यसको इतिहासका बारेमा यहाँहरुसँग भएका सामाग्री उपलब्ध गराई तथा कार्यक्रमहरुमा सहभागी भई सक्दो सहयोग गर्नुहुनेछ भन्ने आशा एवं विश्वास लिएका छौ ।
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ २०४४ साल कात्तिक २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा दर्ता ऐन २०३४ बमोजिम स्थापित सगरमाथा साहित्य परिषद्ले साहित्यकारहरुको जयन्ति, विभिन्न दिवस तथा अवसर पारेर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।