साँचो कुरा लेखौँ भने ज्यान, जागिरको आश छ
नलेखौँ त छातीभरि पीडाहरूको ह्रास छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ
अपराध नलुकाउनु भन्ने जनमास छ
त्यसैले त संकेत मात्र, नत्र सत्यनाश छ
ज्यान, जागीर असुरक्षित हुने ठाउमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस भन्ने मेरो आश छ
मेरो जीवन, जीवन होइन साँच्चै जिउँदो लाश छ
थोरैभन्दा धेरै बुझ्नोस भन्ने मेरो आश छ
ज्यान, जागीर असुरक्षित हुने ठाऊमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस भन्ने मेरो आश छ
कहाँ नेर ? कस्तो जागीर सोध्लान् भन्ने त्राश छ
शिक्षण पेशा भन्नु मात्र दुर्गुणहरूको ह्रास छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ
सबै साँचो कसरी लेख्नु ? रामराम सत्यनाश छ
उनीहरू मात्र दोषी छैनन् हाकिम त झनै वदमाश छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा वास छ
आँ गर्दा अलङ्कार बुझ्नोस भन्ने मेरो आश छ
अरुको त के पो ! डर ? साथी भाइकै त्रास छ
खोली दिदाँ सबै पोल पाप् घट्लाकी ? आश छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा वास छ
आँ गर्दा अलङ्कार बुझ्नोस भन्ने मेरो आश छ
अरुण वरुण संगम स्थल नजिक मेरो वास छ
ठाउँ, ठेगाना पत्ता लाउनोस् भन्ने मेरो आश छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ
एउटा गाऊको मात्र यो दुर्दशा होइन साथी !
यो इलाकाको नै गति एकनाश छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ
गरीव निमुखाहरूको बहुमत भएर के गर्नु ?
सुझवझ भएको ठुलो मान्छे नै वदमाश छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ
धेरै वयान कति फलाकुँ कुरा बुझ्नोस भन्ने आश छ
ज्यान, जागीर असुरक्षित हुने ठाउमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस भन्ने मेरो आश छ
जयबहादुर घिमिरे
श्रीशिशुरक्षा प्रा.वि. पावाखोला–३ संखुवासभा