Skip to content


मात्र लेखक कहलिन
लेखिएको ठेली
कसले पढ्छ अब ?
लेखक भएपछि
लेखेको बरु एक हरफ पढिन्छ
आजकल
लेखक हुन पढ्न पर्दैन
लेखक हुन गर्नु पर्छ
तर कसरी ?

जसरी जगदिश घिमिरेले गरेर लेखे
कृष्ण धरावासीले गरेर लेखे
कर्ण शाक्यले गरेर लेखे
झमक घिमिरेले परेर लेखिन्
जोन उडले गरेर लेखे
अन्य सबै यहाँ
उल्लेख गरी के साध्य छ र ?

त्यसैले
लोकप्रिय बन्न ईच्छुक लेखक महोदयहरू !
अब
कलम बन्द गरी गर्न थाल्नोस्
किनकि, जमाना बदलिएको छ
गरिएको पढ्न पाठकहरू लालायित छन्,
न कि,
कोरा कल्पनाका आदर्श ठेलीहरू निम्ति
गरिसकेपछि
लेख्न तपाईलाई के गारो ?
कोरा कल्पनाको
विश्व चर्चित महान ठेलीहरूभन्दा त,
गरेर लखिएको
एक हरफ नै कता हो कता प्यारो ।

जय बहादुर घिमिरे
श्री शिसु रक्षा प्रा.वि. पावाखोला–३ संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *