Skip to content


कति राम्रो पेशा तिम्रो टाई कालो सुट
गहिरिएर हेर्यो भने रहेछ अद्भूत
निर्दोष, निर्धो, ब्रह्मज्ञानी भन्ने जानीजानी
कठघरामा स्वागत गर्छौ विपक्ष नै ठानी ।

घाइते बनी मृग ढल्दा व्याधा हाँसे सरी
बहस गर्छौ इजलाशमा मुड्की बजारी
नानाभाँती तुक्का जोड्दै गर्छौ वकालत
साँचोलाई झुटो भन्ने धन्य तिम्रो हक ।

यस्तो पेशा गर्नु भन्दा भोकै बस्छु म त
कुल्ली, ज्यामी, भरिया बन्दा कस्ले सराप्छ त ?
चाहे होऊ प्राइभेट वकिल चाहे सरकारी
यस्तो चुत्थो काम गर्ने दुवै बराबरी ।

सिस्नो खाऊ, झुम्रो लाऊ, उब्जाऊ अन्नपानी
कालो सुटमा सजिँदैमा ठूलो हुन्नौ नानी
गान्धी जस्तै वकिल बन सत्य मात्रै बक
नैतिक रुपमा झुटो बोल्ने कहाँ छ ? तिम्रो हक ।

जयबहादुर घिमिरे
खाँदबारी-७, माल्टा, संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *