गरिमा !
तिमीलाई एक सुशिक्षित सुन्दरी ठानी
कन्यार्थू बनी बहु पटक धाएँ
तिमीले स्वीकार पनि त गरिनौ
अस्वीकार पनि त गरिहालीनौं
केवल आशामा
तड्पाइ राख्नु मात्र तिम्रो ध्येय रह्यो ।
त्यसैले
मैले पनि सरासर
तीन जोर छालाको जुत्ता फटाए ।
आखिर
ग्राहकको ताती लगाउनु नै
तिम्रो नशा भन्ने कुरा मैले ढिलो बुझे ।
त्यसैले
अव त मलाई झुक्किएर पनि
नवोलाउनु हैँ प्रिय !
किनकि,
तिमीलाई लगौटीको फुर्को उचाली
सलाम ठोके ।
जय बहादुर घिमिरे
