Skip to content

नयाँ व्यवसाय


पच्चीस वर्ष प्राथमिक दरबन्दीमा शिक्षण गरी हाल निवृत्त भएको छु । पेन्सनले घर खर्च पुग्दैन । अन्य आयस्ताको बाटो छैन । बुढेसकालमा के व्यवसाय गरौँ भनेर केही महिना घोत्लिंदा घोत्लिदै बित्यो ।

एक दिन भुल्याएस सम्झें, अब एउटा फ्ल्याट भाडामा लिने र तास खेलाउने दाउ पर्दा कहिले काँहि जुवा पनि खेलाउने । तर मन मानेन । एउटा पबित्र पेशा गरेको गुरु । कसरी त्यो व्यावसाय अपनाउने ? फेरि अर्को मनले भन्यो – मेरो पेशा मात्र त पबित्र थियो ।

पच्चीस वर्षमा दुई–चार जनालाई राम्ररी कालो क चिनाउने मौका नै नमिली पेन्सन भो, सम्झदा टेन्सन पनि हुन्छ । जागीरको अवधि भर यस बिषयमा मेरो मनमा चलेको द्धन्द प्रकाशन गर्दा आज भोलि म लेखक नै कहलिएको छु । आश्चर्य पनि लाग्छ, अलिकति आनन्द पनि । आश्चर्य यो मानेमा समाज भलोको कुनै कार्य गर्न सकिन । सरकारले सुम्पेको दायित्व पनि राम्ररी पुरा गरिएन तैपनि निवृत्त भए । सन्तोष यस मानेमा कि यस्तै फाल्तु कुरो सार्वजनिक गर्दा साहित्यिक परिवेशका देश बिदेशका सबै साथीहरूसँग परोक्ष भए पनि चिनजान भो ।

अँ म कुरा गर्दै थिए नयाँ व्यावसायको । तास खेलाउने । तर कसरी ? त्यो बारेमा आफूलाई पूर्ण ज्ञान चाहिन्छ । आफूलाई पुराना जमानाका तास खेल फलास, किटी, मिलमपत्ती, साईडल, कलब्रेक आदि बाहेक आउदैन ।

यसो बुझेको तासको बजार म्यारीज भन्ने दुईएक पत्तीले खेल्ने तीन बुक तासको पो रहेछ । अब परो कि फसाद ! को को त्यसका पेशेवार खेलाडीहरू हुन् । कहाँ कहाँ खेल्छन्? कसरी तीनीहरूलाई आफूकहाँ आकर्षण गर्ने ? आदि कुरा को समस्या भो । त्यसैले मैले पहिले त्यो म्यारीज खेल खेल्न सिक्ने बिचार गरे । यसो तास खेले ठाउमा गएँ । वसँे । ध्यान पूर्वक हेरे, केही दिन यसो गरेपछि आफूले पनि तीन वुक तास किने फिट्न सिके ।

सानो सानो पइन्टमा खेल्न शुरु गरे । खेल पनि साँच्चै इमान्दार पाराले औकात अनुसार खेल्ने हो भने टायम पासको माध्यम पनि हुने रहेछ, जस्तो पनि पो लाग्यो । त्यसैले चिने नचिनेका जो कोहीलाई पनि तपाईंलाई म्यारीज खेल्न आउछ ? भनी सोध्दै खेल्न पनि थाले ।

नभन्दै एक–दुई महिनामा सामान्य काम चलाउ खेल खेल्न जाने । त्यसपछि बजारमा भएका खेलाडीहरूको सम्पर्कमा गएँ । आफ्नो फ्ल्याटमा चोलाएरर उद्घाटन गरे । एउटा फ्रिज किने त्यसमा अलि अलिकति बियर, कोक, फ्यान्टा, रुस्लान पनि राख्न थाले । खेलाडीहरूले खेल्ने खाने गर्न शुरु गरे । शुरुबुरु आयस्ता पो हुन थाल्यो । मेरो पालो अर्को फ्ल्याट थपे । एक जना HIV पोजिटिभ एक६ वर्षे शुन्दरीलाई काम सहयोगमा राखे, उनलाई रोजगार दिएँ ।

बाफ रे बाफ, आज भोलि त सबै खर्च कटाएर प्रति महिना पचास–साठी हजार आम्दानी भैरहेछ । तासमा दश–बीस हजार हारेपछि वा मारेपछि त्यो रन्कोमा धन भएका बुद्धी नभएका मनुवाहरू दुई–चार हजारको मासु र रक्सी खान किन्चित मान्दैनन् । पस्किएर सेवा गर्ने शुन्दरी तालिम प्राप्त छिन् । उनलाई अन्य पुरुषहरूलाई HIV नसार्न मैले निर्देश गरेकै छु । यति भएपछि चित्र गुप्त को हिसाव कितावमा पनि मेरो अपराध दरिने डरै भएन । आखीरी मेरो बजार भनेको धन भएका बुद्धि नभएकाहरूको बजार हो । मैले व्यवसाय वन्द गर्दा पनि उनीहरू अन्यत्र कतै गई फजुल खर्च गर्नेनै छन् भने मलाई के डर ?

अब म मेरो आम्दानीको कम्तीमा पच्चीस प्रतिशत चाहि बास्तबिक पिडित साहित्यकार को भलाइको निमित्त खर्चीने छु । तपाईलाई मेरो नव व्यवसाय कस्तो लाग्दछ, बताउनोस ल !

जय ब. घिमिरे
डिमा बीस७० चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *