Skip to content


साथीभाइले सोध्छन् मलाई के–के लेख्नु भयो ?
झट्टै जवाफ दिन्छु मैले जे – जे देख्नु भयो
जे जे भोग्यौ जे जे देख्यौ त्यही वढ्ता लेखौँ ।
कल्पनाको ठेली लेखी मूलवाटो नछेकौँ ।

कल्पनाले भरिएका हाम्रा शास्त्रहरू
भूल्यौ हामी त्यसै भित्र माथि गए अरु
अनुकरणीय यौटा सानै काम गरु
लेख्न परे त्यसै बारे लेखिदिऊँ न वरु ।

उदाहरण लेऊ तिमी थोरैदेखि कन
कस्ले वढ्ता चर्चा पायो ? तिमी आफै भन
मूख्य कुरा सुन तिमी काम गर हाम्रो
कल्पनाको ठेली लेखी वन्ला र देश हाम्रो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *