कृषि पेशा सबैभन्दा पुन्य भनी कहलिन
त्यही पनि निधारे हुँदा सधै हिलो सुकाइने
त्यही पीडाले सहर पसी ब्यापार थालेको थिएँ
अस्वस्थ्य प्रतिष्पर्धामा थलिनसम्म थलिएँ
प्रतिष्ठित पेशा ठानी लेख्न थालेँ शुरु बुरु
पारिश्रमिक नलिएमा छापी दिन्थे खुरुखुरु
हर्ष मान्दै तर पनि घर फिर्थेँ लूरुलूरु
यस्तै यस्तै हुदाहुदै दिन बिते खुरुखुरु
भोका नाङ्गा छोराछोरी जब रुन्थे धुरुधुरु
त्यसैबेला मलाई लाग्थो आत्महत्या गरी मरु
नसकेर पुन सोचेँ साधु भेष धरुँ बरु
गुरुकुल सेवा पनि दिक्क लाग्यो कति गरुँ?
स्वगर्जान गंगाजीमा जीवन लीला सकिदिए
यसै उपायलाई नै अन्तिम भनी ठानिदिएँ
स्वर्गमा नि साना ठुला भक्त विषे सनातन्
पक्षपात हुँदो रैछ दैख्न थालेँ दनादन्
अनि चेत फिर्यो मेरो पूनःजर्नम भएदेखि
दरो गरी गर्ने थिएँ संघषर्को ठुलो खेती ।
२००६७।११।१६
जय बहादुर घिमिरे
श्रीशिशुरक्षा प्रा.वि. पावाखोला–३ संखुवासभा