हे बुबा ! भनीे आदर गर्छु सधैं नै सम्झन्छु ।
आकाशभन्दा विशाल छौ नि गर्वले रम्दछु ।।
गरेको छैन कहिल्यै पनि रुखो र पिरले,
गर्दछु सधैं आदर तिम्रो सफा नै दिलले ।
पाकेको माया गर्दछु तिम्रो धड्कन धड्काई,
अपुरो काँचो मायाले कबै हुँदैन सफाइ ।
निःस्वार्थ माया गर्दछु सधैं पिताश्री भनेर,
गर्दिन स्वार्थी बनेर कबै फाइदा हेरेर ।
झूठको दिल त्यागेर सधैं पवित्र सम्झन्छु,
साँचो नै माया गर्दछु अनि सर्वस्व भन्दछु ।
ब्रम्हाको रुप देख्दछु तिम्रो स्वरुप ईश्वरी,
तिम्रो नै बीज हुँ नि म एक उत्तरा–धिकारी ।
कर्तव्य तिमी सधैं नै गर्छौ अटल मलाई,
यसैले गर्दा जीवन मेरो भयो नि भलाइ ।
लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय
२०७३ भाद्र १६को बुबाको मुख हेर्ने दिनको शुभ–कामना सहित
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
