कृष्णको जमाना
हरिले आफूलाई निकै ठुलो क्रान्तिकारी भन्थ्यो तर उसको छोरो कृष्णले हरिको रुढीवादी विचारसँग धेरै सङ्घर्ष गरेर आफू क्रान्तिकारी बनेको भन्थ्यो ।
रामको जमाना
रामले आफ्नो बुबा कृष्णको रुढीवादी विचारलाई लत्याउँदै धेरै सङ्घर्ष गरेर आफूलाई निकै ठुलो क्रान्तिकारी सावित गरेको भन्थ्यो ।
लवकुशको जमाना
रामको छोरो लवकुशले भने आफ्ना बुबा रामलाई रुढीवादी विचार अङ्गाल्यो भनेर ठुलो सङ्घर्ष गर्नुपर्यो ।
२०७३ असार १०
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
