Skip to content

डटेर लौ जुट (गीति कविता)


दुःखी हो जाग, हकका लागि गर्जेर लौ उठ ।
नाप्पियो पाप बचाऊ धर्म डटेर लौ जुट ।।

समान हुन दरिलो मुटु गर्नुछ सबले ।
पछाडि हटी डराई बस्न हुन्ननि अबले ।
भलाइ गर नगर आश कर्ममा लम्क न ।
फलको चिन्ता गरेर हुन्न पौरखी बन न ।

सहेर बसे हेप्नेछ सबले पाइन देखाऊ ।
एक भै जुटे हुनेछ शक्ति सगर समाऊ ।
कि बाँचे देख्छौ देशमा सदा प्रभाती फुलेको ।
कि मरे हुन्छौ कायर हुन्न शहिद देशको ।

लय :– ३ं+२, ३+२, ३+३ जम्मा १६ मात्रा

२०७३ बैशाख २६
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *