Skip to content

घडी बन्द (लघु कथा)


जिउँदोमा काँध दिने कोही छैनन् बरिलै यो संसारमा । मरेपछि काँध दिन जो पनि तँछाडमछाड गर्छन् हरे ! धार्मिकताको यो कलङ्क स्वार्थी दुनियाँ ! हो दीपक छैन आज यो संसारमा ।

वर्षौं भयो उसको विश्वको नंबर एक स्वीस घडी बिग्रिएको । एउटा जस्तो घडी पनि बनाउन सक्छु भन्ने घमण्डी घडी मेकानिकले बनाउने भनेर लगेको थियो तर ऊ पनि हार खाएर त्यहीँ त्यो घडी बनाउन सकिएन माफ गर भनी गिडगिडाउँदै छ उसको लासको अगाडि ।

आज उसका प्रशंसकहरू धेरै छन् तर यस भीडको संसारमा सधैं अरुको अँध्यारो मेटाउन सदा तम्सने दीपक आज छैनन् ।

जसको समय नै आज मरिसक्यो उसको घडीको समय सदा मरेर के भयो र उसलाई, अब केही पनि कतैबाट पनि जीवनमा जस्तो तालमेल छैन यसमा ।

खै अर्को दुनियाँमा जन्मँदा दीपक के के हुने हुन्, के अर्को दुनियाँमा उसको एकाङ्कीपन दूर होला ?

२०७३ साउन ३
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *