Skip to content

पहिलो मायाको ठाउँ


तिम्रो यो दिल सम्हालेँ हेर प्रेमले भरेर ।
दिन्छु म दिल साँचेर राख बदला गरेर ।।

भेट्ने भो पक्का जहिल्यै सधैं मायाको त्यो गाउँ,
संगत हाम्रो भएको सुरु सुप्रिय त्यो ठाउँ ।
प्रणय दिल चलाई झुमी बेगले डेगले,
दिनका दिन मलाई भेट प्रेमले प्रेमले ।

र्मिर्मिरे देखि सन्ध्याको बेला मलाई नभेट,
श्रमिक हुँ म बाध्यता मेरो मलाई नछेक ।
मायाको फूल फूलाई सधैं उज्यालो पार्नेछु ,
पहिलो भेट भएको राम्रो क्षण मै भेट्ने छु ।

लय :– (३+२)= ५, (३+२)=५, (३+३)= ६ जम्मा १६ मात्रा असारे

२०७३ साउन ११ मङ्गलवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *