Skip to content


कस्तो जिन्दगी ! हेर्दा सादा छ ।
सोच प्रिज्मले, स्वाद रङ्गी छ ।।

आँसु पनि छ, खुसी पनि छ
दोष पनि छ, गुण पनि छ
काँडा पनि छ, फूल पनि छ
दुःख पनि छ,सुख पनि छ

घाम पनि छ, छायाँ पनि छ
हल्का पनि छ, भारी पनि छ
प्राप्ति पनि छ, गुम्नु पनि छ
मीठो पनि छ, तीतो पनि छ

दिल पनि छ, सोच पनि छ
भाग्य पनि छ, कर्म पनि छ
झोज पनि छ,मोज पनि छ
श्रम पनि छ, फल पनि छ

लय :– २ जोड ३ विश्राम २ जोड ३ विश्राम जम्मा १०

२०७३ भदौ २
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *