Skip to content

सम्माननीय प्रधानमन्त्री प्रचण्डजीलाई खुल्ला-पत्र

kjullapatra

प्यारो सम्माननीय नेता प्रधानमन्त्री प्रचण्डजी !

आजको यस घडीमा मैले अहिले सर्वसाधारण आम नेपालीजनताको प्रतिनिधि भएर जिम्मेवार व्यक्तिको हैसियतले हाम्रो देश नेपालको प्रगतीका लागि निम्नलिखित अत्यावश्यक केही सल्लाह सुझावहरु तपाईंले नेपालको नेतृत्त्व सम्हालि रहनुभएको सम्माननीय प्रधानमन्त्री भएको नाताले पेश गरेको छु ।

हाम्रो देशमा सामन्ती राजतन्त्रले युगौंदेखि अनेकौं थिचोमिचोले सर्वसाधारण जनताहरुलाई वितण्डा मचाएर दुःख दिएको थियो । राजाकोे परिवार, उसका नातागोता, चाकरी बजाउने आसेपासेले मात्र देश लुटेर जनतालाई बेहाल बनाएको थियो । । जनता दास बराबर थिए । देशले सधैं रुनु पथ्र्यो । ०४६–०४७सालको आन्दोलनपछि कांग्रेस र एमाले पार्टीहरु संबैधानिक राजतन्त्रअन्तर्गत थिए । यस्तोमा राजतन्त्र संबिधान बाहिर गएता पनि जननिर्वाचित सरकारले केही गर्ने हैसियत राखेका थिएनन् । त्यस्तोबेला १० वर्षसम्म राजतन्त्र विरुद्ध उभिएको तपाईंकै पार्टी थियो, सो पार्टीको अध्यक्ष भएको हैसियतले त्यसको अर्थात नेपालमा गणतन्त्र ल्याउने प्रथम श्रेय सर्वप्रथम तपाईंमा नै जान्छ । यसका लागि नेपाली जनताहरु सबैले धेरै–धेरै धन्यवाद दिएका छन् र यसका लागि मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि यहाँलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । ज्ञानेशाहीको निरङ्गुश एकतन्त्रीय शासनले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भयो भनेर हटायो । त्यसैको इखले शेरबहादुर देउवादेखि राजतन्त्र हटाउन सुरु भएको संबैधानिक राजतन्त्र खत्तम पार्न दिल्लीमा एमाले, कांग्रेसलगायत संबैधानिक राजतन्त्र मान्नेपार्टीहरुसँग राजतन्त्र ढाल्नका लागि तपाईंको पार्टीको पनि सम्झौता भयो । सदियौंदेखिको निरङ्कुश सामन्तीतन्त्र राजतन्त्र ढल्यो । नयाँ राम्रो युगको सुरुवात भयो । यसका लागि जुट्ने सबै पार्टीलाई धेरै–धेरै धन्यवाद छ । राप्रपा एउटाले त्यो बेला समर्थन गरेन । त्यसैले अहिले राप्रपासँग गणतन्त्रको समर्थनै गरे पनि छेपारोले जस्तो रङ्ग फेर्ने निश्चित छ । सचेत रहनुहोला ।

२०७३ साउन २०देखि सायद ९ महिनाका लागि तपाईं हाम्रो देश नेपालको प्रधानमन्त्रीका रुपमा दोस्रोचोटि प्रधानमन्त्री अनि दोस्रोचोटि प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेताका रुपमा सुअवसर प्राप्त गरेर उपस्थित हुनु भएको छ । आज तपाईंले सरकार चलाउनु भएको ४ दिन भइसकेको छ । राम्रा–राम्रा कार्यक्रमहरु आइरहेको आभास पनि पाएको छु । त्यसका लागि कार्यान्वयन पक्षमा विशेष जोड पनि गरिदिनुहोला । विगतमा तपाईं पहिलोचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नु भएको बेला प्रधानसेनापतिले तपाईंले भनेको नमान्दा तातो रिस देखाई राजिनामा चढाएर आउनु भएको थियो । यसले तपाईंलाई धेरै पाठ सिकाएको जस्तो लागेको छ । त्यस्तै यसपालीको पछिल्लोचोटिको संबिधानसभाको दोस्रो निर्वाचनमा हेलिकप्टरबाट चुनाव प्रचारप्रसार गर्नु भएको थियो भने कांग्रेस जस्तो पार्टीका नेता सभापति शुशील कोइराला भने साइकलमा चुनाव प्रसारमा व्यस्त थिए । त्यसपछि तपाईंको पार्टीको हैसियत के भयो ? यसबाट पनि तपाईंले पाठ सिक्नु नै भयो होला भन्ने मलाई लागेको छ । आज थुप्रै ठाउँबाट तपाईंबाट “यसपाली पनि हामीले केही गरेनौं भने हामी समाप्त हुन्छौं, त्यसैले अहिले ९ महिनाको जुन देशलाई नेतृत्त्वगर्ने सुअवसर आएको छ त्यसलाई देश र जनताका लागि सदुपयोग गर्नैपर्छ” भन्ने जुन अभिव्यक्ति आइरहेको छ । यसरी सम्बेदनशील भएर तपाईंमार्फत अभिव्यक्ति आइरहेकोले गर्दा तपाईंंलाई म आम नागरिकका हैसियतले बुबाका रुपमा हेरेर विश्वास गरिरहेको छु । माओवादी पार्टी भनेको देशको ८० प्रतिशत जनताले विश्वास गरेको पार्टी हो, यो कुरा पहिलेको जनसरकारको ८०% भूभागको पकड अनि पहिलो संबिधान सभाको मतले स्पष्ट हुन्छ ।

त्यसैले यो कसैले केही गरेर अर्थात तपाईंले सिध्याउँछु भनेर पनि सक्किने पार्टी होइन । माओवादी भनेको एउटा विचार हो । विचार भनेको कहिल्यै मर्दैन, त्यसैले मजस्ताले, तपाईं, मोहन वैद्य ‘किरण’, राम बहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लब’, डा. बाबुराम भट्टराई लगायतले धोका दिए पनि माओवादी सिद्धान्तप्रतिको सर्वसाधारण जनताको समर्थन कहिल्यै छुट्दैन र छुट्ने छैन । तपाईंहरु नआए अरु नेताहरुले माओवादी पार्टी सम्हाल्छन् । कांग्रेस एमालेको सरकार यसो हेर्दामा राम्रो देखिएता पनि गरीवीको रेखामुनिकाहरुका लागि उनीहरुबाट केही पनि उपलब्धीमुलक कार्यक्रम आएको छैन र आउनेवाला छैन भनेर यो कुरा सर्वसाधारण जनताहरुले भनिरहेका छन् । मिडियामा, इन्टरनेट–फेसबुकमा कांग्रेस र एमालेको वर्चस्व छ कारण के भने यो मध्यम र उच्चवर्गको पकड भएको क्षेत्र हो । जुन वर्गले तपाईंलाई हेरिरहेका छन् , तपाईंबाट आश गरिरहेका छन् उनीहरुको पहुँच सञ्चार माध्यमसँग हुने हैसियत छैन र जुन वर्ग जब गरीवीका रेखामुनि थिए त्यत्तिबेला तपाईंको पार्टीलाई समर्थन गर्थे तर जब उनीहरुको स्तर बढ्ने वित्तिक्कै उनीहरु पार्टी छाडेर सम्पत्ति जोगाउनतिर लागे । हो ! यहाँनिर पनि विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ । अझैपनि ८० प्रतिशत जनता भनेको गरीवीको रेखा मुनिका जनता हुन् । तसर्थ गरीवीको रेखामुनिका जनताले अहिले पनि तपाईंकै आश गरिरहेका छन् । हो ! यही वर्गलाई उत्थान गर्ने भनेर तपाईंले पार्टी स्थापना गर्नु भएको थियो, हो ! अब त गर्नुस् , अब निजी सुख सुविधाभोग सबै त्याग्नुस् । एउटा कम्युनले जस्तै सबैलाई परिचालित गर्नुहोस् ।

तपाईंको पार्टीको समर्थन गरिरहँदा हामीले कैयौं दुःख पीडा, अत्याचार, क्रुरतम मानसिक यातनाका पराकाष्ठा भोग्यौं । तपाईं ती गरीवीका रेखामुनिका जनताका लागि लागीपर्नुस् अझै हामी पहिलेभन्दा पनि दुःख झेल्न तयार छौं । मुख्य कुरा भनेको गरीवीको रेखामुनिको जनताको उत्थान हुनुपर्यो । यस्तो दुःखी गरीबको भलाइको गर्नैपर्ने आवश्यक कुरालाई राजनीति भनेर अहिले पनि ठुलाठुला मिडियाले सञ्चारित गर्दैनन् । हामीले मजस्ताले पहिलेको यातनाको अझै साइडइफेक्ट झेलिरहेका छौं । हामी अझै पनि आफ्नो सर्वस्व त्याग्न तयार छौं । सम्पुर्ण नेपाली जनताहरुको रगत पसिनाको करबाट तलब खाएर पुरानै कर्मचारीतन्त्र जस्तो खानपिन र खेलकुदमा मात्र सेनाहरु सीमित छन् । हामीसँग प्रशस्त तालिमप्राप्त ती सैनिकहरु छन् । सेना भनेको गु खाएर सप्रेको मुला जस्तोमात्र बनाउने होइन कि उनीहरुमा भएको लगानीले धुर्मुस सुन्तलीलेभन्दा कैयौं घर, घरबार नभएकाहरुलाई घरबार बनाउन सकिन्छ । देशैभर फोहोर मैलाको समस्या विकराल छ । “फोहोर मैला हटाउने अभियान” भन्ने सामाजिक अभियान त सेनाले गरेमा एक महिनामा गर्नसक्ने कुरो हो । किनकी उहाँ सेनाहरु हरेक कुराका लागि सहायताका लागि प्रशिक्षित छन् ।

त्यस्तै फोहारका लागि प्रत्येक व्यक्तिले आफु बस्ने ठाउँको सडक पेटी आफैले सधैं सफा राखेमा एकहप्तैमा हुने कुरो हो । त्यसका लागि म एकजनाले सफा गर्नेलाई पागल जस्तो भएर हेर्ने होइन कि सबैले पागल भएर फोहोर विरुद्ध जाग्रीत भएर सफाइ सधैं गरेमा एक हप्ताभित्र सफा हुने निश्चित छ । अर्को कुरा भनेको राजतन्त्रले लुटेको सम्पत्ति नेताहरुले राजाबाट फिर्ता नलिई आफुहरु पनि अर्को राजा बनी सम्पत्ति कुम्ल्याउने होडमा लाग्नु । यस्ता सम्पत्तिलाई पनि आजको गणतान्त्रिक संविधानअन्तर्गत सरकारीकरण अवश्य गर्न सकिन्छ र देशभरिका जनताका लागि अत्यावश्यक ठाउँमा यसलाई लगानी गर्न सकिन्छ । बढी कुरा के भर्नुँ मलाईभन्दा तपाईंलाई धेरै कुरा थाहा छ, तपाईंले यसपाली केही गर्नु भएन भने म अब कदापि विश्वास गर्दिन र कसैले पनि विश्वास गर्नेवाला छैनन् । यसबेला सबै जनताले तपाईंले “धेरै गल्ती गरेर पछुताएर आफु सिद्धिनबाट जोगिन पनि केही न केही त अवश्य गर्नेछन्” भनी हेरिरहेका छन् । त्यसकारणले पनि मैले तपाईंलाई बुबाको रुपमा देखेको छु । मैले अघि पनि भनिसकेँ तपाईंलाई झुपडीका वर्गले धेरै आश गरिरहेका छन् । त्यो आशलाई मर्न नदिनुहोला हामीहरु यसका लागि अझै कहर खान परेपनि तयार छौं ।

अहिले त विदेशमा यस्तो उस्तो भनेर केही लछारपाटो हुँदैन, मुख्य चुरो कुरो भनेको स्वदेशका लागि मैदान(फिल्ड)मा आउनु नै हो । यसका लागि मैले तपाईंलाई दिल भित्रैबाट बुबाको हैसियत राखेर देश र जनताका हितका लागि सुझाव दिएको छु , एक विश्वासिलो व्यक्ति बनाउनका लागि ! तपाईले यसलाई गम्भीर भएर मनन गर्नु नै हुनेछ भन्ने आशा गरेको छु ।

अरु कुरा के भनौं तपाईंलाई ! तपाईंलाई हामीलाई भन्दा धेरै ज्ञान छ । नबुझेकोलाई बुझाउन सजिलो हुन्छ बुझेकोले बुझ् पचाएमा कहिल्यै बुझाउन सकिन्न । सुतिरहेकोलाई उठाउन सकिन्छ । सुतेको जस्तो गरेकोलाई उठाउन सकिन्न । अबको पालीमा यसो नगरिलिनुहोस् ल बुबा ?

नेपालको नेतृत्त्व सम्हाल्नु भएकामा धेरै–धेरै बधाई !
सफल कार्यकालका लागि धेरै–धेरै शुभ–कामना ।
शुभ प्रभात !

२०७३ साउन २३ आइतवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *