दुनियाँ स्वार्थी मैमत्त सधैं यस्तो छ जमाना
जलाई दिल मनन गर्छ दुःखीकोे भावना
अरुका लागि जिउँछ सर्धैं निःस्वार्थ बन्दछ
किमार्थ कतै बहकी कबै दिपक छर्दछ
बजार हेर्छ भौतिक मेला केहि नि किन्दैन
आफ्नो नै बरु बेच्दछ खुसी कसैको छिन्दैन
प्रकाश छर्छ उज्यालो पार्छ अँध्यारो आकाश
गरेर छाड्छ धपक्क दीप चम्किलो प्रकाश
पैताला मुनी जमिन तर प्रयास गाल्दैन
आकाश छुने कदम राख्छ विचार ढाल्दैन
थोपा का थोपा प्रयास जोडी समुन्द्र पार्दछ
दुःखीका तीर्खा मेटाई अनि मुस्कान भर्दछ
जति नि ठेस खाएता पनि हिम्मत हार्दैन
उकाली बढी चुचुरो लान कीमार्थ छाड्दैन
कहर सही प्रतापी स्वर बुलन्द पार्दछ
पत्थर बनी अडान लिई संकट टार्दछ
तात्तातो गोली पचाई खान्छ पछाडि हट्दैन
देशको लाज बचाई छाड्छ कहिल्यै थाक्दैन
रगत सिंची पञ्छाई दुःख हाँसिनै रहन्छ
अदम्य आँटी सहिद लाल सगर्व बन्दछ
लय :– असारे ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय
२०७३ साउन १६ आइतवार
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाण्डौँ
bijusubedi@gmail.com
