Skip to content

नफक्रने थुङ्गो हुँदैन


नफक्रने थुङ्गो हुँदैन ।
ओइलाउने ढुङ्गो हुँदैन ।

पट्ठो भनी घमण्ड नगर,
बाह्रमासे जुङ्गो हुँदैन ।

पढेका कुरा मनन गर,
अनि कबै बुङ्गो हुँदैन ।

साहू जति स्वार्थ मै मग्न,
श्रमिकको कामको टुङ्गो हुँदैन ।

कर्म गर बैतरणी पार गर,
मझधारमा तार्ने डुङ्गो हुँदैन ।

२०७३ बैशाख १०
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

2016-04-22 16:25:26 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *