हे युवा तिम्रो काँधमा धेरै धर्तीको भार छ
तिमीले आज गरेनौ भने जिन्दगी बिग्रिन्छ
सक्षम तिमी सपार्नलाई हरेक मेसोको
तर यो कुरा तिमीले हेक्का गरेनौ किन नि
शोषित भए हरेक दुःखी तिमीले नडत्दा
काँधमा तिम्रो भार छ ठूलो आजको घडीमा
जनता लास बसेकोभन्दा झरेर दास छ
तिमीले आज के पायौ भन केही नि नगरी
शहिद पनि अशान्त छन् भएर थिल्थिला
जाति र भाषा, धर्मको रुढी विभेद हटाऊ
झुक्नु नि हुन्न, रुक्नु नि हुन्न, दबेर नबस
दुःखको भेल रोकेर तिमी सजाऊ बिपना
तिमीमा छ नि यथेष्ट बल गर्विलो पाइन
यसरी जिए सर्वत्र प्रेम लहर फैलन्छ
मान्छेको खून मान्छेले चुस्न नपरोस् अबले
रगत तिम्रो होइन पानी रगत रातो हो
लय :– (३+२)=५, (३+२)=५, (३+३)= ६ जम्मा १६ मात्रा असारे
२०७३ साउन १
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
