Skip to content

बुबा-आमाको विवाहको ५०वर्ष स्वर्ण जयन्ती


पचास वर्षको गहिराइको हेरचाह
सदाको, आशा र एकआपसका सदा साथ
माया प्रेमको गोरेटोमा साथसाथ यात्रा अनवरत
एकआपसको हेरचाह एकदम समीपसम्म
पचासौं करोडदेखि अनन्त माइलको हिँडाइ अनवरत
थुप्रै माया र खुसी अँझै भण्डारण कायम
आजको यो सुनौलो दिन
अँझै विवाहको पहिलो भेट जत्तिक्कै महत्त्वपूर्ण
उत्तिक्कै ओजस्वी र उत्तिक्कै समर्पित
धेरै अँझै उत्साहित, उमङ्गित
न नै यो कुनै चुट्किला वा व्यङ्गय
यो त चोखो प्रेम हो
सबैले यसबाट सिक्नुपर्छ पाठ
सधैं हँसिलो
सधैं व्यवहारिलो कदम
चौबीस क्यारेटको सुनको जस्तै शुद्ध प्रेम
परम्, पवित्र, यथेष्ट प्रेम
इन्द्रेणीको हरेक रङ्ग झैं, सबै साथ रङ्गीन कदम
साँच्चिक्कै राम्रो, असल अविष्मरणीय जोडी
पचास वर्ष अगाडिको मात्र नाता कहाँ हो र !
यो त युगौं युगको नाता पक्का हो
तर यो धर्तीको चाहिँ आज स्वर्णीम
तिमी बाबाआमा दुई साथ हुँदा
सधैं प्रेमील अविष्मरणीय गाना घन्किएको पाउँछु
ठूलो पाठ सिकायौ मायाप्रेम कसरी कायम राख्ने भनेर
र कसरी भाइचारा बढाउने भनेर
सधैं न्यानो सम्बन्ध देख्दै आएको छु
कबै छैन कतै चिसोपन, यो हो नि त माया
सधैं यस्तो साथ हरदम कायम भइरहोस्
यही नै मङ्गलमय शुभ–कामना
यही नै मङ्गलमय शुभ–कामना

छोरा
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

2 thoughts on “बुबा-आमाको विवाहको ५०वर्ष स्वर्ण जयन्ती”

  1. वुवा‍आमालाई हार्दिक बधाइ छ ।
    वुवा‍आमालाई हार्दिक बधाइ छ ।

  2. धेरै-धेरै धन्यवाद !!
    मेरो आफ्नो गद्य कविताको भावनाको समर्थन गरिदिनुभएकोमा मझेरी सञ्चालक तथा मझेरी परिवारलाई धेरै-धेरै धन्यवाद व्यक्त गर्दछु ।
    स्वागतम् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *