
१ परिचयः मानसरोवर तीर्थ चीनको स्वशासित तिव्वतमा पर्दछ । मानसरोवरयात्रा लाने कुनै ट्राभलमा तोकिएको शुल्क दिए पछि आ-आफ्नो पासपोर्ट उक्त ट्राभलमा जम्मा गर्नु पर्छ । १०/१५ दिनपछि सामूहिक भिसा लागेर आएपश्चात जान पाइन्छ । विभिन्न ट्राभल्सहरू छन् जस्तो नमस्ते होलिडे टूर एण्ड ट्रेक प्रा लि, हिमालय टुर एण्ड ट्राभल आदि । १० देखि १२ दिनसम्मको यात्रा हुन्छ ।
आर्थिक हिसावले पनि यो यात्रागर्न तीन किसिमको दर छ । हरेक साल भाडा दर हरेक ट्राभल्सहरुले बढाएकै हुन्छ ।
(क) काठमाण्डौ ल्हासा रुटः २ दिन प्लेनमा ६ दिन बस र १ दिन रेल वा बसबाट ३ दिन पैदल गरी जम्मा १२ दिन । यो रुट महंगो पर्छ ।
(ख) दोस्रो रुटः सिमिकोट, हुम्ला, हिल्सा- ताक्ला कोट जम्मा १० दिन । ४ दिन बस, ३ दिन प्लेन र हेलिकप्टर, तथा ३ दिन पैदल गरी १० दिन । मध्यम खर्च पर्छ ।
(ग) तेस्रो रुटः रसुवागडी- केरुङ्ग/ कोदारी कुती (न्यालम) काठमाणडौं त्रिसुली टिमुरे हुँदै केरुङ्ग हुँदै ७ दिन बसमा र ३ दिन पैदल गरी १० दिन । सस्तो खर्च पर्छ ।
केरुङ्गबाट सागा र ल्हासाबाट पनि साँगामै आएर मिल्छ । साँगाबाट मानसरोवर, मानसरोवरबाट तीर्थपुरी र धारचीनसम्म बसमा त्यहाँबाट पुन ५ किमी अगाडि यमद्वारसम्म मात्र बस । त्यसपछि पैदल धारचिन ३ दिन घुमेर सोही शहरमा मिल्छ ।
२ उदेश्यः यसका मुख्य तीन वटा उदेश्य छन् । ती हुन् –
(क) पहिलो पाटोः चाइना श्वशासित तिव्वतमा विकाश कसरी भएका छन् भन्ने कुरा देख्न पाइन्छ । मानसरोवर तथा कैलाश यात्रामा तीनवटा रुट छन् । रसुवागडी केरुङ्ग वा कोदारी कुती काठमाण्डौं ल्हासा तथा सीमिकोट हुम्ला हिल्सा । जताबाट प्रवेश गरे पनि तिब्वत भएरै जानु पर्ने भएकोले चाइनाले तीव्वतलाई कसरी विकाश गर्दै लगेको छ भन्ने कुराको अनुभव हुन्छ । रहन सहन उन्नति प्रगतिको बारे जान्न पाइन्छ । नेपाल चाइना सीमा प्रवेश गर्ने वित्तिकै विकासले फट्कोमारेको हेर्न पाइन्छ । त्यही हावापानी त्यही वातावरण तर विकाशका पूर्वाधार मानिने सडक, सिचाइ, उद्योग, स्वस्थ्य, र भौतिक पूर्वाधार तथा उर्जाहरुले छर्लङ्गै छुट्टिन्छ नेपाल र चाइना । भिन्नै भूगोल प्रवेश गरेको अनुभव हुन्छ । चिल्ला र चौडा बाटाहरु, हावा र सोलारबाट विध्युत उत्पादन गरेको, सुरुङ्गमार्गको प्रयोग । रसुवाको टिमुरे भन्सारमा शौचालयसम्म उपयुक्त पाइदैन तर पूल पारी चाइना भंन्सारमा कति राम्रा सहुलिएत र सुविधा छन् । सिमाना जोड्ने पूल जम्मा ४५ दिनमा बनाएको हेर्दा नै हामी छक्क हुन्छौ, यही उदाहरण नै काफी हुन्छ विकाशका बारेमा भन्नु पर्दा । केरुङ्गबाट उभो लाग्ने वित्तिकै साउनमा पनि कतै तोरी फूली राखेका छन् कतै केराउको फूल खेलिरहेका त कतै भेडा च्याङ्ग्राका बथान चरिरहेका कतै भने याक चौरींका बथान बाटोकै आसपास देखिन्छन् । यस्ता बथानको रेखदेख एक जनाले बाइकमा, अथवा कुकुरको भरमा गरेको पो हुदो रहेछ । विकासको अर्को महत्वपूर्ण पाटो भनेको काम गर्ने समय पनि हो । नेपालमा ८ बज्दा चाइनामा १० बजेको हुन्छ अर्थात नेपालको ८ बजे काम शुरु हुन्छ र नेपालको ६ बज्दा उता ८ बजिसकेको हुन्छ । ८ बजेसम्म पनि काम गरेको देखियो कतै त १० बजेसम्म पनि गरेको पाइयो । अर्थात चाइनामा ८ देखि ६ बजेसम्म १० घण्टा न्यूनतम काम गर्छन् भने, नेपालमा ८ घण्टा मात्र । दुवै देशमा १ घण्टा आराम पाइन्छ यो वीचमा । हप्तामा १४ घण्टा महिनामा ५६ घण्टा बढी काम गरेको पाइन्छ ।
(ख) दोस्रो पाटोः यस यात्राको अर्को पाटो भने स्वास्थ्यबारे हो । सामन्यतया विरामी मानिस यो यात्रामा जान सक्दैन । लेक लाग्ने सम्भावना रहन्छ । टाउको दुख्नु र बान्ता हुने तथा खान मन नलाग्ने जस्ता सामन्य लक्ष्यण साँगाशहर देखिनै देखा पर्न सक्छ कुनै तीर्थ यात्रुलाई । मानसरोवर परिक्रमा प्राय सबैले गर्न सक्दछन् कारण बसबाटै मानसरोवर परिक्रमा गराइन्छ । तीर्थपुरीसम्म पनि बसबाटै दर्शन गराइन्छ तर कैलाश परिक्रमा भने सबैले गरेको अहिलेसम्म अभिलेख सायदै कोहीसँग होला । हरेक पटक केही प्रतिशतले मात्र कैलाश परिक्रमा गर्दछन् । असी वसन्त पार गरेकासम्म पनि परिक्रमा गरेको अभिलेख छ भने तीस पैतीस वसन्तमात्र पारगरेकाले पनि नसकेको थुप्रै उदारहण छन् । विगत वर्ष २०७५ साउन ७ गते केरुङ्ग रुटबाट ७१ जना र ल्हासारुटबाट ३६ जना समेत १०७ जनाको समूहले यही “नमस्ते होलिडे टूर एण्ड ट्रेक प्रा लि” मार्फत गएका तीर्थालूहरुले मानसरोवरमा जम्मा ११ लाख बत्ती बाली रमाइलो तथा उत्साह मनाएको थियो । यस्तो रमाइलो भएता पनि धारचीन पुग्दा जान नसकिने तीर्थ यात्री धेरै भए । करीव हामी ७२ जना जति डेरापुक पुग्न सकियो जसमा ११ जनाले घोडामा परिक्रमा गरे भने ३० जना पैदल गरी ४१ जनाले परिक्रमा गर्न सफल भएका थियौं । यो हिसावले जम्मा ४३.८ प्रतिशतले मात्र परिक्र गर्नमा सफल भयो । त्यस मध्ये पनि पैदल जानेको प्रतिशत ३०.१ प्रतिशत हुन आउछ । यो नमस्ते ट्राभल्सबाट जानेको उदाहरण हो । २०७६ असार २७ गते सोही ट्राभल्सबाट हामी ३५ जना सोही यात्रामा निस्केकोमा धारचीनबाट डेरापुकसम्म जाने २२ जना र कैलाश परिक्रमा गर्ने हामी ४ जना मात्र थियौ । यो हिसाव गर्दा जम्मा १.४ प्रतिशतमात्र हुन आउछ । यसरी फरीक्रमा गर्न नसक्नुमा लेक लाग्नु प्रमुख कारण हो भने दोस्रो पैदल र उकालोको कारण हुन आउँछ । हामी मध्ये कतिको पैदल हिड्ने बानी छुटिसकेको छ त्यसकारण कलिलै उमेरमा पनि उकालो हिड्न सक्दैनन् । यो एउटा आफू कति स्वास्थ्य छु भनेर प्रमाणित गर्ने समुचित तथा साहसिक गन्तव्य हो कैलाशपरिक्रमा । अर्को कारण जो समर्पित छ कि मर्छु कि पार हुन्छु भनेर जानेहरू जानसक्छन् पनि । के कसो हो ? केही गरी थला परियो भने त रेस्क्यू हुदैन होला भनेर शंका गर्नेहरू जान सक्दै सक्दैनन् यसमा ठोकुवा गर्न सकिन्छ मेरो द्रोस्रो अनुभवले यही भन्छ । अर्को गौण कारण चाइनिज गाइडले प्राय नेपाली गाइडलाई कम परिक्रमा गराउन निर्उत्साहित गर्छन् कारण परिक्रमाको क्रममा मृत्यु भएमा उनीहरुलाई कठीन हुदोरहेछ । ६५ वर्षभन्दा माथिको नजानु नै भन्छन् । गत २०७५ सालमा हाम्रो ७२ वर्षको नरहरी गौतम दाइलाई अत्याइ दिए । जान सक्नु हुन्न स्वास्थ्यलेसाथ दिदैन भने दाइले पनि मरे मर्छु तिमीहरुलाई केही हुदैन भनेर जिद्दिगरेपछि सहमति भयो दाइले पार गर्नुभयो । यसकारण निरोगीताको प्राण पाइने ठाउँ पनि हो । यस यात्रामा भारतीय मूलका यात्री तुलनात्मरुपमा कम र एन. आर. एन. (Non Residence Nepal) को संख्याबढी परिक्रमा गरेको पाइन्छ ।
(ग) तेस्रो, अन्तिम र महत्वपूर्ण पाटोः धार्मिक महत्व छ । सामन्यतया यो यात्रा जो कोही वा धेरै जसोले विविधकारणले जान सकिरहेको हुदैन । मानसरोबरलाई माता र कैलाश पिताको रुपमा पनि हेरिन्छ । गणेश र कुमारले कैलाशको परिक्रमा गरेकोले महादेवबाट बर्दान पाएको पौराणिक कथा सुनिएकै कुरा जुन यहीं पर्छ । जे होस माताको परिक्रमा सजिलो छ । बसबाट करीव ३ घण्टामा गरिन्छ भने पिताको पैदल वा घोडाबाट २ रात तथा ३ दिन लाग्छ र मनको कठीन पनि छ । माता सहज पिताको कठीन भन्न त नपर्ने हो दर्शनमात्र त धार्चिनबाट हुन्छ र अँझ राम्रोसँग दर्शन गर्न मात्र १२ किमी पैदल हिड्नु पर्छ । धेरैले यतिसम्म गर्छन दर्शन पाउछन् तर पिताको पूरै परिक्रमा गरेर आफूलाई भक्त सावित गर्न भने कठीन परिश्रम गर्नु पर्छ । हिन्दूहरुको महान तीर्थ हो मानसरोवर र कैलाशदर्शन । जसरी मुसलमानहरुले महान तीर्थ मक्कामदिनालाई मान्छन् र क्रिश्चियनहरुले भेटिकनसिटिको चर्चलाई मान्दछन् भने हिन्दूहरुले यसलाई मान्ने गर्छन् । नेपाली हुन या भारतीय हुन या भुटानी हुन या अन्यदेशका हिन्दूहरू नै किन नहुन यी सबैको माहान तीर्थ देवादिदेव माहादेवको धाम र माता पार्वतीको धाम हो कैलाश । त्यसकारण हिन्दू भएर जन्म लिएपछि जीवनमा एक पटक यो तीर्थ जाने इच्छा प्रयाः सबैको हुन्छ ।
यस यात्रामा जान यी चार कुरा चाहिन्छ ।
(क) इच्छाः सबैमा इच्छा हुनै सक्दैन । कोहीको भने तीब्र इच्छा हुन्छ तर जान सकिरहेको हुदैन ।
(ख) स्वास्थ्यः जवानीमा माया, मोह, लोभ तथा कामभोगमा बितायो यतातिर ध्यानै गएन । जब वृद्धा भयो तव चेत आएर के गर्नु । जीवनरुपी नदीमा धेरै पानी बगिसकेको हुन्छ चाहेर पनि जान सकिदैन । मनमनै कुण्ठित भइन्छ र भन्छ म अर्को जुनीमा त पक्कै याद गर्छु र दर्शनकोलागि आउँछु महादेव !
(ग) आर्थिक अवस्थाः खर्च हरेक कुरामा चाहिन्छ । इच्छा छ स्वास्थ्य पनि छ तर खर्छ छैन भने पनि जान सक्दैन तर यो तेस्रो मर्यादामा पर्छ । चाहेमा ऋण गरेर पनि जान सक्छ तर यसो गरेर तीर्थ जान खोजिदैन । अर्को पटक धन भए पछि जाउला भनिन्छ । उसलाई यो थाहा हरदैन कि अर्को पटक आफू रहिन्छ किरहिदैन यस धर्तीमा उसलाई थाहा छ ? उसले ढाटे पनि पर्मात्मालाई सव थाहा छ किन आउन सकिरहेको छैन भनेर । उसगं अर्थ हुने कहिले ? तारतम्य मिलाएको हुन्छ प्रतिकूल भैदिन्छ अनि कसरी जानु । त्यसकारण सीमित श्रद्धालुहरुमात्र यस्तो परीक्षामा पास हुन्छन ।
(घ) छेकथुनः यी माथिकासबै क्याटागोरी तयारी भए पनि यदि कुनै पारिवारिक शोक, दुखः वा कुनै छेक थुन भएमा पनि कुनै तीर्थाटन हुन सम्भव हुदैन । त्यसकार यी चार कुरामा सफल भए पछि मात्र यात्रा शुरु हुन सक्छ ।
अर्को थप बुदाँ (ङ) समर्पितः माथिका चार खुड्किला पास भएर पनि समर्पित भाव भएन भने यात्राकै क्रममा त्यही हावा, त्यही पानी र त्यही खाना भएर पनि विरामी पर्न सक्छ र यात्रामा अवरोध आउँछ । त्यसकारण समर्पितभाव रहनु जरुरी छ । यसमा अरुको कुरा काट्ने, आफू जान्ने र ठुलो बनाउन खोज्ने तथा सर्व सम्पन्न हो भन्ने प्रमाणित गर्न खोज्ने अर्थात घमण्ड भाव देखिएमा त्यो नाश भएर जान्छ । कति वर्ष देखि योजना बनाए पनि बल्ल तल्ल जान सक्छन् । यो बुदामा तयार नहुनेहरू मानसरोवरसम्म त जान्छन् तर कैलाश परिक्रमाकोलागि आकर्षण र विकर्षणको नियमलागु हुन्छ जस्तो लाग्छ यो निजी अनुभव हो । जो यात्रु बारम्बार भगवान शिवको नाम अजपा जप गर्छ अर्थात मुखले गफ गरिरहेको हुन्छ तर मनमा भगवानको नामस्मरण भै रहेको हुन्छ । यस्ता व्यक्तिलाई सोत सहज र सरल हुन्छ अर्थात आकर्षणको नियम लागु हुन्छ जो व्यक्ति रुद्राक्षको मालामात्र लगाएर आफूलाई शिवभक्त जस्तो ढ्वाङ्ग पार्छ भित्र अर्कै मन र शोच छ भने थाहा भै हाल्छ कि उसमा श्रद्धा छैन अर्थात विकर्षणको नियम लागु हुन्छ । जसलाई आकर्षणको नियम लागु हुन्छ उसलाई हावा, हुरी, हिउँ, वर्षाले केही हुदैन अथवा कुनै मौसमको खरावीले रोक्दैन अघि बढ्दै जादाँ स्वत त्यस्ता अवरोध हट्दै जान्छन् । कति पय व्यक्तिलाई जान्दा जादैं सोच नै बदलिन्छ जान तयार परे पनि नजाने सोच बन्दछ । ध्यान गर्दा पनि सकारात्क व्यक्तिलाई तुरुन्तै ध्यान लाग्छ आफू कहाँ छु थाहा नै हुदैन । ध्यान लागेपछि, अन्यथा आँखाको सामुन्य देखिने चिज बस्तु मात्र हो । भगवान आशुतोश तुरुन्तै खुशी हुनुहुन्छ । मन सफा हुन अति जरुरी छ ।
जाने रुटको तथा पाइने कुराहरुको बारेमा जानाकारीः
१) मानसरोवर तालः तेस्रो रुटको बारेमा सागासम्म र त्यहाँदेखि ल्हासारुटको पनि एउटै रुट हुने भएकोले यी दुवै मध्ये शस्तो रुटको जानाकारी गराइन्छ । काठमाण्डौ-केरुङ्ग रुटः- काठमाण्डौबाट त्रिशुली तीन घण्टा बीस मिनेट जतिमा, राम्चे दुई घण्टा, धुञ्चे त्यहाँदेखि सवा घण्टा र सवा दुई घण्टा जति गरी नौ घण्टामा पुगिन्छ टिमुरे । टिमुरे पारी चाइनाको भंसारमा डेढ दुई घटां लाग्छ त्यस पछि एक सवा घण्टामै केरुङ्ग पुगिन्छ । जम्मा ४० किमी जति दूरी र राम्रो बाटो छ । केरुङ्गबाट ६ घण्टाजतिमा सागाशहर पुगिन्छ । यो यात्रामा ५२२६ मी. उचाईको घुण्टलापास पनि पार गर्नु पर्छ । सागाबाट नौ घण्टा जतिमा मानसरोवर पुगिन्छ ।
२) मानसरोवरः ८४ किमी जतिको ठुलो ताल । यसको परिक्रमा बसमा मात्र झण्डै तीन घण्टा लाग्छ । लामो त्यतिकै र चौडा पनि त्यतिकै । ४७०० मी उचाइमा रहेको यस तालको जल सफा र नीलो छ किनभने गहिरो पनि त्यतिकै भएको कारण निलो देखिन्छ । यहा हाँस, माछा, चराचुरङ्गी छन् । तर पश्चिम दक्षिणतिर रहेको राक्षस ताल एउटा सानो डाँडोले छेकेको छ । उता पट्टि भने यस्ता पंक्षी माछा केही छैनन् र यसमा स्नान पनि कोही गर्दैनन । यसबाट निस्केको नदी नै कर्णाली नदी हो भनिन्छ र यो पनि ठुलो ताल हो । श्रीलंकनयात्रीहरू यस तालमा स्नान गर्छन भनेर हाम्रै मध्येका कोही तीर्थ यात्री भन्दै थिए । कारण उनीहरू रावणलाई पुज्ने गर्द्छन् र रावण पुलस्त्य ऋषिकुलमै जन्मेको भएर पनि राक्षस भएका थिए रे । मानसरोवरमा स्नान गरिन्छ, शुद्ध जल भरिन्छ र पितृ तर्पण गरिन्छ । यस तालको जल, बालुवा र पत्थर प्रसादको रुपमा ल्याइन्छ । यसको धार्मिक महत्व छ भने राक्षस तालको छैन । तालको विभिन्न स्थानमा साइडसिन तथा दर्शन गराउदै राक्षसतालको अवलोकन गराउदै सांझपख मानसरोवरको पश्चिम उत्तर दिशातर्फ बास बस्न पुगिन्छ । लामो टहरो जस्तोमा एउटा कोठामा ५/६ जना मिलेर विश्राम गर्नु पर्छ । शौचालयको पनि राम्रो व्यवस्था छैन खुला स्थानमा शौच जानु पर्छ ।
३) तीर्थपुरीः यो धार्चिन देखि ७० किमी दुरीमा रहेको छ । यस धामको छुट्टै महत्व छ । यो आठौं शताव्दिमा शाक्यमुनिको स्थापना भएको थियो । आज २१शौं सताव्दि भएकोले यो कति पुरानो रहेछ भन्ने अनुमान गर्न सकिन्छ । यो गुफा प्राकृतिक छ त्यही गुफामा भवन भनाइएको छ । भगवान शिव यसै गुफामा आएर ध्यान गर्नु हुन्थ्यो र कैलाश जानु हुन्थ्यो रे । यहाँ शाक्यमुनी देवी गौतम बुद्ध र शिव त्रिदेवको संगम स्थल मानिदो रहेछ । यो गुफामा जान प्राय ट्राभलले समावेश गराएको हुदैन र इच्छित यात्रीहरुले छुट्टै पैसा तिरेर जानु पर्ने हुन्छ । प्रति व्यक्ति ३५० देखी ४०० युयान जति लाग्दो रहेछ ।
४) धार्चिनः मानसरोवरबाट मात्र ४० किमी दुरीमा, करीव सवाघण्टा जतिको बस यात्रा गरेपछि पुगिन्छ । बसबाट तीर्थ पुरी गएर वा सोझै मानसरोवरबाट पनि आइन्छ । यो पनि ४७०० मि को उचाईमा रहेको शहर हो । धार्चिन, केरुङ्ग र सागाशहर क्रमश ठुला शहर हुन । त्यसकारण केरुङ्गभन्दा पनि सानो शहर हो धार्चिन । मौसम सफा भएको बखत यहीबाट कैलाश पर्वतको केहीभाग दर्शन हुन सक्छ । हिड्न नसक्ने तीर्थालुहरू यहीम्बाट यति दर्शन गर्न पाउछन् । यी तीनै शहरमा बस्नकोलागि राम्रो व्यवस्था छ । केही छुटेका सामग्री जस्तो स्टिक (टेक्ने लौरो) तथा थर्मस लुगा आदि किन्न सकिन्छ । यस दिन बेलुका को पैदल हिड्न सक्ने, को नसक्ने, र कसले घोडा बुक गर्ने कसले भरिया बुक गर्ने भनेर प्रत्येकयात्रुसँग ट्राभलका मानिसद्वारा सोधिन्छ । यहाँ सेण्डिकेट पद्धति भएकोले घोडा, भरिया छान्न भने पाइदैन चिट्टामा जस्तो घोगा वा भरिया पनि पर्न सक्छ । घोडा लिए पछि आफ्नो झोला बोक्ने भरिया छुट्टै चाहिन्छ वा आफन्तले बोकिदिनु पर्छ । घोडाले मानिसमात्र बोक्छ र घोडावालाको केही सामान मात्र बोक्न पाइन्छ । आफ्नो समान साथी वा आफ्न्तले नबोक्ने हो भने भरिया छुट्टै लिनु पर्छ पैसा तिरेर । घोडामा व्यक्तिमात्र चड्न पाइन्छ र ३ दिनकोलागि पहिल्यै पैसा भुक्तानिदिनु पर्छ ।
५) धार्चिनबाट यमद्वारः विहानको नस्ता खाएर यमद्वारसम्म बसमा यात्रा शुरु हुन्छ । ४/५ किमीको दूरीमात्र हो, घोडा भरिया यमद्वारमा नै प्रतिक्षा गरेर बसको हुन्छ जसजसले बुक गराएको हुन्छ आफूले तिरेको पैसाको चीटमा लेखिए अनुसार ती साधन तयार रहन्छन् । यहासम्म कच्चीबाटो भएकोले बसमा १०/१५ मिनेट लाग्छ । यहा आएर जान नसक्नेहरू यमद्वारको परिक्रमा पूजा वा फोटो खिच्नेहरुले सेल्फी आदि खिचेर सोही बसमा धार्चिन फर्कन्छन र सोही होटेलमा दुई रात आराम गरी बस्छन् ।
६) यमद्वारबाटः प्रथम दिन डेरापुकसम्म १२ किमी पैदल यात्रा । । घोडा बुक भएका सोही साधनमा र भरिया पनि साथ लिएर हिड्छन् । आफ्नो झोला बोक्न नसक्ने तर खालि हिड्न सक्नेहरुले बुक गराएका भरिसाथ र पैदल हिड्ने आफ्नो झोला पनि आफै बोक्नेहरू गरी तीन प्रकारका यात्रीहरू यस यमद्वार अगाडि सो दिनको आ-आफ्नो लञ्च पाकेट लिएर हिड्न शुरु हुन्छ । विभिन्न ट्राभलका अलग अलग जाकेट टोपी दिएको हुन्छ र नाम लेखिएको हुन्छ फलानो ट्राभल भनेर आफ्नो समूह प्रष्टै चिनिन्छ । साना तिना खोलाहरू बग्दै गरेको र चौरीहरू चरेको दृश्यहरू देखिन्छ । सफा नाङ्गा पहाड हलुका उकालो हिड्न अफ्ट्यारो । श्वास फूल्न थाल्छ र छिटो हिड्नै सकिदैन । दाया बायाका मनोरम दृश्य अवलोकन गर्दै तामदेनसम्म करीव ८ किमी हिडेपछि लन्छ खाने सानो झुप्राहरू पाइन्छ घोडा बाध्ने ठाउहरू पनिरहेको हुन्छ । खाना खाएर अब ४ किमी जति बाकी हिड्नु पर्ने हुन्छ । हिड्न सक्नेहरू ६ घण्टा जतिमा र नसक्नेहरू ७/८ घण्टा लगाएर पुग्ने गर्छन् । डेरापुकको उचाइ ४९०० मि छ जति उकालो गयो उति कठीन महशुस हुन्छ भने बाटामा भेटिने चराहरू नजिक चरिरहेका हुन्छन खाना चारो दियो भने खाने गर्छन् । सायद भगवानका पार्शदहरू होलान । ठुला ठुला न्याउरी मुसा चौरीका बथार र याकहरू भारी बोकेर हिडिरेको पाइन्छ ।
७) डेरापुक रात्रि विश्रामः यो स्थानमा चिसो बढी हुन्छ । कैलाशको उत्तर स्वर्ण मुख देखिन्छ । मौसम खुलेको छ भने त अपूर्वको दृश्य पो देखिन्छ त । फोटो भिडियो खिच्नेको राम्रै संख्या हुन्छ । कोही ध्यानमा पनि बस्छन तर धेरै चीसो हुनुका साथै खान अमन हुन्छ र टाउको दुख्न सक्छ । शौचालय यहा पनि खुलै पाइन्छ । एउटा सार्वजनिक शौचालय भए पनि फोहरको कारण शौच गर्न सकिदैन । यहा बेलुका हरेकको अक्सिजनको मात्रा र मुटुको चाल एक अक्सोमीटरद्वारा चेक गर्ने गर्छन । पैदल आउनेहरू मध्ये को परिक्रमा गर्न सक्दैनन् भनेर त्यसबाट भनी दिन्छन् कि जसको अक्सिजन ९०/९२ मुनि छ उसलाई हिडन अप्ठेरो हुन सक्छ । मुटुको धड्कन कम भएका र अक्सिजनलेवल ६५/७०भन्दा मुनि भएकायात्रीहरू यहीम्बाट पुन धार्चिन फर्काइन्छन् र चाइनिज गाइडले प्राय ६० कटेकाहरुलाई परिक्रमा गर्न सक्दैन भनेर दवाव पनि दिने गर्छन् । कारण यदि विरामी भए उद्धार गर्न कठीन हुने र मृत्यु भएमा यनिहरुको अनुमति पत्र खोसिन्छ पनि भनिदो रहेछ । यहाँसम्म बिरामी भए एम्बुलेन्सको सुविधा छ पाँचसय युयानमा लिन आउँछ र लान सक्छ धार्चिनसम्म जहाँ अस्पतालको सुविधा छ ।
८) दोस्रो दिन डेरापुकबाटः (क)जुडुल्पुकसम्म २२ किमी को पैदल यात्रा । जान नसक्ने वा केही विरामी वा जान नहुने भनिएकाहरू बाहेक अरुयात्रु विहानै ५ वा ढिलोमा ५३० बजेसम्म नास्ता खाएर परिक्रमा तयार हुनु पर्छ । यहाबाट उकालो शुरु हुन्छ र श्वास पनि फूल्न थाल्दछ । यांहाबाट धेरै यात्रु छाटिसकेका हुन्छ करिब ६०/७० प्रतिशतभन्दा कम तीर्थालुहरुमात्र यात्रा आरम्भ गर्छन् । यो ६/७ किमी यात्राका क्रमा केही गरी बिरामी भए उद्धार गर्न साधन नै हुदैन । मानिसद्वारा बोकाएर ल्याउन पनि समस्या नै छ । यदि यो उकालो र सरल बाटो भएको भए धेरैले परिक्रमा गर्न सजिलो पर्ने थियो ।
(ख) डेरापुकबाट पर्कने वा को बहुथात्रा गर्नेहरू भगवान शिवको पाउको दर्शन गर्न यहीबाट जाने गर्छन भन्ने सुनियो । यहाबाट उकालो एक डेढ घण्टा पैदल हिडेपछि भगवानको पाउको दर्शन हुदो रहेछ । हामी त्यो मौका छोप्न सकिएन कारण ट्राभलको सेड्युलमा यो र तीर्थपुरी राखिएको हुदैन । मिल्ने समू बनाएर अतिरिक्त शुल्क तिरेर थप एक दिन यही डेरापुकमा बिश्राम गराएर यो दर्शन गर्न सकिन्छ । कहल्यै नआएकाहरू यी माथिका परिक्रमामै व्यस्त रहन्छन र कोही कसरी छिटो परिक्रमा गर्ने भनेर सोच बनाएकाले यी दुई महत्वपूर्ण तीर्थस्थल छुटाउछन् अँझ तीर्थपुरी त बसमा लाने भएकोले सहज छ तर यो चाहिं निश्चत भाग्यवानहरुकोलागि मात्र भएकोले झन सम्भव कम हुन्छ ।
सेड्युलका तीर्थालुहरू डेरापुकबाट जुडुल्पुककोलागि लञ्च पाकेट बोकेर उकालो शुरु हुन्छ बिस्तारै बिस्तारै उकालो चड्नु पर्छ । उछिन्न सकिदैन बस्दै पानी पिउदै केही अमिलो नूनिलो मुखमा राख्दै चड्दै जानु पर्छ । उकालोमा अनेक रमणिय दृश्य पाइन्छ । हिंउ सेताम्मे टल्केको चराहरू खेलेको पानी कलकल गरी बगिरहेको घोडा र मानिसको लर्को जाने र आउने स्यानीयहरू ॐ मामे पिमे हूँ भन्दै । माला जव्दै हिडेको र कोही सुतेर जमिन नाप्दै गरेको दृश्य देख्न सकिन्छ । २ घण्टा जति हिडेपछि एक ठाउमा विश्राम गर्ने र चिया, चिसो खाने सानो होटेल उकालोमा पनि भेटिन्छ । यहाँ कोही बसेर थोरै आराम गर्ने केही खाने गर्छन भने कोही हिडिरहन्छन् । चराहरू यता पनि नजिकै देखिन्छन्, कतै सागुरो बाटो,घोडा,मान्छेको लाम,भरिया हिड्दै गरेको तथा अमिलो,गुलियो,नूनिलो र तातो पानी पिउदै उकालो मात्र चड्दै जान्छौ । हिमनदीबाट बगेको सङलो पानी, कैलाशपर्वतको दर्शन गर्दै पार गरिन्छ । साडे तीन घण्टा जतिको यात्रा पछि पुन एउटा ठाडो उकालो आउँछ जहाँ आफन्त तथा आफ्नो तस्वीर टास्ने पहरो भेटिन्छ साथमा भएको त्यस्ता फोटोहरू टासि दिन्छौ र तसविरहरू खिच्छौं । यहासम्म झण्डै ५५०० मि जतिको उचाइ पुगि सकिन्छ । चार घण्टा जतिको परीश्रम पछि यो रुटको सबभन्दा अग्लो उचाइ ५७०० मि डोल्मालापास पुगिन्छ । श्वास फेर्न असजिलो हुन्छ यहाँ धेरै बेर नबस्ने अब तलतिर ओरालो झरी हाल्ने भनिदो रहेछ । कुनैले खादा, कुनैले माला, कुनैले फलफूल यहाँ चडाउने र ढोग गर्दा रहेछन् । हामी ३५ जनाको समूह मध्ये डेरापुक २२ जना र परिक्रमा जाने ४ जनाको समूह पनि झण्डै १० मि जति बसेर सेताम्मे हिउको अपूर्व रमणिय दृश्यमा रमाउदै भिडियो तथा फोटो खिची ओरालो झर्न शुरु गरियो । २०० सय मि जति तल एउटा रमणिय निलो पोखरी देखियो गोलो आस पासमा साना साना अरु पोखरी जस्तो । त्यो गौरीकुण्ड रहेछ । मेरो २०७६ सालको यो दोस्रो यात्राको बेला हिउ धेरै परेकोले ओरालो बाटो चिप्लो थियो उल्टो फर्केर स्टिकको सहराले बिस्तारै झर्न शुरु गरियो । चड्नभन्दा झर्न पो कठीन, चिप्लियो भने त खुट्टा भचिन्छ कि । अब सक्नेले गौरी कुण्ड पुन एक डेढ सय मि तल झरेर जलभरी माथि आउनु पर्छ अलि अप्टेरो हुन्छ तर हाम्रो ३ जनाको समूह र गाइड गएर जल लिएर आइयो । कोहीले भरियालाई केही टिप्स दिएर ल्याउने गर्दा रहेछन् । माथि आएर केही आरामपछि केही खाएर पुन झर्न शुरु गरियो । डेढ घण्टा जतिमा तल बेस पुगियो जहाबाट एम्बुलेन्स पनि पाउन सकिन्छ । बाटो पनि हलुका ओरालो र समथर छ र यस पछि प्राय सबै तीर्थालु पूरै सुरक्षित भएको मानिन्छ । १० देखी ११ बजेको समयसम्म तल बेस झरिसकेको हुन्छ पैदल हिड्नेहरू भने घोडा चड्नेहरुले पनि ओरालोमा हिड्नु नै पर्छ र उनीहरुलाई झन् अप्टेरो हुने हुन्दोसँगै जस्तो पुगिन्छ । समथरमा भने घोडाको सवार चाडो हुन्छ ।
९) समथरबाटोः बेशमा पुन पसल पाइन्छ जाहा चिया चियो तातो पाइन्छ । प्राय सबै जना यस सुरक्षित स्थानमा आएर आफूसँग ल्याएको लञ्च पाकेट र ड्राइ फुड पेय पदार्थहरू खान्छन र केही बेर आराम गर्छन् । सजिलो बाटो तर थाकिएकोले हिड्न समस्या हुन्छ । ठुला फाँट, चौरी, च्याङ्ग्रा चरेको,पंक्षी, न्याउरी आदि नजिकै देखिन्छन यता पनि । सुतेर परिक्रमा गर्ने स्थानीयहरू फर्किनेहरू भेटिन्छन् । स्थानीयहरू पनि माला जव्दै तासी देले ( नमस्ते) भन्दै हिड्छन् । धर्म प्रति आस्था छ र त माला जब्दछन् र सुतेर बाटो नाप्दै कयौ दिन लगाएर परिक्रमा गर्छन् । १०/१२ घण्टा लगाएर जुडुल्पुक पुगि हालिन्छ । यहाको उचाइ ४७९० मि हो । एक प्रकारको आनन्द हुन्छ तर राती निद्रा भने लाग्दैन थकाइ अधिक भए पछि निद्रा पर्दो रहेनछ नीजी अनुभव ।
१०) धार्चिन प्रस्थानः बिहान उठेर खुला शौचालयगरी मुखहात धोएर ५ बजे प्रस्थानकोलागि तयारी । समथर र सजिलो बाटो जम्मा ६ किमी मात्र छ । दुई सावा दुई घण्टामा पार गर्न सकिन्छ । कुनै समस्यानै हुदैन कारण जति कम उचाइमा गयो उति सजिलो हुन्छ । एक फटक कैलाशको फेदीको दर्शन हुन्छ । डाँडां काडां राम्रो बातावरणमा चौरींको बथानचरेको देखिन्छ । सानो बेशक्याम्प आए पछि बस वा भ्यान यात्रुको संख्याअनुसार सवारी साधन आएर कुरेर बसेको हुन्छ । सवारी साधनमा बसेपछि मात्र २ किमी कच्चीबाटो १५ मिनेट जतिमा धार्चीन पुगिन्छ । दुई दिनदेखी नभेटिएको सहयात्रीहरूसँग भेट घाट हुन्छ र मज्जाले खुशीयाली साटा साटा हुन्छ । हरेक नगएका र जान चाहेका जान नसकेका सहयात्रीले दिल देखिनै प्रशन गर्छन कस्तो भयो यात्रा ? कही समस्था त भएन ? हामी उत्साहित हुँदै भन्छौ भएन भएन कस्तो रमाइलो भो आहा कस्तो रमाइलो दृश्यहरू भगवानको अपार कृपा भयो भन्छौ । गौरी कुण्डको जल वितरण गरिदिन्छौ सबैलाई आ-आफ्नो घरमा प्रसाद लान । यहा मुख्य प्रसाद नै कैलाश र मानसोवरको जल हो अनि पत्थर र बालुवा पनि । अब हामी आ-आफ्नो ठुलो व्यागमा सामान मिलाउने केही किन मेल भए गर्ने गरिन्छ । चिया, नस्ता खाने र आएको बसहरुमा खुशी मनाउदै करिब ०८ बजेतिर मानसरोवर हुदैं सोझै सांगा शहरतर्फ बस लाग्दछ सोही दिन बेलुका पुगिन्छ । त्यस दिन लञ्च ( दिवा खाना ) बीचबाटोमा नै खाइन्छ । यहाँबाट समूह पुन छुट्टिन्छ कोही सांगाबाट – सिगात्से, ल्हासा हुदैं काठमाण्डौ जान्छन् भने कोही सागा – केरुङ्ग टिमुरे हुँदै काठमाण्डौ जो जुनबाटो आयो त्यही रुट लाग्दछन् । भोलि पल्ट प्राय पशुपति दर्शन र मानसरोवर र गौरी कुण्डको जल चढाइन्छ । त्यसपछि अनुकूलता अनुसार पूजा लगाउने तथा आफन्तहरुलाई जल वितरण गर्ने गरिन्छ ।
यसरी देवादिदेव महादेव तथा मात पारवतीको निवास स्थान कैलाश तथा मानसरोबरको यात्रा समापन हुन्छ ।
(लेखकको दोस्रो पटक कैलाश एवं मानसरोबर परिक्रमा गरेर आए पछिको अनुभवको आधारमा लेखिएको हो । )

mohansingkc@gmail.com. is my Email address. If some thing to be edited or may be suggestions can be mailed me please.